Cricket Competition Invitation

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ब्रोहरु सबैले फूटबल को क्लबहरुको Fantasy Football त खेल्नुभएकै होला | यो चै क्रिकेट वोल्ड कप को लागी निम्तो हो | हामी सबै साझाको साथीहरु एक आपसमा क्रिकेट किन नखेल्ने ? मैले साझाको साथीहरुको लागी एउटा लिग शुरु गरेको छु | १. https://fantasy.icc-cricket.co... मा गएर आफ्नो खाता खोल्ने | २. अनि आफुसंग भएको १,०००,००० पैसाले ११ जना खेलाडीको एउटा टिम बनाउने | राम्रो खेलाडी को पैसा महँगो छ, नराम्रो खेलाडी सस्तो | त्यसपछि लिग जोइन गर्ने | हाम्रो लिग को कोड 20968 हो | खेल्दा प्रतेक म्याच अगाडी खेलाडी अपडेट गर्न सकिन्छ तर जतिखेर पनि अपडेट गरेको पनि राम्रो हैन किन भने क्नक राउन्डमा पुग्नु अगाडी जम्मा ४२ वोटा खेलाडी चेन्ज गर्न पाईन्छ | नियम हरु त थाहा भै हलच नि | यसो यो वोर्ल्द्कप् को रमाईलो सबै साथीभाई संगै बसेर किन नगर्ने ? लौ अब उतै भेटौंला |************* अपडेट १ : नकआउट  राउण्ड मा पुग्नु अघि ४२ वोटा खेलाडी चेन्ज गर्न पाईन्छ भनेको थिएँ | खासमा त्यो चै लिगको बीच सम्म मात्रै रैछ | अनि फेरी अर्को ४२ वटा चेन्ज गर्न पाईनी रैछ | Last edited: 23-Feb-15 04:12 PM

Fuel Tank · Feb 5, 2015 3:17 PM · 47,124 views

39 Replies · Showing 21 - 39
Page 2 of 2

[अपडेट : कलेजफुटबलरक्स ब्रो,  फेन्टासी खेल्ने आईसीसीको साईटमा छलफल गर्ने वा स्कोरको बारे कुरा गर्ने ठाउँ छैन, त्यसैले यहाँ गरेको हो | अन्यथा नलिम् है विंक ;) ] हिजोको क्रिस गेलको डबल सेन्चुरीले हाम्रो अंक तालीकामा एउटा ठुलो झट्का लागेको छ | लामो समय देखी १ नम्बरको अग्र स्थानमा रहेको निराजन कार्की को ज्यांगस् टिम चिप्लेर पाँचौ नम्बरमा पुगेको छ | क्रिस गेललाई क्याप्टेन राखेर लगभग २००० अंक एउटै खेल बाट हातपार्ने बाँकी टिमहरु माथी उक्लिएका छन | खाली रहेको पहिलो स्थान सिद्दान्त ब्ब्रो को एम आर एफ टिमले समातेको छ भने घिन्तांग ब्रो लगभग ५०० अंक पछी दोश्रो स्थानमा  अनि डाम्नाहरु चै तेस्रो स्थानमा |  स्मरण रहोस, चिप्लिएका निराजन कार्की ब्रो ले आफ्नो सब्सटिच्युसन् लगभग प्रयोग गरिसकेका हुनाले माथी आउने सम्भावना न्यून हुँदै गएको छ भने दोस्रो स्थानमा रहने घिन्तांग ब्रो को सब्सटिच्युसन् बाँकी रहेकाले उनको माथी उक्लने सम्भावना अझै रहेको छ | माथी उक्लने सबैलाई बधाई दिंदै  सबै टिमहरुलाई प्रगतीको शुभकामना | Last edited: 24-Feb-15 09:58 AM

Fuel Tank · Feb 24, 2015 9:49 AM

Player change garera Chris gayle lai power player banako ma ta 26 bata sidhai 18 ma aaye

Punter · Feb 24, 2015 9:56 AM

पुन्तर ब्रो, अझै २-३ चोटी यस्तै चिट्टा पर्यो भने त सिधै एक नम्बरमा नि :)

Fuel Tank · Feb 24, 2015 11:21 AM

हामी पहिलो राउन्डको लगभग लगभग अन्त्य तिर आईपुगेका छौँ |  हिजोका दुई र अस्तिको एक गरेर तिनवटा खेल पछि अंकतालिका निम्नानुसार छ | घिन्तांग सबैलाई उछिनेर एक नम्बरमा उक्लिन सफल भएको छ भने अस्ति भर्खर एक नम्बरमा उक्लिएको सिद्दान्त लामिछानेको एमारएफ ११ को त्यहाँको आयु लामो हुन सकेन र तिन नम्बरमा झर्यो | बिचमा अरुण ब्रोको डाम्नाहरुले दुई नम्बर स्थान ओगटेर बसिराखेको छ | साथै , साथीहरुलाई अबको बाँकी तिन खेलहरु भित्र आफ्नो सब्सटिच्युसन् प्रयोग गर्न अनि सम्झाउन्छु |  

Fuel Tank · Feb 26, 2015 10:45 AM

आज को खेल मा पनि च्रिस गेललै नै पवोर पालेयेर बनाको छु खोइ क हुन्छ हेरौ ...

