२० माघ, काठमाडौं । सरकारले पूर्व राजपरिवारको नाममा रहेको भौतिक सम्पत्ति खोजबिनको क्रमलाई तीव्रता दिएको छ । पूर्व राजपरिवारको भौतिक सम्पत्तिलाई एकीकृत रुपमा मुलुक र जनताको हितका लागि प्रयोग गर्न सरकारले नेपाल ट्रष्टको कार्यालयमार्फत अभियानात्मक रुपमा काम अगाडि बढाएको जनाएको छ । ट्रष्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालका अनुसार हालसम्म २२ हजार ५१८ रोपनी जग्गा ट्रष्टको स्वामित्वमा आइसकेको छ । चालु आर्थिक वर्षमा पनि जग्गा खोजबिनको काम जारी रहेका कारण थप जग्गा प्राप्त हुने विश्वास लिइएको उनले बताए । धादिङ र नुवाकोटमा क्रमशः १५ हजार २७३ र १३ रोपनी थप जग्गा प्राप्त भएको सहसचिव अर्यालको भनाइ छ । यस्तै ट्रष्टको स्वामित्वमा हालसम्म विभिन्न बैंकमा रु २७ करोड ४५ लाख ५४ हजार नगद मौज्दात रहेको पाइएको छ । ट्रष्टको नाममा नबिल बैंक लिमिटेड, होटल डेला अन्नपूर्ण र नेपाल औद्योगिक विकास निगममा गरी हालसम्म एक लाख ८१ हजार ९४२ कित्ता सेयर रहेको छ । त्यसमध्ये नबिल बैंकको एक लाख ४४ हजार ४७२ कित्ता, निगमको छ हजार ७५० कित्ता, होटल अन्नपूर्णमा ३० हजार ७२० कित्ता सेयर छ । यसैगरी ट्रष्टको मातहत ल्याइएको जग्गा उपभोगसम्बन्धी गुरुयोजना तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । सहसचिव अर्यालले हालसम्म ललितपुर, चितवन, हेटौँडामा सघन रुपमा सम्पत्ति खोजबिन अभियान नै सञ्चालन गरिएको तथा पोखरामा सार्वजनिक अन्तरक्रिया सम्पन्न भएको बताए । गत मङ्सिरमा ललितपुरमा सञ्चालन गरिएको सघन सम्पत्ति खोजबिन कार्यक्रममा गौदामचौर–१ मा वडामहारानी नारायणहिटी गुठीको नाममा आठ रोपनी १० आना तीन पैसा जग्गा थियो । रासस के तपाई एनसेलबाट इन्टरनेट चलाउनुहुन्छ ? अब अनलाइनखबर खोल्दा पैसा लाग्दैन । एक्टिभेट गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ । - See more at: http://www.onlinekhabar.com/20... Last edited: 03-Feb-15 09:18 AM
shahi baba · Feb 3, 2015 9:18 AM · 2,012 views
भातमारा हरु : हालका माओबादि एमालेका कांग्रेस देखि स्थानीय पार्टी नेताले बिदेशमा राखेको पैसा तिर अखा किन जादैन ? कि जो कम्जोर छ तेही हमला बोलिदिदा जनताको वाहि वाहि पाउने भएर हो ? कि अझै जंगली हरु संग डराएका ?
magorkhe1 · Feb 3, 2015 9:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion