प्रहरी महानिरीक्षकका जोगी छोरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धर्मनिरपेक्षता ठीक या हिन्दू राष्ट्र? यसबारे चित्तबुझ्दो र वैज्ञानिक कारण खोज्न प्रवञ्जनबहादुर सिंह योगी बनेका छन्। पुस महीना एकसरो गेरु बस्त्र, गेरु रंगकै झोला बोकेर खाली खुट्टा हिंडिरहेका उनलाई देख्दा चिनेजानेकाले सोध्छन्, ‘यो के गरेको?’ उनी हाँस्दै भन्छन्, “जोगी भएको।” पुर्ख्यौली घर बझाङ पीपलकोट–३ बुङल भएका प्रवञ्जनबहादुर सिंह (३६) अर्थात् योगी व्याघ्र वेदनाथ डेढ वर्षदेखि खप्तड आश्रममा मग्न छन्। त्यसो त सांसारिक जीवन त्यागेकाको परिचयसँग पृष्ठभूमिको कुनै सम्बन्ध हुँदैन। तर, सुदूरपश्चिमेलीका लागि प्रवञ्जनबहादुर सन्न्यासी हुनुले विशेष अर्थ राख्छ। किनकि उनी पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहका जेठा छोरा हुन्। आठ वर्षीया छोरीका बुबा प्रवञ्जन काठमाडौंमै जन्मे, हुर्के। सेन्ट जेभियर्स स्कूल हुँदै भारतका प्रख्यात कलेजहरुमा उच्च शिक्षाका लागि भर्ना भए। काठमाडौंदेखि न्युयोर्कसम्मको रात्रि जीवनको अनुभव बटुले। र, ११ जेठ २०७० को बिहान मृगस्थलीबाट योगी व्याघ्र वेदनाथको परिचयमा निस्किए। उनको रुप देखेर परिवार स्तब्ध भयो। तर, उनले आफ्नो निर्णय बदल्न चाहेनन्। प्रवञ्जन जोगी हुनुअघि त्यस्तो के विरक्ति थियो जसले प्रवञ्जनलाई योगी बन्न प्रेरित गर्‍यो? उनी भन्छन्, “म विरक्तिएर होइन, हिन्दू धर्मको अध्ययनका लागि सन्न्यासी भएको हुँ।” मुलुकमा धर्मनिरपेक्ष घोषणासँगै पक्ष–विपक्षमा बहस चलिरहेका बेला चित्तबुझ्दो र वैज्ञानिक कारण खोज्न आफू योगी बनेको उनको तर्क छ। आश्रममा उनी हिन्दू धर्मग्रन्थ, दर्शन, संस्कृतिको अध्ययनसँगै ध्यान अभ्यास गरिरहेका छन्। - See more at: http://www.himalkhabar.com/?p=...

cybernepali · Jan 19, 2015 10:05 AM · 10,018 views

1 Reply

I met him in Khaptad, whatever his background he is devoted....RESPECT

shantasamundra · Jan 20, 2015 6:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all