गगन थापाको उपदेश - छालासँगै मासु खानु जुत्ता खाए बराबर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, माघ २१ – सभासद गगन थापाले छालासँगै मासु खानु जुत्ता खानु बराबर भएको बताउनुभएको छ । नेपाली जुत्ता घरले आयोजना गरेको चौथो फुटवेयर बिग मेलाको उदघाटन गर्दै सभासद थापाले भन्नुभयो ‘छाला नभएको मासु खाँदा रोग लाग्ने र भगवान रिसाउछ भन्ने परम्परावादी धारणाले नेपाली छाला बिनाको मासु खाँदै खाँदैनन्, यो जुत्ता खानु बराबर हो ।’ मासु र जुत्ता सँगसँगै खाने उपभोक्ताको संस्कृतिले जत्ति मासुको बजार बिस्तार भए पनि छाला बचाउन नसकेको थापाको भनाई थियो ।  ‘संसारमा नेपाल विचित्रै देश छ कि छाला नभएको मासु यहाँ कसैले खानै मान्दैन’ सभासद थापाले भन्नुभयो । मानिसको स्वास्थ्य र आन्तरिक उपभोगको हिसाबले नेपाल सरकारले छाला सँगै मासु बेच्न नपाइने नियम बनाएपनि उपभोक्ताले छालासँगै मासु खाँदा छाला जुत्ताका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशी आयातमा भर पर्नुपरेको छ ।जुनसुकै पशुको मासु छालासँगै बेच्न नदिने बित्तिकै छाला बाँकी रहने र यो जुत्ता उद्योगका लागि प्रयोगमा आउने थापाले औल्याउनुभयो ।   केही वर्षअघिसम्म विदेशी जुत्ताले ओगटेको जुत्ताको नेपाली बजारमा अहिले ६५ प्रतिशत हिस्सा स्वदेशी उद्योगले ढाकेको उद्योगीको दाबी छ । स्वदेशी उत्पादनका जुत्ता–चप्पलको बजार वार्षिक १० प्रतिशतले बढिरहेको एक अध्ययनले देखाएको छ । नेपाली जुत्ताको बजार बढाउन र जुत्ता उत्पादक कम्पनीले निकालेको नयाँ नयाँ जुत्ता उपभोक्ता सम्म पु¥याउने उद्देश्यले सुरु भएको चौथो फुटवेयर विग सेल मेला दुई हप्ता सम्म चल्ने आयोजक नेपाली जुत्ता घरले जनाएको छ । मेलामा सय देखि ४ हजार रुपैयाँ सम्मका जुत्ताहरु राखिएका छन् । http://ujyaaloonline.com/news/...

shahi baba · Feb 4, 2015 9:05 AM · 2,081 views

1 Reply

कुनै बेला RONAST का विज्ञले लिएको प्रोजेक्टमा डाटा लिने क्रममा बिराटनगर छाला जुत्ता कारखाना पुगेको थिए | उद्योग नेपालमा तर काचो छाला भने भारत मुखी भएको गुनासो पोखेका थिए | तेती खेर मलाइ पनि लागेको थियो : हामीले पनि छाला काडेर खाने गर्नु उचित होलाकी ? थापा जिको अभिव्यक्ति उचित भएन |  भएको छाला जुत्ता कारखाना काठमादौ मै खोले अनि अहिले गोरखपुर पुगेको छ | पानि र बिजुलीको अभाबमा उद्योग चल्दैनन् भने हाम्रा पार्टी हरु उद्योग मुखी नेपाल को बिपरित दिशामा चल्दैछन | हामि त consumer मात्रै हौ : युबा ले रेमिट्यान्स भित्र्याएर र मागेर देश चलाउने  | Last edited: 04-Feb-15 04:44 PM

magorkhe1 · Feb 4, 2015 9:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all