Nepal (cricket) in Division 1

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://nagariknews.com/main-st... काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थानमा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ। सँगसँगै, चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ। नामिबियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको थियो। ६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले भने तेस्रो भएको केन्या र चौथो स्थानमा रहेको नेपाललाई पनि डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिने तयारी गरिरहेको छ। बुधबार र बिहीबार दुबईमा हुने आइसिसी कार्यसमिति बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई उद्धृत गर्दै नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बतायो। शीर्ष दुई टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो। विश्वकप छनोटको अन्तिम चरणमा पनि डिभिजन १ मा उक्लिने दुई टोलीलाई मात्र मौका दिने योजना थियो। आइसिसीले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा विश्वकप छनोटमा खेलाउने सोच बनाएको स्रोत बताउँछ। ‘नेपाललाई विश्व क्रिकेट लिग डिभिजन १ खेल्न छानिएको छ, आइसिसी बैठकले अर्को साता औपचारिक निर्णय लिनेछ,' पुबुदुलाई उद्धृत गर्दै क्यान स्रोतले आइतबार नागरिकसँग भन्यो, ‘यो प्रतियोगिताका शीर्ष चार टोलीले ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डिभिजन १ का एकदिवसीय मान्यताप्राप्त टिमसँग खेल्न पाउनेछन्। हामीले अन्तरमहादेशीय कप मात्र गुमाउने छौं। आइसिसीको निर्णयपछि अझ विस्तृत जानकारी आउनेछ।' स्रोतअनुसार केन्यासँग तेस्रो स्थानको प्लेअफमा पराजित भएपछि शनिबार मध्यरात पुबुदुले यस्तो बताएका थिए। ‘पुबुदु अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहुँच भएका व्यक्ति हुन्। उनीबाट यस्तो सूचना पाउँदा हामी उत्साहित छौं,' स्रोतले भन्यो। युगान्डासँग २ रनको हार भोग्दै डिभिजन २ को सुरुआत गरेको नेपाल लगत्तैको खेलमा नेदरल्यान्ड्सलाई २ विकेटले हराउँदै लिकमा फर्किएको थियो। तेस्रो खेलमा क्यानाडालाई ७ तथा चौथो खेलमा आयोजक नामिबियालाई ३ विकेटको नतिजामा हराएर नेपालले आफूलाई उपाधिको मुख्य दाबेदारका रूपमा उभ्याएको थियो। समूह चरणको अन्तिम खेलमा केन्यासँग नसोचेको हार भोगेपछि नेपाल रनरेटमा पछि पर्दै शीर्ष २ मा अटाउन सकेको थिएन। रेलिगेसनको निकै नजिक पुगिसकेको केन्याले नेपाललाई ५ विकेटले हराएर डिभिजन २ मा हैसियत जोगाएको थियो। तेस्रो स्थानको प्लेअफमा पनि केन्यालाई नै प्रतिद्वन्द्वीका रुपमा पाउँदा नेपाल बदला लिने मौकाबाट चुकेको थियो। अन्तिम समयमा नाटकीय रूपमा विकेटपतन हुँदा नेपाल १५ रनले पराजित भएको थियो। शीर्ष दुई स्थानमा रहेर बढुवा हुने दुवै टोलीलाई हराउनु प्रतियोगितामा नेपालको दमदार पक्ष थियो।

Kiddo · Jan 25, 2015 9:33 PM · 3,052 views

3 Replies

That's GOOD NEWS for Nepal ...Nepali Cricket team deserves that .!! Well done Guys!!! Last edited: 25-Jan-15 11:01 PM

FanTush · Jan 25, 2015 10:58 PM

We still have to wait for official decision from ICC though. Its a very good news and i couldn't believe it . First time when i saw news i check my date on laptop either its April 1st. Lol

facebook · Jan 26, 2015 9:33 AM

Boys weren't up for what seemed to be a pointless tie (3rd place play off). We need to work on our batting. We're not far away from getting an ODI status. It's high time a construction got underway to build a cricket stadium. The current situation is dire. We've been using school grounds of Army school and St. Xaviers to host some International level tournaments. It's a true embarrassment. The situation of our only 'decent' stadium is a huge farce in itself, too.

Keyser Soze · Jan 26, 2015 12:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all