कुइरेले बिबाहित नेपाली महिलालाई पट्टाउन खोज्दा ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लास्ट वीक प्रतिक्षा रेग्मी Published: February 11, 2015 बुधबार, 28 माघ, 2071 7:01 AM डे वान  'पिङ्क इज लुकिङ भेरी गुड अन यु । वाइ द वे आइ एम निक ।' अग्लो, पातलो, निलो आँखा गरेको उसको गोरो हात मेरो अगाडि आयो । 'थ्याङक्यु  ! आई एम माया । प्लेजर टु मिट यु,' अप्ठ्यारो मान्दै मैले आफ्नो हात अगाडि बढाए । अनि उसले कहाँ बस्छौ भन्यो । मैले भने अलि टाढा नै बस्छु । ट्रेनमा १.५ वाओर्स लाग्छ । उसले हाँस्दै भन्यो, 'म त ५ मिनेटमा पुग्छ, यतैतिर मुभ हुने भए म रुम खोज्न हेल्प गर्छु । भोलि के छ प्लान ? लन्चसँगै जाउन ।' 'लन्च टाइममा त म जिम जान्छु,' मैले टार्न खोज्दै भने । उसले हतपत डिनरको अर्को प्रस्ताव राख्यो । 'सरी, कान्ट गो डिनर, आइ विल बी लेट फर होम । ओके देन वी सुड गो कफी टुगेदर,' मैले हाँस्दैं भने, 'प्लान गरौला नि भने ।' गफ गर्दागर्दै ट्रेन स्टेशन आइपुग्यो । उसको र मेरो ठेगाना ठिक्क उल्टो परेछ । मेरो ट्रेन २ मिनेट पछि रै'छ, उसको १४ मिनेटपछि । उसले बोर मानेझैँ गरि मलाई बाई भन्यो । सँगै हिड्दा ऊ भन्दैं थियो, 'हाउ यु म्यानेज टु बी सो सिम्पल एण्ड न्याचुरल, एण्ड यु नो हृवाट-आम बिग फ्यान अफ नेचर ?' म मुसुक्क हाँस्दै केहि नबोली हिडिरहे । उसँग छुट्टएिपछि धेरै चोटि मोबाइलको क्यामेरामा आफूलाई हेरे । मैले पछिल्लो चोटि आफैलाई यति धेरै कहिले नियालेथे याद छैन । के साँच्चै राम्री देख्या छु त ? हुन त मोरोले यसै लाइन मारेको होला । तर, पनि वर्षौपछि आˆनो तारिफ कसैले गरिदिदा रमाइलो लाग्यो । पहिले कलेज हुँदा यसरी नै आगेपिछे गर्नेहरुको झ-झल्को पनि आयो । अहिले त सबै कुरा फेरिए झैँ लाग्छ । आफू राम्री देखिन्छु भन्ने कन्पिmडेन्स पनि हराइसकेको थियो तर आज ऊ सँगको केहि मिनेटले कता-कता आफैप्रति माया पलाएझैँ गर्‍यो । बाटोभरि घरि न घरि उही कुराहरु सम्भिmन्छु अनि कस्तो हाँसो लागेर आउने । यस्तै-यस्तैमा सधैं हरेक मिनेटको पत्तो चल्ने डेढ घण्टाको बाटो आज पत्तै नपाइँ कटेछ, घर पनि पुगियो । उसले 'हृवएर आर यु ओरिजिनल्ली फ्रम ?' भन्दा मैले नेपालबाट भनेकी थिएँ । आँखा चम्किला पार्दै 'यु डन्ट लुक लाइक' भन्दै थियो । मोरो कत्ति न धेरै नेपालीको संगत गरे जस्तो ।   डे टु आज मेरो डेस्कको वरिपरि हिजोको गोरो ह्याण्डसम चक्कर काटेको काटेकै छ । बिना प्रसंग मसँग बोल्ने अनि हाँस्ने गर्दैछ । मलाई कफीको लागि सोध्यो । मैले विजी छु भन्ने बाहना गरे । ऊ फेरि केहिबेरमा सर्टवाकको प्रस्ताव बोकेर आयो । मैले टन्न काम छ भने । मेरो छेउमा बसेको टिमलिडले उसको चर्तिकला हेरिराखेको थियो । जिस्किदैं भनिहाल्यो, 'डन्ट ट्रवल हर मच, हर हस्ब्याड वन्ट वी ह्याप्पी ।' अनि ह्यान्डसमले हाँस्दै भन्यो 'कमन, सी डजनट ह्याभ रिङग ।' मैले उसले आगेपिछे गर्नुको कारण बुझे तर मलाई केहि कुरा अर्थयाउन मन लागेन । मुसुमुसु हाँसेजस्तो गरि बसिरहे । सोच्ने गर्थे, 'यिनीहरु केटीलाई कसरी अप्प्रोच गर्छ होला ? सिधै भन्छन होला कि कसरी कुरा मिलाउछन होलान । नेपालको जस्तो बाटो ढुक्ने त यहाँ पक्कै पनि नहुनुपर्ने ।' उसका यी दुई दिनका हर्कतहरुले केहि हदसम्म कुरा बुझाउँदै थिए । म भित्रभित्रै पुलकित भाको थिए । आज भने र्फकने बेला भेट भएन तर बाटोको डेढ घण्टा काट्न आज पनि म सँग प्रसस्तै मसालाहरु थिए ।   डे थ्री फेरि आज पनि मेरो डेस्कको वरिपरि उसको आवत/जावत बाक्लो छ । यसो उसो गर्‍यो मलाई नै हेरिरहेको हुन्छ । मसँग नै हाँसिरहेको हुन्छ । मलाई पहिला स्कुल कलेज हुँदा कोइकोइले यसरी चक्कर कटेको याद आउँदै थियो । आधी उमेर काटीसक्दा त्यो पनि ह्यान्डसम गोराले लाइन मारेको देख्दा म छक्क र मख्ख दुवै पर्दै थिए । घर फर्किने बेला भयो । म लिˆटमा के छिरेको थिए, निक हस्याङ्फस्याङ्ग गर्दै आइपुग्यो । अनि सोध्यो 'वेर आर यु गोइङ्ग ?' मैले घर हिडेको भने । उसले भन्यो 'लेट्स गो फर डिङ्क्स एण्ड डिनर ।' मैले भने 'थ्यांक्स फर द अफर । बट काण्ट गो टुडे । वील र्लान समटाइम लेटर ।' उसले मलाई फोर्स गर्न सकेन । बाटोमा आउँदै गर्दा उसको दुई महिनापछि अमेरिका घुम्न जाने प्लान छ भन्दै थियो । मलाई कहिले अमेरिका गाको छ भनेर पनि सोध्यो । मैले छैन गएको अर्को वर्ष जाने प्लान गर्दैछु भने । उसले १० मिनेटको बाटोमा आˆनो आमाबुवा, दाजुभाई सबैको बारेमा सेयर गर्‍यो । ट्रेन स्टेसन आज पनि अस्ति जस्तै छिट्टै आइपुग्यो । मेरो ट्रेन १ मिनेटपछि उसको तिरको १५ मिनेटपछि । तर, सिटी जाने काम छ भन्दै ऊ पनि मेरै ट्रेनमा पो आयो । हामी एउटै सिटमा बस्यौ । तर मैले हाम्रो बीचमा आफ्नो ब्याग राखिदिए । उसले मलाई सोध्यो, 'म किन यो ट्रेन आको थाहा छ ?' मैले भने, 'सिटी जाने भनेको होइन त ?'   उसले थन्यो, 'एक्चुअल्ली आइ केम फर यु ।' मैले चुपचाप उसको मुखमा हेरे । अनि ऊ बोल्दै गयो, 'आइ वान्टेड टु ह्याभ सम सिरिएस टक विथ यु , बट यु अभोइडेड एभ्री अफर । आइ गट नो फर लन्च, डिनर, कफी, सर्टवाक एण्ड एभि्रथिङ ।' त्यसैले ट्रेन नै वेस्ट जस्तो लग्यो त सँग को टाइमको लागि । मोरोले कतिसम्म लाइन मार्न सकेको भित्रभित्र मलाई हाँसो लागिरहेको थियो । त्यसमाथि अलिअलि रमाइलो पनि । उसले सोध्यो, 'आर यु भेजिटेरियन ?' मैले भने म त सोच्न पनि सक्दिन भेजिटेरियन हुने । उसले 'अहह थान्क गड' भन्दैं मलाई हेरेर हाँस्यो । अनि भन्यो 'डु यु लाइक गोट मिट ?' मैले 'अ' भनेर टाउको हल्लाए । अनि उसले लास्ट नाइट मलाई सम्भिmदैं नेपाली स्टायलको गोट मिट पकाको स्टोरी सुनायो । अलि पिरो भएछ रे तर मिठो भयो भन्थ्यो । गोरालाई पिरो मन परेको मलाई चाहीँ अलि अनौठो नै लाग्यो । अनि उसले मलाई भन्यो, 'यु अलसो लाइक हट । राइट ?' मैले भने, 'नट मच ।' ऊ अलि खिसि्रक्क भएजस्तो गर्‍यो । मैले थपे 'यु नो ह्वाट माइ गोट मिट इज भेरी फ्यामस इन माइ सर्कल ।' उसले दंग पर्दै भन्यो 'आइ निउ इट, आइ वुड लभ टु टेस्ट इट सम डे ।' मलाई कहिले पकाएर खुवाउछस् । मेरो बूढाले अझै मिठो बनाउँछ भनौ कि जस्तो लागेको थियो तर भनिन । एकछिन हामी दुवै चुप भयौं । उसले मलाई हेर्दै भन्यो, 'आइ रियल्ली लाइक यु, यु आर भेरी न्याचुरल एण्ड सिम्पल ।' म चुपचाप सुन्दै गए । उसले थप्यो, 'आइ वान्ट टु गो होलिडे विथ यु, लेट्स प्लान टुगेदर । वी वील स्पेण्ड सम क्वालिटी टाइम टुगेदर एण्ड गेट टु नो एच अदर ।' मलाई उसको प्रपोज गर्न तरिका चाहिँ मन पर्‍यो । अझै थप्यो तेरो छुट्टकिो पीर गर्न पर्दैन । हाकिमसँग मेरो राम्रो टर्म छ । म मिलाउछु । मैले सानो स्वरमा भने 'आइ अपि्रसिएट इट बट आम म्यारिड ।' उसले भन्यो, 'सिरिएस्ली । व्हेर इस योयोर रिङ देन ?' मैले भने मेरो कल्चरमा रिङको खासै महत्व राख्दैन । 'आइ थिङ्क फिलिङ फर इच दर काउन्ट्स मोस्ट,' उसले अब सिटी जानुको कुनै औचित्य नभएको बतायो । मैले वातावरण सहज बनाउन खोज्दै भने 'टेक इट इजी । माइट वी म्यान स्टील वी फ्रेन्ड्स ।' ऊ 'आम सरी, ह्याव अ गुड इभिनिङ ।' भन्दै नेक्ट स्टपमा उत्रियो । म बाटोभरि उसकै बारेमा सोच्दै आए । यति राम्रा गोरीहरु हुँदाहुँदैं हामीलाई मन पराउने गोरा पनि भेटिदा रहेछन् । मलाई विश्वास नै लागिरहेको थिएन । मलाई रमाइलो-नरमाइलो के लागेको छुट्टाउनै सकेको थिइन । विचरा 'दिस टाइम आइ फिल भेरी ट्रु एण्ड रियल,' भनेर नै कति चोटी भनेको थियो । मलाई एउटा रिङ चाहीँ लाउनै पर्नेजस्तो लाग्यो । कल्पना न हो मैले ऊ सँग साँच्चै म सँगै हुने भए चाहीँ कस्तो हुन्थ्यो होला भन्ने सोचे । मेरो इग्ंिलश चाहि सुधारिन्थ्यो होला भन्ने पनि लाग्यो । मैले नेपाली पहिरनमा बेहुला हुँदाको उसलाई सम्झे । झनै हाँसो लाग्यो । मेरो बाआमाले उसँग टुटेफुटेको अंग्रेजीमा गफ गरेको सम्भिmन्थे, जति सम्भिmयो उति हाँसो लाग्ने फेरि सम्झिए धन्न डिनर गइनछु । यो सँग मेरो विहे नै हुने भए चाहीँ के हुन्थ्यो होला ? जति कल्पना गर्‍यो त्यति नै रमाइलो र हाँसो लाग्ने धेरैपछि जिन्दगीमा यस्तो अनुभव गरेकी थिए । अनि सोच्दै थिए भोलिको दिन चाहीँ अफिसमा कस्तो हुन्छ होला ?   डे फोर आज त अफिस जाँदाजाँदैं बाटो मै निक भेटियो । मेरो मन गरुङ्गो भयो । कसरी बोलाऊ जस्तो लाग्यो । उ मलाई नदेखेझैं गरी तर्केर हिड्यो । विचरालाई निकै हर्ट भएछ क्यारे । आज उसले मेरो डेस्क वरिपरि चक्कर पनि काटेन । मैले घरिघरि परबाट उसलाई देख्थे अनि ऊ केहि अप्सेट भएको भान हुन्थ्यो । पहिले-पहिले जस्तै आजको दिन बोरिङ भएर बित्यो, घर जाने बाटो पनि शुन्य लाग्यो । हस्याङ्फस्याङ्ग दौडदै आज कोहि पनि मसँग आएन । बाटोको डेढ घण्टा आज तीन घण्टा जस्तो लाग्यो । मोबाइलको चार्ज पनि आजै सकिनु परेको ।   डे फाइभ आज पनि दिनभरि निक परपर नै भयो । घर र्फके बाटोमा मलाई पछ्याउने निक आज पनि थिएन । निक अबदेखि मेरो ट्रेनमा आउनेवाला पनि थिएन । म स्टेसनसम्म आइपुग्दा कतिचोटी पछाडि फर्किए मलाई नै याद छैन । ट्रेनको सिटमा यसो बसेको त मेरो छेउमा निक पो छ । लौ आज पनि आएछ, म त छक्कै परे । 'सेली , मिट माया' भन्दै निकले मलाई आर्की केटीसँग पो चिनायो । यो केटीलाई मैले अफिसमा दुई चार दिनदेखि देख्दै गरेको थिए । नयाँ जस्ती लाग्थ्यो । मैले 'हाइ सेली, नाइस टु मीट यु,' भने । उसले हाँस्दैं उही शब्दमा टू थपेर फर्काइ । त्यसपछि म चुपचाप झ्यालतिर फर्किएर बसे । निक र सेलीको गफको चार्म नै अर्कै छ । बल्लतल्ल सिटी आइपुग्यो । निक मलाई वाइ भन्दै सेलीलाई अंकमाल गरेर सिटी लाइटतिर छिर्‍यो । मैले रिङ लगाइरख्नु पर्ने केहि आवश्यकता देखिन । निक को सो ट्रु एण्ड रियल फिलिङ सम्भिmए । हाँसो लागेर आयो। बरु मैले पो धेरै घण्टा उसको नाममा बिताएछु जस्तो लाग्यो । अनि मुसुमुसु हाँस्दै घरतिर लागे । बुढाले घर पुग्दा खसीको मासु पकाइरहेको रहेछ । pratiksha.regmi@gmail.com http://www.nepalipatra.com/new... Last edited: 11-Feb-15 01:26 PM

cybernepali · Feb 11, 2015 1:18 PM · 9,553 views

8 Replies

Story is nice but if this is the real story, you should have wear the ring , desh anushar ko bhesh gareko ramro. But if you want to get the attention of single people, then who cares , होइन र ?

aalukojhol · Feb 11, 2015 2:29 PM

Afu ta handsome ni chaina..ring launa jarori ni chaina...LOL

khotokarma · Feb 11, 2015 3:45 PM

कथाको प्रस्तुति राम्रो छ, अरु पनि समय समयमा पस्कदै गर्नु होला |  खैरेको बारमा चाहि धन्न ५ दिन सम्म त कुरे छ ? Last edited: 13-Feb-15 10:27 AM

magorkhe1 · Feb 11, 2015 4:10 PM

logne chodde na siddhi halyo ni kuro k ko tension, yetro lamo selfegostic writing padna time chaina, ani tyo nose job gare hunthyo, Priynaka Chopada ko jastai bangeko nose raicha Last edited: 12-Feb-15 10:32 PM

divorceguy · Feb 11, 2015 7:46 PM

afu divorce bhayo bhanera sab le garcha bhanthaanis ki k ho.....ani taysle kina nose job garnu paryo..tain aafni ankha fuuta na ..jhan sajilo .......

cybro · Feb 12, 2015 3:24 PM

Lekhai KO tarika ramro cha

intelligentguy · Feb 12, 2015 7:34 PM

hoina hamlai pano kati kahoireni le man parayo ma parayo, k hamile story nai lekhera rakheko cha ra? yo keti ko mukh ma kale ko lamo haln napugeko ho

divorceguy · Feb 12, 2015 8:10 PM

divorce guy le hasaauncha

teroobaau · Feb 12, 2015 8:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all