Top 10 well known Nepalis in the US

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालबाट अमेरिका पुगेर आफ्नो कर्मथलोको रुपमा विभिन्न पेसा गर्दै उतै बसेका नेपालीहरु चर्चित व्यक्तिको सूचीमा परेका छन् । चर्चित व्यक्तिको सूचीमा परेका यी हुन् :१) डा. पराग पाठक : गएको अगष्टको अन्तिम साता अन्र्ताष्ट्रिय मुद्राकोषले विश्वको २५ उत्कृष्ठ  युवा अर्थशास्त्रीहरुको नाम सार्वजनिक गर्यो । युवा अर्थशास्त्रीहरुको नाम सार्वजनिक गर्ने क्रममा मुद्राकोषले भन्यो, ‘ यी यस्ता उज्जवल भविश्य भएका युवा अर्थशास्त्रीले भावी विश्व अर्थतन्त्रलाई नै एउटा आकार दिन्छ । ’ मुद्राकोषले सार्वजनिक गरेको ४५ वर्षभन्दा कम उमेरका २५ जना प्रभावशाली अर्थशास्त्रीहरुको यो सूचीको १९ औं नम्बरमा पाठक परेका छन् । पाठक लाखौं नेपालीहरुको प्ररणाको श्रेत बनेर २०१४ को सर्वाधिक लोकप्रिय अमेरिकन नेपाली बन्न पुगे । २) अमृता रेग्मी : जर्जिया राज्यको स्थानीय ९५ क्षेत्रबाट उम्मेद्वार बनेकी अमृता रेग्मीले आफ्नो राज्यभन्दा बाहिर अमेरिका भरी नेपालीमाझ चर्चा बटुलिन सन् २०१४ मा । उनलाई यो निर्वाचनमा सफलता हात नलागे पनि पछिको सम्भावना रहेको बताइएको छ । ३) खगेन्द्र जिसी : पेसाले अधिवक्ता रहेका खगेन्द्र जिसी सामाजिक कार्यमा पनि सक्रिय छन् । व्यवसायिकरुपमा अधिवक्ता र सामाजिक दुवै कार्यमा यो वर्ष चर्चामा रहे । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नाराका साथ एनआरएन अमेरिकाको सभापतिमा समेत जिसी निर्वाचित भए । न्युयोर्कबाट प्रकाशित ‘सुपरलयर’ पत्रिकाले उनलाई ‘सुपरलयर’ सूचीमा समावेश गर्यो । नेपाली राजनीतिका प्रमुख व्यक्तिहरुसँग सिधा सम्पर्क र पहुँच भएका उनी एनआरएन आइआइसीमा पनि चीरपरिचित नाम हो – खगेन्द्र जिसी । ४) विष्णुमाया परियार : समाजसेवी विष्णुमाया परियार बोस्टनस्थित इम्पावर दलित वुमन अफ नेपाल (इडीडब्लूओएन) की संस्थापक हुन । उनी नेपाल दलित महिला उत्थान संघ (एड्वान) की अध्यक्ष हुन् । उनले यी संस्थाहरुको माध्यमबाट नेपालका दलित, गरिब र सीमान्तर्कत बालबालिकाहरुलाई विभिन्न कार्यक्रम र छात्रवृत्ति मार्फत  शिक्षा अभियान र महिला सशक्तीकरणका विभिन्न कार्यक्रम चलाउँछिन् ।५) जीवन तिवारी : अमेरिकको सबैभन्दा पुरानो संस्था अमेरिका नेपाल समाजमा निर्विरोध अध्यक्षमा निर्वाचित भए । अमेरिकाबासी नेपालीहरुको हकहितमा उनका स्वास्थ्य, कर, आप्रवास, सामाजिक मिलनका कार्यक्रमहरु लोकप्रिय भएका छन् । उनी अमेरिकी संसदहरुले आयोजना गरेको दीपावली पर्वमा नेपालीहरुको प्रतिनिधित्व गर्दै क्यापिटल हिल मा सहभागी भए । तिवारी ‘सोसियल सर्भेन्टस् अफ अमेरिक’ संस्थाका संस्थापक मध्यका एक हुन् । स्थानीय डेमोक्रेटिक पार्टीमा उनको राम्रो पकट रहेको  र आगामी निर्वाचनमा उनी उम्मेद्वार हुने सम्भावना रहेको बताइन्छ ।६) आनन्द बिष्ट : नेपाली काँग्रेसको भातृसंगठन नेपाल जनसम्पर्क समितिको २०१४ को महाधिवेशनमा उनी निर्वाचित भए । निकै कडा प्रतिस्पर्धाबाट विजयी भएका बिष्टको नियुक्ति नै विवादमा पर्यो । गुट उपगुटमा रहेको समूहलाई कसरी मिलाएर लैजान्छन उनले अहिले चासोको विषय बनेको छ ।७) ऋषि ढकाल : क्यालिफोर्नियाका लागि बाणिज्य दूत समेत रहेका ऋषि ढकाल एक सफल व्यापारी हुन् । उनी श्रीपशुपतिनाथ फाउन्डेसन, युएसका विके प्रेसिडेन्ट हुन् ।८ ) अर्जुनप्रसाद मैनाली : सन्  १९८७ बाट रक्तदान सुरु गरेका मैनालीले हालसम्म एक सय ६ पटक रक्तदान गरिसकेका छन् । ब्लड डोनरर्स अफ अमेरिकाको संस्थापक अध्यक्ष समेत रहेका मैनालीले विभिन्न अनुदान पनि दिने गर्छन । यो वर्षमात्रै रक्तदानको लागि नर्वे पगेर भोलि पल्टै आफ्नो काममा फर्किए ।९) प्रेमराजा महत : मीठो गाउने, मीठै बोल्ने अनि सबैसँग मिल्ने गायक महत नेपाल सरकारकाका लागि मेरिल्याण्ड र पेन्सिल्वेनियाँ राज्यका महाबाणिज्य दूत हुन् ।१०) घनश्याम  कार्की : राम्रो जागिर, अमेरिकी राजनीतिमा सहयोगीका रुपमा आफूलाई परिचित गराएका कार्की एनईसीसी र आइएनएलएसको ‘बोट’ सभापतिमा निर्वाचित भए । उनैको प्रेरणाले मैरिल्याण्डमा एक एक उम्मेद्वार स्थानीय निर्वाचनमा उठेपनि प्रारम्भिक चरणबाटै बाहिरिनु पर्यो । साभार:नेपाल पाटी

