निर्मला को भयो विवाह

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गर्जेनी दुर्घटनाका दस वर्ष दुर्घटनामा बाँचेकी बेहुली माघ १० -   -निर्मला अधिकारी अजभन्दा दस वर्षपहिले २०६१ साल माघ ८ गते शुक्रबार दाङको देउखुरी सोनपुरबाट बेहुली लिएर गएको बस प्यूठानको गर्जेनी भन्ने ठाउँमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा बेहुला, उनको घरपरिवार र जन्ती गरी ४१ जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यो भयानक दुर्घटनाको समाचार नेपाली पत्रपत्रिकामा छ्यापछ्याप्ती आएका थिए । अहिले धेरैले त्यसलाई भुले पनि मैले बिर्सकी छैन । किनभने त्यो दुर्घटना प्रत्यक्ष भोगेर बाँचेकी बेहुली म नै हुँ । दुर्घटनापछि मलाई कोहलपुर शिक्षण अस्पताल लगेर उपचार गराइयो । बेहुलाको ज्यान गइसकेको थियो । केही समयअगाडि मेरो सिउँदोमा परेको सिन्दूरलाई टाउकामा परेको चोटबाट बगेको रगतले बगाएर शरीरभरि लत्पत्याएको थियो । एक महिनाभन्दा लामो उपचारपछि म घर र्फकन त सकेँ तर बाहिरी चोट ठीक भए पनि भित्री चोट कायमै थियो । बिहे गरेर अन्माएकी छोरीचेली आधा बाटोबाटै विधवा भएर र्फकेकाले माइतीघरमा पनि एक वर्षभन्दा लामो समयसम्म त्यो पीडा अनुहारमा देखिन्थ्यो । उता प्यूठानको टारी गाउँले त सबै पुरुषलाई दुर्घटनामा गुमाएको थियो । पछि सुनेँ, तत्कालीन बेहुला लोकराज रिजालकी आमालाई गाउँमा बस्न दिएन रे समाजले । उनले एकैचोटि श्रीमान्, छोराहरू, देवर, भान्जा, भतिजालगायतकालाई गुमाएकी थिइन् । पुरातन र अन्धविश्वासी समाजले अन्तत: ती पीडित नारीमाथि दोष थुपार्‍यो । र, उनी आफ्नो घरबाट विस्थापित भएर छोरीकोमा गएर बस्न बाध्य भइछन् । त्यसो त, उक्त दुर्घटनापछि मलाई पनि समाजले धेरै लान्छना र दोष लगाएको मैले अप्रत्यक्ष रूपमा सुनेकी छु । तर मेरै अगाडि वा मैले सुन्ने गरी चाहिँ कसैले केही पनि भनेन । मात्र मलाई हेरेर च्व, च्व... र हरे दैव भन्दै सुस्केरा हाल्ने काम आफन्तले गरेका थिए । दुई दिन अघि उक्त दुर्घटनाले दस वर्ष व्यतीत गरेको छ । आज मैले खाटा बसेका ती घाउलाई कोट्याएर फेरि नयाँ पीडा ओकल्न खोजेकी हैन । तर, हाम्रो नेपाली समाज कतिसम्म अन्धविश्वासी र आडम्बरी छ भनेर यी दस वर्षका मेरा अनुभव बाँड्न मात्र खोजेकी हुँ । उक्त दुर्घटनामा गम्भीर घाइते नभएर मलाई सामान्य घाउचोट मात्र लागेको थियो भने मैले के दुर्दशा भोग्नुपर्दथ्यो होला ! म कल्पनासम्म गर्न सक्दिनँ । दुर्घटना भएको दस वर्ष भइसक्दा त क्ताकति मेरो स्वाभिमानमा आँच पुग्ने खालका र मलाई दोषी ठान्ने