Punter · Feb 26, 2015 7:38 PM

Chris gayle lai hataera ab de viller lai power player bhaneko game start hunu bhandi 8 mins agadi , malie TA pheri lottery lagyo fuel tank bro

Punter · Feb 27, 2015 8:59 AM

At the end of Stage 1.  Hijo Ashwin lai captain rakhera alikati vaye pani rahat diyo. Aus v NZ chahi Boult/Starc narakhera dhwasta nai vayo. 

ghintang_ · Feb 28, 2015 11:55 AM

मैले झंल्यांस्स देखेको थिएँ एक जनाको पावर प्लेयर अस्विन थियो भनेर | अनि फेरी फर्केर गएर हेरेको टिम चेन्ज भैसकेको थियो | घिन्तान्ग्को पो रैछ |  लास्टमा गएर किन महमद सामीलाई नखेलाका हुन् मित्र रास्ट्र भारतीय हरुले ? मेरो एउटा खेलाडी त्यसै खेरा गयो नि, नत्र माथी आउने चान्स थियो | एनिवेज, घिन्तांग, अरुण र सिद्दान्त ब्रोहरुलाई धेरै धेरै बधाई छ फस्ट, सेकेन्ड र थर्ड भकोमा | सबै तिसै जना भाग लिने टिमहरुलाई पनि धेरै धेरै धन्यबाद | फेरी नयाँ राउन्डमा ४२ वटा सब्स पाईन्छ | आशा छ, यसको प्रयोगले अंक तालिकामा ठुलो फेर बादल आओस | साथै घिन्तांगलाई धन्यबाद पनि , अंक अपडेट गरेकोमा (आफु फस्ट भएर होला हि हि हि हि ) | अलिकति बेफुर्सदी भएर हिजो शुक्रबारको भाग कथा पनि लेख्न भ्याएको छैन, प्रियंकाजीको कथा लेखम भनेको त्यो पनि भ्याएको छैन | आज भ्याउँछु होला | तर बाफरे || हिजोको न्युजिल्याण्ड र अस्ट्रेलियाको म्याच | व्हाट अ नेल बाईटिंग थ्रिलर | Last edited: 01-Mar-15 12:50 AM

Fuel Tank · Feb 28, 2015 12:44 PM

एह्मद शेह्जादलाई पावर प्लेयर बनाको, मुला त एघार बल खेलेर आलु रन बनाएर पो आउट भयो | मेरो नम्बर बढ्ला भनेको -२२ पो घट्यो त | तोइत | रिसुट्यो | Last edited: 01-Mar-15 12:31 AM

Fuel Tank · Mar 1, 2015 12:01 AM

दोश्रो स्टेजको दुईवटा खेलहरु पछी अंकतालिकामा सानो फेरबदल भएको छ | पहिलो चोटी म तेस्रो स्थानमा उक्लिन सफल भएको छु | घिन्तांग र डाम्नाहरु अझै पनि पहिलो र दोश्रो स्थानमा बसिराखेका छन  | तेस्रो, चौथो र पाँचौ बीच सय अंक भन्दा पनि कम को फरक रहेकाले आजको खेल क्रुशल हुनेछ | सबै साथीभाई हरुलाई ठुलो शाउट आउट छ है | अनि भर्खर आज जाँठा ब्रो ले लिग जोईन गरेकाले उनलाई पनि स्वागत गर्न चाहन्छु यहि बाट | सबैलाई गुड लक |

Fuel Tank · Mar 2, 2015 6:16 PM

हिजोको खेलमा मैले स्टेभेन फिनलाई पावर प्लेयर राखेको केटो त खेल्दै खेलेनछ | ठुलो घाटा लायो, सब्स्तिच्युत मात्र खेरा गयो |  अहिले को अंक तालिकामा हाम्रो डाम्नाब्रो  एक नम्बरमा , घिन्तांग ब्रो दुई नम्बरमा र म स्वयं तिन नम्बरमा छौँ | सौगात ब्रो, सिद्दान्त ब्रो र  पोर्ष२०१४ ब्रो हरु एकअर्कालाई  कडा टक्कर दिंदै  चौथो , पाँचौ र छैटौ नम्बरमा | अनिल, बिनोद, थान्दर्बोल्ट  र कुल्बिंदर सन्धु ब्रोहरुलाई टप टेनमा पर्नुभएकोमा बधाई पनि दिन चाहन्छु |