cybernepali · Jan 16, 2015 9:48 AM · 22,626 views

16 Replies

I haven't heard 6 out of these 10 people. Who makes these lists?

funtush · Jan 16, 2015 10:50 AM

BAKWAS! Most of the people are associated/related with politics of Nepal. Have heard about maybe 3-4 out of the list. Some journalist must have written to make some of the people on the list happy. Stutigaan gayeko...

kaji sahab · Jan 16, 2015 12:30 PM

Did you forget about Prabal Gurung?????

shahi baba · Jan 16, 2015 2:48 PM

there is ONE person i m really proud of as a nepali, and he is prabal gurung.most of the people in the list are unknown to many us americans.

shiva_linga · Jan 16, 2015 3:56 PM

"Great minds discuss ideas; average minds discuss events; small minds discuss people." -Eleanor Roosevelt ------------ CyberNepali, which one is you among those charming faces, BTW?

GeetMaiJawaafDiu? · Jan 16, 2015 4:04 PM

horra tyo lok geet gaune manche bahek ma kasailai chindina

divorceguy · Jan 16, 2015 7:41 PM

Hasayo, I've only heard of the first two people. That too just once. Prabal Gurung ta bhaihalyo, tespachi, 'Dark Prince' Kaushal Niroula and Hamro Nas brother! लोल

hakim_saab · Jan 16, 2015 11:17 PM

Without my name, the list could not be complete ????

Bichitra_Kumar · Jan 17, 2015 5:43 AM

Ass kissing journalism

k_ho_mero_naam · Jan 17, 2015 7:25 AM

Here is new list. Competition for top ten race going on. hawhawhawhaw http://brtnepal.com/news.php?p...

mno · Jan 17, 2015 8:18 AM

well known. only that i don't know any of them

Power_Ranger · Jan 17, 2015 10:45 AM

could be well known pakhe/khepa list

Power_Ranger · Jan 17, 2015 10:46 AM

I really have no idea who these people are except for prem raja mahat for being a artist, but did not even have any idea what he was doing in US. But in context of making good name in US,,I think Prabal Gurung tops the list, then how about Kiran Chetry??

gwachaquarian · Jan 17, 2015 12:06 PM

He is the man Prabal Gurung. I guess he came on student visa like us and became well known in hollywood, bollywood, white house actually all over the world. Rest of them are popular just for a year. He is popular everyday every year. haw haw haw haw. यो पत्रकारहरुले सबै संग interview लिन भ्याउने तर प्रबल जी संग कसरी लिन नभ्याएको. प्रबल जी ले टाईम नै दिनु भएन होला. haw haw haw haw

mno · Jan 17, 2015 7:17 PM

For me Palmist is better than Economist. Economist never can do any thing better other than making simple thing complex and exploit there after.

paradox · Jan 17, 2015 8:10 PM

La mujee...Mero naam khai ta? .... Ma ni last famous ho ni :D :D :D ... jk I only know Prem R Mahat and Jiwan Tiwari from that list. :( I guess I gotta broaden my horizon a bit more. Last edited: 19-Jan-15 05:15 PM

Haina ho Serey · Jan 19, 2015 5:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all