कुराहरू सुन्दै आएकी छु । त्यस्ता कुरा सुन्दा मलाई चित्त दुख्नुको सट्टा नेपाली समाजको स्तर देखेर दया लाग्छ । यस्तै हो भने हाम्रो समाज रूपान्तरण कहिले हुन्छ भन्न सकिन्न । त्यो दुर्घटनापछि नेपाली समाजमा रहेको अन्धविश्वास र परम्परावादी सोच कस्तो छ ? यहाँ मेरो जीवनसँगका तीनवटा उदाहरण प्रस्तुत गरेकी छु । उदाहरण १ गर्जेनी दुर्घटना भएको १५ महिनापछि २०६३ वैशाख २४ गते मेरो दोस्रो विवाह भयो । श्रीमान्‌को स्थायी घर इलाम भए पनि उहाँ काठमाडौँलाई कार्यस्थल बनाएर बसिरहनुभएको रहेछ । उहाँसँगको मेरो बिहेको समाचार सोही दिन बेलुका कान्तिपुर टेलिभिजनले दृश्यसहित प्रसारण गरेको थियो । भोलिपल्टको कान्तिपुर दैनिकले अग्रपृष्ठमै फोटोसहित समाचार प्रकाशन गरेको थियो । थोरै आफन्त बोलाएर गरिएको भए पनि मेरो बिहेबारे धेरैले थाहा पाए । बिहे भएको एक वर्षपछि इलामका एकजना चिक्तिसक खेम कार्की प्यूठान गएछन् । एक गैरसरकारी संस्थामा कार्यरत डा. कार्की मेरो श्रीमान्को साथी पनि हुन् । गर्जेनीस्थित उक्त दुर्घटनास्थल पुगेपछि उनले गाडी रोकेर केही फोटो खिचेछन् । र, स्थानीयसँग दुर्घटनाबारे सामान्य कुराकानी गरेछन् । स्थानीयवासीले 'त्यो बेहुलीले गर्दा त्यत्रो दुर्घटना भयो, सबै मान्छे त्यसैको कारणले मरेका हुन्' भनेछन् । उनले मेरो दोस्रो बिहेको बारेमा उल्लेख गर्दा स्थानीवासीले जे भनेछन्, त्यो सुन्दा मलाई अचम्म लाग्यो । उनीहरूले 'अँ त्यो केटीले दोस्रो बिहे गरेकी थिई रे, तर बिहे गरको केही महिनामै उसको लोग्ने मर्‍यो रे ! त्यस्ती अलच्छिनी पो रहिछे त्यो केटी त !' भनेछन् । उनीहरूको कुरा सुनेर डा खेम पनि छक्क परेछन् । उनीहरूलाई भनेछन्, 'त्यो केटीको श्रीमान् मर्नु भएको छैन, उहाँ मेरो साथी हो ।' तर पनि उनीहरू पत्याउन तयार भएनछन् । उदाहरण २ २०६८ कात्तिकमा मेरो श्रीमान् धुलिखेलमा मोटरसाइकल दुर्घटनामा पर्नुभयो । एउटा कार्यक्रमबाट काठमाडौँ र्फकंदै गर्दा तातोपानी खासा जाँदै गरेको मालबाहक कन्टेनरले उहाँको मोटरसाइकललाई हिर्काएछ । शिक्षण अस्पताल महाराजगन्जमा दुई साताभन्दा बढी राखेर उपचार गरेपछि उहाँलाई ठीक भयो । उहाँले नै माइतीघर दाङ र हाम्रो घर इलामतिर आफन्तलाई तत्काल खबर नगर्न भनेकाले मैले कसैलाई पनि फोन गरिनँ । 'दुर्घटना भएर अस्पताल पुर्‍याएको र डाक्टरले खतरामुक्त भनेपछि बेकारमा अरूलाई पिरलो हुन्छ । सबै हाँपझाँप गर्दै आइपुग्छन्, किन दु:ख दिनु' भन्ने उहाँको सल्लाह थियो । त्यसैअनुसार मैले दुर्घटनाको केही दिनपछि मात्र आफन्तलाई फोन गरेँ । त्यसको एक वर्षपछि दसैँमा हामी इलाम गएका थियौँ । श्रीमान्को एकजना आफन्तले मोटरसाइकल दुर्घटनाको सूचना पाएका रहेछन् । भेटमा भनेछन्, 'तँ त मोटरसाइकल दुर्घटनामा परेर धन्न बाँचिछस् । त्यतिबेला हामीले त्यो बुहारी नै उस्ती रहिछे, पहिले पनि गाडी दुर्घटना भएर ऊ मात्र बाँची, अहिले पनि भाइ मर्ने भो भन्ने पो सोच्यौँ ।' उदाहरण ३ श्रीमान् कामको सिलसिलामा अहिले देशबाहिर हुनुहुन्छ । त्यहाँको नेपाली दूतावासमा उहाँको गत असारमा प्यूठान टारीगाउँका एक व्यक्तिसँग भेट भएछ । नेपाल सरकारको उच्च ओहोदाको ती कर्मचारी उहाँ तालिमको सिलसिलामा त्यहाँ गएका रहेछन् । मेरो श्रीमान्सँगको परिचयका क्रममा उनले जन्तीको गाडी दुर्घटना भएर सबैजसोले ज्यान गुमाएको गाउँ आफ्नै भएको बताएछन् । उनले त्यो दुर्घटनाबाट बाँचेकी केटी बिहे गर्ने मान्छे भनेर मेरो श्रीमान्लाई चिनेका थिएनन् । कुराकानीका सिलसिलामा गर्जेनी दुर्घटना र त्यतिबेलाको अवस्थाबारे पनि चर्चा भएछ । तत्कालीन बेहुली अर्थात् मेराबारेमा पनि कुरा भएछ । ती कर्मचारीले भनेछन्, 'त्यो केटीको पनि पूर्वतिरै बिहे भएको थियो । तर अहिले त छोडपत्र भइसक्यो रे !' उहाँको कुरा सुनेर मेरो श्रीमान्‌ले हाँस्दै भन्नुभएछ 'ए कहिले भएछ नि छोडपत्रचाहिँ ? अनि किन छोडपत्र भएको रहेछ, तपाईंलाई थाहा छ ?' ती कर्मचारीले सामान्य रूपमा जवाफ दिएछन्, 'बिहे गरेको केही समयमै भयो रे । त्यस्ती केटीलाई कसले राख्छ र !' त्यसपछि श्रीमान्‌ले हाँस्दै भन्नुभएछ 'ती बेहुलीलाई मैले बिहे गरेको हुँ । उनी मेरी श्रीमती हुन् । हामीले सम्बन्धविच्छेद गरेका छैनौँ । हाम्रा दुईजना छोराछोरी छन् । तपाईंले गलत सुन्नुभएछ ।' त्यसपछि उनले धेरैपटक मेरो श्रीमान्सँग माफी मागेछन् । 'तपाईंले जे सुन्नुभयो त्यही बताउनुभयो । यसमा तपाईंको केही दोष छैन,' श्रीमान्ले जवाफ दिनुभएछ, 'दोष त हाम्रो समाजको छ । जहाँ कान नछामीकन हामी कागको पछाडि दगुर्छौँ ।' यी तीनवटा उदाहरणले के स्पष्ट हुन्छ भने हाम्रो नेपाली समाजको बनोट परम्परावादी र संकीर्ण छ । यहाँ कुनै व्यक्ति विशेषको सबाल मात्र उठाएको होइन । नेपाली समाजले महिलालाई हेर्ने दृष्टिकोण र विभेदपूर्ण नीतिमाथि चर्चा गरिएको हो । यही विभेदले गर्दा नभएका कुराको दोष पनि महिलामाथि थुपारिन्छ । एउटा चालकको गल्तीले गाडी दुर्घटना हुन्छ, तर दोषचाहिँ महिलालाई लगाइन्छ । प्राविधिक गल्तीले भएका दुर्घटनामा पनि महिलामाथि दोष थुपार्न समाज अग्रसर रहन्छ । समाजमा सामन्ती सोचले गर्दा महिलामाथि हिंसा बढिरहेको छ । भाषणमा आदर्शवादी र क्रान्तिकारी कुरा गर्नेहरूकै घर परिवारभित्र महिलामाथि भएका हिंसाका धेरै उदाहरण बाहिर आएका छन् । त्यसकारण सामन्तवादी सोच नेपालका सबैजसो राजनीतिक वृत्त, आर्थिक तथा सामाजिक क्षेत्रमा व्याप्त छ । जसले सामन्ती सोचलाई तोड्ने भाषण गर्छ, उसले पहिले आफ्नो बानी व्यहोरा सच्याउनुपर्छ । त्यसपछि आफ्नो घरपरिवारमा भइरहेका विभेदपूर्ण हिंसालाई हटाउनुपर्छ । अनि मात्र परिवर्तन सुरु हुन्छ । अर्ति र उपदेश दिन जति सजिलो छ, त्यही कुरा आफूमा लागू गर्न निकै कठिन हुन्छ । बाटोमा चुरोट तान्दै आएर कक्षामा विद्यार्थीलाई धूमपान गर्ने शिक्षकले 'म जे भन्छु त्यो गर तर म जे गर्छु त्यो नगर' भनेजस्तै गर्छ हाम्रो समाज । प्रकाशित मिति: २०७१ माघ १० ०७:२४ 

_____ · Jan 24, 2015 10:36 AM · 79,589 views

62 Replies · Showing 61 - 62
Page 4 of 4

हुनत यो थ्रेड पुरै सिर्सक को बिसय बाट एकदम टाडा गएको थियो , तैपनि अर्को थ्रेड खोल्नु भन्दा येही 'क्लोज' भै सकेको थ्रेडमा केहि थप्ने ध्रिस्टता गर्दै छु | सेतोपाटीमा अमित ढकालको एउटा लेख रैछ | तुलनात्मक रुपले तेतिको परिपक्क्वा पत्रकारले तथ्य चै सहि नै राखे होलना -खोजबिन गरेर | लेख लामो छ तेसैले केहि भाग कपि गरेर राखेको छु : "...... नागरिकताको विषय यो मुलुकमा धेरै अघिदेखि जटिल बनाइएको छ। राष्ट्रियताका 'ठेकेदार'हरुले यो बहसलाई कहिल्यै स्वस्थ र तथ्यपरक बन्न दिएनन्। 'व्यावसायिक' राजनीतिज्ञहरूले पनि नागरिकताको समस्या समाधान गर्न होइन, त्यसमाथि राजनीति गर्न मात्र आफ्नो समय खर्चिए। धेरै टाढा जानु पर्दैन, २०६२/६३ पछिको नागरिकता राजनीतिलाई नै हेरे पुग्छ। .............................. टोली गाउँ-गाउँ गएर नागरिकता वितरण गर्‍यो। कति नागरिकता वितरण भए, कसैले तथ्य हेर्ने दु:ख गरेन। मधेसी नेताहरुले चुनावमा भाषण गरे, 'नागरिकताको हकबाट बन्चित दसौं लाख मधेसीले हाम्रा कारण नागरिकता पाए।' 'राष्ट्रवादी' हरूले टाउको समाए, '४० लाख भारतीयले नागरिकता पाए।' सिमापारिबाट आएर ४० लाख भारतीयले नागरिकता लिएको कारण संविधानसभा-१ मा मधेसी पार्टीहरुले त्यति धेरै सिट ल्याएको उनीहरुले ठोकुवा गरे। तथ्य के हो भने, गाउँ-गाउँ खटिएको टोलीमार्फत देशभर जम्मा २६ लाख ७० हजार नागरिकता वितरण गरिएको थियो। त्योमध्ये २५ लाख नागरिकता वंशजका आधारमा वितरण गरिएको थियो, पहाडमा १३ लाख र तराईमा १२ लाख। बाबुको नागरिकता भएका कारण यी २५ लाखले जहिले पनि नागरिकता लिन सक्थे। गाउँमै टोली आएकोले सुगम भयो, त्यति बेला नै लिए। जम्मा एक लाख ७० हजारले मात्रै १५ वर्ष नेपालमै बसेको प्रमाण र तीन नेपाली नागरिकको सिफारिस जुटाएर नागरिकता लिएका थिए। ......................................... भारतीय पुरूष वा भारतमा घरजम गरेका नेपाली चेलीका सन्तान उदयमान भारतमा अवसर छोडेर किन नेपाल आउँछन्? चीनबाट किन आउँछन्? अरू मुलुकबाट किन आउँछन्? दोहोरो नागरिकता लिन्छन् भन्ने तर्क हो भने त्यसको उपचार गर्न सकिन्छ। विवाह गरेर आउँदा विदेशको नागरिकता छोडेर आउने व्यवस्थाले दोहाेरो नागरिकताको समस्या झन् हल गर्छ। उताको नागरिकता छोड्नु नपर्दा बरु घुस ख्वाएर विगतमा कतिले नागरिकता निकाले होलान्। वैधानिक रूपले नेपाली महिलाका पतिलाई नागरिकताको हक दिएपछि त्यो विकृति पनि हट्छ। विशेषगरी तराईमा राजनीति गर्ने कांग्रेस, एमाले र मधेसीदलका नेताहरुको समान चिन्ता छ- 'पारि'का ज्वाईंले नागरिकता पाए भने यता आएर पैसा खर्च गरेर राजनीति गर्छन्, हामी पछि पर्छौ। कस्तो निकम्मा तर्क हो यो! ............................................. त्यो त राजनीतिक पार्टी र नेताको समस्या हो। उनीहरुको चारित्रिक कमजोरीको प्रश्न हो। त्यसो त नेपालमै जन्मेर राजनीति गरेका, मन्त्री भएकामध्ये केही सदाबहार विदेशी गुप्तचर संस्थाको हितमा काम गर्छन्, उनीहरुकहाँ सूचना पुर्‍याउँछन्। विकृति हाम्रा नेता र पार्टीमा छ, अनि त्यसको शिकार महिला किन हुनुपर्ने? महिलाका सन्तान किन हुनु पर्ने? जीवनको सारा सम्भावना र सपना बोकेका युवा, युवती किन हुनुपर्ने? ..........................." http://setopati.com/bichar/241... Last edited: 10-Feb-15 09:23 AM Last edited: 10-Feb-15 09:26 AM

nepalilaure · Feb 10, 2015 9:21 AM

लाहुरे जी ढकाल सर को लेख मैले नि पढे. केहि तथ्य पारक , केहि सेन्तिमेंटल र केहि आफ्नो कुरा आफैले काटेको हो कि जस्तो पनि लाग्यो अब तथ्य प्रक बाट सुरु गरम ४० लाख ले नागरिकता पाएको छै होइन , यो कुरा मैले पहिले पनि भनि सकेको छु तराई मा पर्ने कतिपय पाउनु पर्ने ले पाएका हुन् तेस्मा अतीनु पर्ने छैन . मेरो विचार मा १० -१५ लाख ले लिएको भन्ने थ्यो ,ढकाल सर को लेख पढ्दा त्यो पनि होइन जस्तो छ.तर केहि ले छै पक्कै लेक छन् ढकाल सर ले भन्नु भएको जस्तो तेस्ले राजनीतिक निणयेक राजनीतिक असर पर्ला जस्तो छै मलाई पनि लाग्दैन तर नेपाल गरिब देश ,अर्थतन्त्र कम्जोर भएकोहुनाले तेस्ले आर्थिक र्य्प मा हामीलाई पक्कै असर पर्छ भन्ने मेरो विचार छ तेस्करण राजनीतिक भन्दा पनि आर्थिक असर तिर ध्यान दिन पर्छ अब उदैमान भारत छोडेर किन नेपाल औलन भनेर प्रस्न गर्नु भएको छ त्यो चाही नमिले को जस्तो देखिन्छ, तेही लेख मा उहाले डेढ लाख ले १५ वर्ष नेपाल बसेको प्रमाण पुराएर नेपाल को नागरिकता लिएका छन् भन्नु भएको छ , तिनीहरु उदैमान भारत छोडेर आएका नै हुन् नि होइन र ? उदैमान भारत मा सबै धनि छैनन, नेपाल संग जोडिएको राज्य हरुको गरिब जनसंख्या मात्र लिने हो भने पनि झन्डै नेपाल को जनसंख्या जति हुन पुग्छ होला. फेरी भारत मा भारतीय मात्र छैनन्, गैरकानुनी बंगाली हरु पनि छन् ,बंग्ल्देश बाट पाकिस्तान जना हिडेका तर पाकिस्तान ले नलिएको उर्दु भाषा बोल्ने पाकिस्तानी पनि छन्, उत्तर पुर्बी भारत मा नेपाली जस्ता देखिने भारतीय पनि छन् , तिनी हरु नेपाल आउछन, नेपाल संग को सक्कली भारतीय को नक्कली भारतीय हुन् भनेर छुत्त्युना सक्ने सिस्टम छैन तेस्तै तिब्बती किन औछां भन्नु भएको छ ,नेपाल लेनेपल आउने तिब्बती हरु लै चिन मै फिर्ता पठाउने बेब्स्तः नाभैन्जेल तिब्बत बाट बर्सेनि १-२ हजार तिब्बती आउने , समुकता राष्ट्र स्नाघा को सरनार्थी आयोग ले देखौछा, तिनी हरुले ले नेपाल लै अप्ठ्यारो मा पर्न सक्छन. १९७० तिर तिब्बती हरु नेपाल आएर , चिन बिरुध्हा बिद्रोह गरेको खम्पा बिद्रोह को नाम ले प्रख्यात छ, त्यो बेला चिन कम्जोर थियो अहिले तेस्तो छैन. ढकाल सर ले भारतीय किन आउछन, तिब्बती कियन आउछन भन्ने कुरा बास्तबिकता संग मेल खादैन, १९९० देखि उदैमान भारत बाट डेढ लाख नेपाल आएर नेपाल को नागरिकता लिन चाहनु लै के भन्ने ? ढकाल सर ले एक पटक ति डेढ लाख किन उदैमान भारत छोडेर नेपाल आए भनेर सोच्नु भएको भए आफ्नो प्रस्न को जबाफ आफै पाउनु हुन्थ्यो भन्ने लग्छ भारत को लागि ढेड लाख आए गएको पत्तै हुदैन, नेपाल तेस्तो छैन नेपाल संसार को गरिब देश मध्हे एक हो, तै पनि त्यो देश मा बिदेशी हरु नागरिकता लिन न आउन पर्ने हो ढकाल सर का अनुसार ,त्यो कुरा म पनि मान्छु र सोद्छु किन आउन पर्ने ? कारण के छ ? नआउन पर्ने मात्र नभई तेसरी आएका ज्वाई हरु लै सजिलै नागरिकता दिन पर्छ भनेर जोरदार अवाज किन उठाउने जबकि यो कुनै समस्या नै होइन भने होलान एक दुइ जना परिबन्द मा परेर आउने हरु, तर तेस्ता को लागि पुरा कानुन नै खुकुलो बनौन पर्छ भनेर किन ठुला ठुला बहस हुन्छन ? ढकाल सर ले पनि लेख्न भयो, एक दुइ जना को मात्र समस्या भएको भए केस बाई केस गए भै हाल्छ, धेरै जना भए गरिब देश को नागरिकता लिन किन आए भनेर सोच्ने पर्ने हुन्छ ढकाल सर ले तेता तिर ध्यान पुरौना भएन जस्तो छ

_____ · Feb 10, 2015 8:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all