Fuel Tank · Mar 9, 2015 7:36 PM

एउटा गोर्खे छिरी १५ नम्बरमा पुगी सकेछ : तेसैलाई सपोर्ट गर्दै छु | अहिले १५ नम्बरमा पुगेका छन् : हेर्दै जाउ के गर्छन ?

magorkhe1 · Mar 10, 2015 4:17 PM

सक्कली गोर्खे चै २६ नम्मरको हो झैँ लाहा मलाई त |

Fuel Tank · Mar 10, 2015 5:16 PM

यो-गोर्खे १ लै धन्यवाद सपोर्ट को लागि !! यो गोर्खे कैंलो चै हाफ टाइम पछि छिरेको हो गेम मा, २७ नम्बर मा छिरेको हो, टप १० को टार्गेट छ हेर्दै जाउँ ...

spras · Mar 11, 2015 6:48 AM

हेर्दा हेर्दै Fantasy Game को दोश्रो चरण पनि सकियो |  घिन्तांग ब्रोले आफ्नो पहिलो स्थान जोगाएर राख्न सफल | अरुण ब्रो दोस्रोबाट खस्किएर तेस्रो स्थानमा पुग्नुभयो भने म तेस्रो बाट उक्लिएर दोश्रो स्थानमा पुग्न सफल भएको छु |  त्यस्तै पोर्ष२०१४ ब्रो, छ नम्बरबाट माथी उक्लिएर चारमा पुग्नुभयो भने ४ नम्बरको सौगात अधिकारी ब्रो तल झरेर छ नम्बरमा पुग्नुभयो | ५ नम्बरको को सिद्दान्त ब्रो जहाँको तहीं |  नम्बर ७ मा हुनुभएको अनिल ब्रो लाई नम्बर आठ मा हुनुभएको बिनोद ब्रोले उछिनेर एकअर्काको स्थान हेरफेर भएको छ | नम्बर नौको ठण्दर्बोल्ट ब्रोलाई नम्बर १०को कुल्बिंदर ब्रोले उछिनेर उनीहरुको स्तन पनि फेरबादल भएको छ | टप टेन मा पर्ने सबैलाई बधाई | टपटेन टार्गेट गरेर १५ नम्बरमा रहेको स्प्यार्स ब्रोको गोर्खे टिम तल झरेर १७ नम्बरमा पुगेको छ भने हाम्रो पुन्तरब्रो त सिंक-होलमा खसे झैँ कति तल हो कति तल, देख्न नै  छोडियो | सबै ब्रोहरुलाई अर्को राउन्डको शुभकामना |

Fuel Tank · Mar 15, 2015 12:10 PM

Sri Lanka le dubayeko awastha... Power player lenegative point lyayo ani na ta aafu (Sri Lanka) le run banayo na ta arko le banauna payo...

porsche2014 · Mar 18, 2015 7:45 AM

तेसका बाजे, लास्ट गेम मा पनि हुदै नभाको क्रिस गेल लै पावर प्लेयर बनाएर धोका खाइयो , यो चोटी चै दि विल्लियार्स लै बनाको खेल्नै खेलेन .. फासाद मा परियो ..

spras · Mar 18, 2015 5:05 PM

पोर्ष२०१४ र स्प्यार्स ब्रोहरु, कुरो एउटै एउटै हो, हिजो को खेलमा दिल्शान लाई पावर प्लेयर बनाउने, सांगाकारा वा डे भिलियर्सल जसलाई बनाए पनि खासै फरक नपरेको अवस्था | मैले सांगाकारा बनाको , ४५ को स्ट्राईक रेटमा के नम्बर आउने ? तिमीहरुले डे भिलियर्सललाई बनाको होला, नम्बर आएन | दिलशानले चै नेगेटिब नम्बर दियो होला | त्यस्तै ४०-५० नम्बरको फरक पर्यो होला धेरै परे | कुन चै ले हो, हिजो डेल स्टाईन लाई पावर प्लेयर बनाएको थियो , त्यो चै बबाल माथी उक्लियो पक्कै पनि | अंक तालिका आज को इन्डियाको गेम पछी अपडेट गर्छु |

Fuel Tank · Mar 18, 2015 7:20 PM

"I Give up" भन्न मन लायो मलाई त | आजको कस्तो क्रुशल म्याच थियो | साढे ११मा होला गेम भनेको त २५ ओभर सकिसकेको रैछ | तैत | ब्रोहरु सबैको ६ वटा प्ल्येर खेलेर १०००- १५०० नम्बर आउंछ होला मेरो त भएको ६ वटा सब्स पनि खेरा गयो | लेट्स सी, सेमी फाईनल र फाईनलमा केहि हुन्छ कि |

Fuel Tank · Mar 20, 2015 9:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all