नेपाली एमआरपीमा पल्किए बंगाली 25 Jan 2015 | 07:29am आइतबार ११ माघ, २०७१ अजित तिवारी 1 2 3 4 5 (0 votes) मोरङ, झुत्रिया-९ का दिल्लीराम धिताल। धितालका नाममा अर्कैले एमआरपी लिएपछि उनी मलेसिया फर्किन पाएनन्। विराटनगर- वैदेशिक रोजगार सिलसिलामा मलेसिया रहेका मोरङ, झुक्रिया–९ का डिल्लीराम धिताल दुई महिनाअघि आमाको किरिया गर्न गाउँ फर्के। काजकिरिया सकेर मलेसिया फर्कन पुरानो पासपोर्ट काम नलाग्ने भयो। उनी एमआरपी (मेसिन रिडेबल पासपोर्ट) बनाउन सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय, मोरङ पुगे। जिल्ला प्रशासनको सिफारिस लिएर काठमाडौं पुगेका धितालले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा मोरङ प्रशासनको कागजपत्र पेस गरे। विभागले एमआरपी रेकर्ड पल्टायो। रेकर्ड देखेर उनी मात्र होइन, विभागका कर्मचारी नै चकित परे। धितालका नाममा त २०७० असोज १४ गते नै एमआरपी जारी भइसकेको रहेछ। त्यो पनि बैंककस्थित नेपाली दूतावासबाट। 'तपाईंका नाममा त बैंककबाट एमआरपी जारी भइसकेको छ,' धितालले विभागका कर्मचारीलाई उद्धृत गर्दै नागरिकसँग भने, 'नभन्दै एमआरपीमा सबै विवरण मेरै, फोटो त अर्कैको पो रहेछ।' खोजीनिती गर्दा धितालका नाममा बंगलादेशी नागरिकले बैंककस्थित दूतावासबाट एमआरपी निकालिसकेको पुष्टि भयो। भिसा र हवाइटिकटअनुसार उनी माघ १० गते मलेसिया फर्कनुपर्ने थियो। एमआरपी भने तुरुन्तै बनेन। विभागले उनलाई व्यक्तिगत विवरण प्रमाणित गराएर ल्याउन जिल्ला प्रशासन मोरङ नै फर्काइदिएको छ। उनले बिहीबार मोरङका सिडिओ गणेशराज कार्कीसित भेटेर आफ्ना नाममा अरू नै व्यक्तिले एमआरपी निकालेको जानकारी गराइसकेका छन्। बंगलादेशी नागरिकले बनाएको नागरिकताको प्रथम प्रतिलिपि र एमआरपीमा उनको विवरण दुरुस्तै मिल्छ, फोटो मात्र फरक। एमआरपी रेकर्डअनुसार बंगलादेशीले २०६० पुस २ गते जिल्ला प्रशासन कार्यालय, मोरङबाट धितालको नाममा नागरिकताको प्रथम प्रतिलिपि लिएको उल्लेख छ। एमआरपी बनाउन धितालले पनि नागरिकताको प्रतिलिपि गत पुस २ गते निकालेका छन्। उनको नागरिकतामा पनि 'प्रथम प्रतिलिपि' नै उल्लेख छ। 'नागरिकताको फर्जी प्रतिलिपि बनाएर एमआरपी लिएको देखियो,' मोरङका सिडिओ गणेशराज कार्कीले भने, 'सत्यतथ्य के हो, अनुसन्धान हुँदैछ।' उनका अनुसार नेपालीका नामममा एमआरपी निकाल्न बंगलादेशी नागरिक पल्केका छन्। 'धितालका नाममा फर्जी विवरण बुझाएर बंगलादेशीले एमआरपी लिएको छानबिनमा देखिएको छ,' उनले नागरिकसँग भने, 'यस्तो केस पहिले पनि आएको थियो, यसबारे हामी थप अनुसन्धान गर्छाैं।' विभागका अनुसार गृह मन्त्रालयको सिफारिसमा धितालका नाममा २०७० असोज १४ गते बैंककस्थित नेपाली दूतावासबाट एमआरपी जारी भएको रेकर्ड विभागमा छ। विभागले जिल्ला प्रशासन कार्यालयलाई चलानी नं. ६२०२ बाट पठाएको पत्रमा 'सोही नागरिकता नम्बर, सोही जारी मिति, सोही वाहकको नाम–ठेगाना र बाबुको नामसमेत एउटै विवरण भएका अर्का व्यक्तिले नेपाली दूतावास बैंककबाट एमआरपी जारी भइसकेको' उल्लेख छ। गृहको पत्रसंख्या ४११ को २०७० फागुन २ गते गरिएको सिफारिसका आधारमा धितालका नाममा ०६७७८५६१ नम्बरको एमआरपी जारी भएको छ। ती बंगलादेशीले धितालकै नाममा सन् २००३ डिसेम्बर १८ मै १९६०५०९ नम्बरको हस्तलिखित राहदानी पनि निकालेका रहेछन्। धितालले भने सन् २००१ अप्रिल २९ मै मोरङबाट १३६४४३९ नम्बरको र क्वालालम्पुरस्थित नेपाली दूतावासबाट सन् २००५ डिसेम्बर ३० मा २७५०२७८ नम्बरको हस्तलिखित राहदानी बनाएका थिए। 