भोलिको नेपाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भुत वर्तमान र भविस्य एक आपसमा गाँसिएका हुन्छन. हिजो रोपेको बिरुवा आजलाई स्पर्स गर्दै भोलि ठुलो हुन्छ. यो एउटा क्रमबद्ध नियति हो जसलाई समय भनिन्छ. भुत एउटा सम्झना हो, र भविस्य केवल कल्पना. सम्झना र कल्पना को बिचमा एउटा सत्य लुकेको हुन्छ जसलाई हामी वर्तमान भन्दछौ. हाम्रा हरेक क्रियाकलाप येही वर्तमानमा मात्र सिमित हुन्छ. न म भुत मा बाँचेको हुन्छु न त भविस्यमा नै बाँचेको हुन्छु. वर्तमान नै जीवन हो. समय माया हो. व्यावहारिक जीवन सम्भव येही मायाले गराएको छ. जसले समयको क्रमबद्ध नियति बुझेको हुन्छ, उसले वर्तमानको महत्व बुझेको हुन्छ किनकि आजको संकल्प भोलिको को फल हो. आज को नेपाल हिजोको नेपाल हो र भोलिको नेपाल आजको नेपाल हुनेछ. तेसैले नेपालीहरूले वर्तमानको महिमा बुझनु अति आवस्यक छ. बिजमा जस्तो शक्ति लुकेको छ, तेस्तै रुप त्यस बिजको हुन्छ. आजको नेपालीहरूको मनमा जे छ, त्यो नै भोलि को नेपाल हो, येसमा दुई मत नहोला. क्रिया हुनु भन्दा आगाडी मानिषको मनमा एउटा विचार आउछ; आन्दोलन गर्नु भन्दा आगाडी आन्दोलनको विचार आउछ. तेसैले विचार नै ठुलो मानिन्छ. जस्तो विचार उस्तै क्रियाकलाप. भोलिको नेपाल प्रगतिशील हुनको लागि प्रगतिशील बिचार जरूरी हुन्छ किनकि विचार पहिला आउछ अनि बल्ल क्रिया सम्भव हुन्छ. जब सम्म नेपालीहरूको बिचारमा परिवर्तन आउदैन, नेपालले परिवर्तनको घाम देख्न पाउने छैन. नेपाल केवल भुमि मात्र होइन, त्यस भूमिमा बस्ने नेपालीहरूले नै नेपालको अस्तित्व राखेका हुन्छन. नेपालीपन पनि एक विचार नै हो. पशुरूपी विचारहरूलाई त्यागी, इश्वरीय विचार ल्यायो भने के नेपालमा स्वर्गको आगमन हुदैन र? आखिरमा जे बनायो तेही नै त हुने हो नि !

ujl · Feb 3, 2015 1:11 PM · 12,009 views

2 Replies

nice article..... "सम्झना र कल्पना को बिचमा एउटा सत्य"

F1_Refugee · Feb 5, 2015 12:16 PM

"They tried to bury us. They didn't know we were seeds." - Mexican proverb.

BadhiJanne · Feb 5, 2015 2:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all