बन्द कर्ताहरुको टाउको फुटाउनै पर्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रतिकारमा उत्रेका ब्यापारीले बन्दकर्ताको टाउको फुटाए  फोटो :रत्नप्रसाद आचार्य (धरानमा बन्द गराउँदै हिँडेका ३० दलीय मोर्चाका कार्यकर्ता ) झापाः बन्दको प्रतिकारमा उत्रेका व्यापारीहरुसँग भएको झडपका क्रममा मधेसी जनाधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको छ ।   झापाको चन्द्रगढीका व्यापारीहरु सोमबार बिहान बन्दको प्रतिकारमा उत्रेका बेला झडप हुँदा बन्दाकर्ता ३० दलीय मोर्चाको एउटा घटक फोरम नेपालका झापा अध्यक्ष सिन्हाको टाउको फुटेको हो ।   झडपमा सिन्हा लगायत अन्य दुईजना सामान्य घाइते भएको मधेशी जनअधिकार फोरम नेपालका उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकले बताए । उनका अनुसार घाइतेको उपचार मेची अञ्चल अस्पतालमा भइरहेको छ ।  झडपपछि अहिले चन्द्रगढी भद्रपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । चन्द्रगढीका पसलहरु बन्द भएका छन् । गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे, वालबच्चा पालण पोषको जिम्मा लिन भन्दै चर्का नारावाजीसहित व्यापारीहरु बन्दको प्रतिकारमा उत्रेका थिए ।  - See more at: http://annapurnapost.com/News....

cybernepali · Jan 13, 2015 12:46 PM · 1,560 views

1 Reply

कहिँ कतै नेपालको रास्ट्रीय झण्डा देख्नु भयो ?

magorkhe1 · Jan 13, 2015 1:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all