माघ १७ ,डिसी विजय थापा भारतीय लोकप्रिय कार्यक्रम बिग बस ८ गौतम गुलाटिले बाजी मारेका छन् l आफ्ना निकटतम प्रतिस्पर्द्धी करिस्मा तन्ना र प्रितम सिंह लाई क्रमस उछिन्दै उनले यो मौसमको बिग बस ८ जितेका हुन् l र बिजयी गौतम गुलाटीले पुरस्कार स्वरुप नगद भारतीय रु ५० लाख र बिग बस पदक हात पारेका छन् l झन्डै १ सय ३० दिन भन्दा ज्यादा चलेको उक्त बिग बसको रोचक मोड त्यो बेला बन्न पुग्यो जब कार्यक्रमका अन्तिम उत्कृष्ट तीन प्रतिस्पर्द्धी गौतम गुलाटी ,करिस्मा तन्ना र प्रितम सिंह लाई जनही पच्चीस लाख लिन प्रस्ताब राखिएको थियो l र ,प्रितम सिंह जो सशक्त प्रतिस्पर्द्धी थिए उनले पुरस्कार स्वरुप २५ लाख लिएर प्रतिस्प्रद्धा त्यागे l फलस्वरूप ,अन्तिम प्रतिस्प्रद्धामा करिस्मा तन्नालाई भारी मतको फरकले बिग बस ८ को गौतम गुलाटीले जित्न सफल भए l ,प्रितम सिंहले पैसा लिए पछि करिस्मा तन्ना प्रथम उप बिजेता भएकी थिन भने अन्तिम पांचमा पर्ने अलि कुली मिर्जा र डीम्पि महाजन चौथो र पाचौ स्थान प्राप्त गरेका थिए l गौतम बिग बस घरमा अत्यन्तै चर्चित थिए भने भारतीय सर्वेक्षणमा उनि बिजेता हुन् सक्ने भारतीय संचार माध्यमले आंकडा देखाएका थिए l बिग बसमा ड्यानड्रा संग भएको प्रेम चर्चा निकै शिखरमा पुगेको थियो l अघिल्ला बर्षहरुमा सम्पन्न भएका सबै बिग बसको ईतिहास तोड्दै गौतम गुलाटी अत्यधिक मत पाउने पहिलो बिजेता बन्ने सौभाग्यशालि बन्न पुगेका छन् l गौतम गुलाटी ,भारतीय सानो पर्दाको धारावाहिक 'दीया और बाती' का कलाकार हुन् भने बिग बसमा आउनु भन्दा अगाडी उनलाई कमले चिन्थे l भारतीय धारावाहिक 'दीया और बाती' मा मुख्य भूमिकामा नरहेका कारण गौतमले त्यो त्यागी बिग बसमा सहभागी भएका थिए l
mahoday · Jan 31, 2015 3:13 PM · 9,500 views
यो गेडा जस्तो बिग बोस हेर्ने चलन छैन यो त आयेमायी को शो हो
Punter · Jan 31, 2015 3:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion