नेता ज्यु खै त मेरो संविधान !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आउँला भनी कुरी रहे बानेस्वर तिर आँखा तन्काइ रहे यो बर्ष अर्को बर्ष अनी फेरी अर्को बर्ष ८ बर्ष बिते नेता ज्यु दुइटा चुनाव सकियो नेता ज्यु खै त मेरो संविधान ! तपाईं ले तलब भत्ता खाइरनु भो सत्ता को स्वाद ली रनु भो फेरी फेरी महँगो गाडी चड्नु भो डेरा छोडेर महल छिर्नु भो तै पनि म चुप थे मेरो करको मलले काम गर्छ कि भनी तर नेता ज्यु मलाई धोका भो मेरो कमाइ तेसै गो संविधान आउने सन्केत छैन नेता ज्यु खै त मेरो संविधान ! तपाईं जंगल बाट आउनु भो लाखको खाटमा सुत्नु भो करोडको महल मा छिर्नु भो तै पनि म चुप थे थोरै भये नि देसको लागि केइ हुन्छ कि हेर्दे थे तपाईंले केबल भुँडी भर्नु भो आफन्त भाई भर्दार पाल्नु भो मेरो कमाइमा मोज गर्नु भो नेता ज्यु खै त मेरो संविधान ! तपाईं बिचार लिन बिदेस पाल्नु भो सन्चो नहुँदा सिङापुर धाउनु भो स्वानी छोरा छोरी सब घुमाउनु भो पानी बिजुली खेल सब मा मान्छे छिरौनु भो नेता ज्यु तै पनि म चुप थे संविधान आउने आस मा थे तर मेरो केबल आँखा छोप्नु भो संविधान त के मसौदा नि आएन नेता ज्यु मलाई जालमा पार्नु भो । आपसमा कुटेको नाटक गर्नु भो , सभाका कुर्ची सब भाच्नु भो , जात जाती मा बिष घोल्नु भो भाई भाई मा फुट दाल्नु भो मधेस पहाड हिमाल सब फोर्नु भो नेता ज्यु तपाईं ले त झन देस बिगार्नु भो नेता ज्यु , मैले विश्वाश गरेर पठाको तपाईंलाई मेरो नेता भनी भोट हालेको तपाईंलाई देसको सस्मिता, सार्वभौमता सुम्पेको तपाईंलाई तपाईंले सब सँग खेलबाड गर्नु भो तपाईं त गद्दार निस्कनु भो नेता ज्यु तपाईं ले त देस नै बेच्न खोज्नु भो । म शान्ति प्रिय नेपाली नेता ज्यु तपाईंलाई नमिठो कैले बोलिन भेट हुँदा नमस्कार टकराउन कैले छोडिन तपाईं ले तेत्रो खादा कैले हिसाब मागिन तर तपाईं ले मलाई १०० बर्ष पछाडि ढकेल्नु भो बिकास त कुन चरा को नाम नेता ज्यु, जुन काम को लागि पठाको त्यो पनि भुल्नु भो ? खै त नेता ज्यु मेरो संविधान ?

amricane · Jan 21, 2015 11:45 PM · 22,626 views

2 Replies

I don't have any hope or expectation of Nepal making a Constitution. It's just SAD.

Ronaldo7 · Jan 21, 2015 11:51 PM

कहिले आउने हो अत्तो पत्तो छैन , आए पनि जोगीको झोला जस्तो ज जसलाई जे जे छिराउनु छ , यही संबिधान भित्र राख्नु छ , लाग्छ महाभारतको ठेलीलाई पनि माथ गर्ला संबिधान को ब्याख्या गर्न : नया कमिसन   खोल्नु पर्ला ! Last edited: 22-Jan-15 03:43 PM

magorkhe1 · Jan 22, 2015 11:08 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all