'धितालका नाममा बंगलादेशी नागरिकले बनाएको नागरिकताको प्रतिलिपि र हस्तलिखित राहदानी दुवै फर्जी देखिन्छ,' सिडिओ कार्कीले भने। यसबारे छानबिन गर्न प्रशासनको राहदानी र नागरिकता फाँटलाई निर्देशन दिइएको उनले जानकारी दिए। 'पुस १० गते एमआरपीका सबै कागजपत्र लिएर आफैं काठमाडौं पुगँे,' धितालले भने, 'मेरो नाममा बैंककबाट एमआरपी जारी भएको थाहा पाएपछि होसहवास नै गुम्यो।' उनी पहिलोपटक २०५९ सालमा मलेसिया पुगेका थिए। मलेसियास्थित एमएनए मेटल कम्पनीमा काम गर्ने धिताल उनको नाममा एमआरपी बनिसकेपछि पनि हस्तलिखित राहदानीमै आउजाउ गरिरहे। स्रोतका अनुसार बंगलादेशीले काठमाडौं आएर विभिन्न मेनपावरबाट नागरिकता वाहकको नाम, ठेगाना खोजेर एमआरपी बनाउने गरेका छन्। 'फर्जी नागरिकता र एमआरपी बनाउन बंगलादेशी नागरिक सक्रिय रहेको सूचना हामीसँग छ,' जिल्ला प्रशासन कार्यालय, मोरङका एक अधिकारीले भने, 'नेपालीको नाममा फर्जी नागरिकता र राहदानी बनाएर थुपै्र बंगलादेशी विदेश उडेको देखिन्छ।' वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रिया थाल्दा धितालले पहिलोपटक गण्डकी ओभरसिज र दोस्रोपटक अल–सन्दोस म्यानपावरमा सक्कली राहदानी र नागरिकताको प्रमाणित प्रतिलिपि बुझाएका थिए। यिनै म्यानपावर कम्पनीबाट धितालको विवरण चोरिएको आशंका छ। सिडिओ कार्कीले फर्जी नागरिकता प्रतिलिपि र एमआरपी बनाउने प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयलाई पत्र लेख्ने बताए। 'मेनपावर, धितालकै परिवार वा सरकारी निकायलाई झुक्याएर फर्जी नागरिकता र एमआरपी बनाएको हुन सक्छ,' कार्कीले भने। डिल्लीराम धितालका नाममा एमआरपी बनाएका बंगलादेशी। - See more at: http://www.nagariknews.com/soc...
_____ · Jan 25, 2015 6:09 PM · 2,802 views
Why to Blame Bangaladeshi ? In this news I have seen Bangaladeshi is mentioned so many times but Nepalese is not mentioned anywhere. This has happened by the corrupt Nepalese people of VDC, district administative office and Nepalese Manpower. If you do anything for money, then who would not try to exploit it. Kirpaya ma Bangladeshi hoina ni ;-)
aalukojhol · Jan 25, 2015 6:23 PM
अर्थ को अनर्थ लगाउन र चाटुकारिता मा पत्रकार पनि कम छैनन् ? भुत्रोको बंगाली पल्किए : बैदेशिक रोजगारको शतप्रतिशत गल्ति छ र पल्काउने इनिहरु हुन् | म्यान पावर ले चुस्नु चुसे तेस्ले नपुगेर : उनीहरुले आफुसंग भएको सम्पुर्ण कागजात बेचे : लाग्छ कमाइ जसरि गरे पनि हुन्छ | यस्तालाई मुसलमानी कानुन जस्तो खुलामन्चमा राखेर ढुंगा हान्न लगाउनु पर्ने ! Last edited: 26-Jan-15 09:56 AM
magorkhe1 · Jan 25, 2015 6:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion