This might affect asylum holder.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://nagariknews.com/main-st... भारत भएर विदेश जाने नेपालीले 'नो अब्जेक्सन लेटर' लिनु पर्ने काठमाडौं- नेपाल भारत सिमा सुरक्षा बैठकमा नेपालको अध्यागमन छलेर भारतको विभिन्न शहरहुँदै तेस्रो देशमा जाने नेपालीले भारतमा रहेको नेपाली दुतावासमार्फत नो अब्जेक्सन लेटर लिनुपर्नेमा दुबैपक्षविच सहमती भएको छ। भारतीय हवाई रुट हुँदै बढेको मानवतस्करी रोक्न नेपालले राखेको प्रस्ताव भारतीयपक्षले स्विकार गर्दै नेपालको अध्यागमनबाट बाहिरिएको स्टिकर नलिई स्थलमार्गबाट भारतहुँदै तेस्रो देश जाने नेपालीका लागी सो प्रावधान कार्यान्वयन गर्न सहमती ब्यक्त गरेको हो। मानव तस्करले नेपाली नागरिकलाई जोखिमपूर्ण काममा लैजान भारतका विभिन्न विमानस्थल प्रयोग बढाएको विवरणसहित नेपाली सुरक्षा अधिकारीले संयुक्त सुरक्षा बैठकमा सो प्रस्तावगरेका थिए। 'नेपालमै भिषा लिएर नेपालको अध्यागमन पार गरेर भारत आउनेको हकमा यो नियम लागुहुन्न' नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गरेका गृह मन्त्रालय शान्ती सुरक्षा महाशाखाका प्रमुख लक्ष्मी ढकालले भने 'तर, भारतमै बसेर भिषा मगाउने र नेपालको अध्यागमनको स्विकृती नलिई तेस्रो देश जाने नेपाली नागरिकका हकमा नो अब्जेक्शन लेटर अनिवार्य हुनेछ।' नेपाली टोलीले भारतीय टोलीसमक्ष भारतीय भूमिमा आश्रय लिएका केही सशस्त्र समूहले नेपालमा आतंक मच्चाइरहेको विषय उठाउँदै नियन्त्रणका लागि भारतीय टोलीको ध्यानाकर्षण गराएको थियो। ढकालका अनुसार भारतीय सिमाभित्र आश्रय लिएर नेपालमा आपराधिक गतिविधी गराउन सक्रिय समुहको निगरानी गरी उनीहरुलाई निस्कृय बनाउन भारतीयपक्ष सहमत भएको छ। नेपालमा अपराध गरी भारतमा लुकेर बसेका अपराधीको खोजी गर्न सहकार्य गर्ने, साना हतियार र लागुऔषधको कारोवार नियन्त्रण,भारतीय सकर्समा काम गर्न नेपाली बालबालीका लैजाने गतिविधीलाई नियन्त्रण गर्ने, सिमा स्तम्भको व्यवस्थापन र धार्मिक अतिवादी समुहको गतिविधी नियन्त्रणमा समेत दुबै पक्ष सहमत भएको ढकालले जानकारी दिए। भारतीय सेनालगायत निकायमा सेवानिवृत्त नेपालीले नागरिकतामा फरक नाम भएकै आधारमा पेन्सन नपाइरहेको विषयमा नेपालको जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेको आधारमा पेन्सन खुल्ला गराउने सहमती भएको ढकालले जानकारी दिए।

Kiddo · Feb 11, 2015 10:02 AM · 3,362 views

3 Replies

*Just re-activating this thread so that others can see it and be well-informed*

StatusPidit · Feb 27, 2015 5:07 PM

I do not think this will affect asylum holders. This is only applicable to people flying out from India for the first time. When an asylum holder flies to India and boards the plane back to their respective countries, they are essentially traveling to and from India. Technically, Nepal does not even come into picture. Besides, this article is silent about such asylum scenarios. Last edited: 27-Feb-15 06:00 PM

lamopuri · Feb 27, 2015 5:25 PM

@Lamopuri is right. Those asylum holders have permanent residency card of different country. Why they need letter from Nepal Govt.

facebook · Feb 27, 2015 5:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all