इतिहास जितेका पृथ्वीनारायण र हारेका हामीहरू...दिल निशानि मगर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इतिहास जितेका पृथ्वीनारायण र हारेका हामीहरू... -दिल निशानि मगर print GET NEWS ALERTS मानव इतिहासलाई मान्दिन भन्नु ‘म’ बाँदर थिइन भन्नु हो। मानव इतिहासलाई मान्नु चाँहि म बाँदर थिएँ तर, परिवर्तनको नियमले मलाइ मान्छे बनायो भनेर स्वीकार गर्नु हो। पुर्खाले सुम्पेको सिङ्गो नेपाल अनि हालको नेपाल बिखण्डिकरणको महा-अभियानको तात्पर्य के म बाँदर पनि थिइन, म मान्छे पनि कहिल्यै बन्न सकिन भन्नु हो? यदि होइन भने बाँदरको हातमा नरिवल हुनु र हाम्रो हातमा देश हुनुको भिन्नता कहाँनेर छ? नेपाल-एकिकरणको गौरवपूर्ण इतिहासबारे लेख्दै गर्दा मेरो दिमाख मुलत: दुई भागमा विभाजित हुन गयो। एउटा दिमाखको खुम्चाइ जसले त्यो महान इतिहास ओकल्दा तत्कालिन परिस्थिति ठीक उल्टो ऐनाको छाँया जस्तो देख्छ। अर्को दिमाखको कुनामा लज्जास्पद वर्तमानसँग पुर्खाको पसिना कता-कता गुमनाम जस्तो देखिन्छ। यद्दपि इतिहास भनेको कुनै इरेजर जस्तो होइन। इतिहास, स्पात पनि होइन। इतिहासलाई कसैले चाहेर पनि मेट्न सक्दैन न काट्न सक्छ। यो त झन थपिन्छ, झन निर्माण गरिन्छ। मलुक बाहिर कामायो, माहात्मा गान्धी र नेल्शन मण्डेलालाई महान पुरूष सम्झने हामी मुलुक भित्रैका पृथ्वीनारायण शाह, कालु पाण्डे तथा मरिचमान सिँहलाई बिर्सदै गएका छौ। यस्तो लाग्छ कि, नेपाली इतिहासको दस्ताबेजिकरण थपिनको लागि हुँदैन, त्यो मेटिनको लागि हुन्छ।  निर्माण गर्नको लागि हुँदैन, त्यो काटिनको लागि हुन्छ।  खै किन हो कुन्नि? हामी इतिहासबाट पाठ सिक्न चाहिरहेका छैनौ, बरू बदला लिन चाहान्छौ। आखिर यस्तो किन गरिरहेका छौ? आज पुस २७ गते आइतबार। पृथ्वीनारायण शाहको जन्म दिन। अधिकांश मानिसहरू पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको निर्माता “राष्ट्र-पिता”को रुपमा बुझेका छन्। केहि मानिसहरू चाँहि एक युद्ध अपराधि तानाशाहि भनेर आरोप लगाएका छन्। एकथरि इतिहासबिदहरू छिन्न भिन्न राज्यलाई ‘अखण्ड’ राष्ट्र बनाएको इतिहास लेख्छन्। अर्कोथरि इतिहासविद्हरू भने जातिको पहिचान खोसेर झन-झन राष्ट्र विखण्डन बनाएको किंबदन्ति लेख्छन्। यसलाई “मान्छे पट्टिका” कुराभन्दा हुन्छ। सत्य कुरा नमिठो लाग्न सक्छ, भारतको आर्थिक नाकाबन्दीमा पर्दा आफ्ना नागरिकलाई नुन बिनाको ‘अल्नो’ नबनाएका एक सच्चा, देशभक्त स्व. मरिचमान सिंहको शवलाई राष्ट्रिय सलामी अर्पण गर्न कन्जुस्याँइ गर्ने राज्यले पृथ्वीनारायण शाहको स्मृति-सभा आयोजना नगर्नु कुनै आश्चर्य भएन। यहाँ पुर्खाका शालिकहरू भत्किन्छ, स्मारकहरू तोडिन्छन्।मानौ कि नेपाल केहि दिन अगाडि मात्रै पत्ता लागेको नयाँ देश हो, यसको सीमाना पनि छैन अनि यहाँको दुःखि इतिहासमा कुनै ‘पुर्खा’ नै छैनन्। यो कुरा चाँहि आश्चर्य भयो कि भएन? आजको दिनमा पृथ्वीनारायण शाहको समझनामा शिर झुकाउँनेहरू पनि होलान्, शिर उठाउनेहरू पनि होलान। धेरे ठाँउमा मान्छे पट्टिका कुरा होलान्। कहिँकतै नागरिक तहको प्रयासबाट स्मृति-सभा आयोजना गरिएका पनि होलान्। यो कुनै बिरासत वा राजाको गुनगान होइन। इतिहासलाई भुल्न मिल्दैन भन्नु प्रतिगामि पनि हुँदैन। यहाँ वुद्ध र हिटलरका असमान इतिहासहरूलाई पूजा गरिन्छ। पृथ्वीनारायणले के पाप गरे? नेपाल-एकिकरणको महान इतिहासलाई आरोप लगाउँदै झुटको प्रचार जो भइरहेको छ, म ति आरोपको यसै लेखमार्फत खण्डन गर्दैछु। के पृथ्वीनारायण शाह साँच्चि नै युद्ध अपराधि राजा थिए? यदि हुन भने- चिनियाँ सशस्त्र क्रान्तिमा लाखौ चिनियाँ किसान, मजदुर मारिए। साँकृतिक आन्दोलनको नाममा एक हिसाबले चीन तहस-नहस नै भयो। माओ को हुन? रंगभेदि आन्दोलनमा युरोप तथा अफ्रिकामा हजारौ मानिसहरू बिनाकारण मारिए। हामिले मानव अधिकारको क्षेत्रमा महान ठानेका नेल्शन मण्डेला को हुन? बेलायतको उपनिबेशबाट छुटकारा पाउनको लागि भारतीय ‘स्वतन्त्र-संग्राम’मा थुप्रै मानिसहरू शहिद बने। माहात्मा गान्धि को हुन?  राणा, पञ्चायत, प्रजातन्त्र, १२ वर्षको आन्तरिक युद्धह अनि गणतन्त्र स्थापनाको खातिर बिभिन्न कालखण्डमा हजारौ नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्। वीपी कोइरला को हुन? प्रचण्ड को हुन? सम्बत १७१६को गोर्खा राज्य अनि बि.स. २०७१मा आइपुगेको सिङ्गो नेपाल राज्यमा बसोबास गर्ने मानिसहरूको चेतना कसरी उस्तै हुन सक्छ? सम्बत १९७२को राजा पृथ्वीनारायण शाहको सपना र आजको सपना कसरि समान हुन सक्छ? हामी त्यो अध्यारो युगलाई सम्झेर युद्धको कल्पना गर्न सक्दैनौ भने आजको उज्यालो युगमा पनि किन युद्ध छ? राज्यलाई टुक्रा-टुक्रामा रुपान्तरण गर्न किन युद्ध जारी छ? यी अन्य पात्र सबै महान अनि पृथ्वीनारायण शाह चाँहि युद्ध अपराधि? सानो दुःखले आर्जन नगरेको यो मुलुक सजिलैसँग बाँडफाड गर्न चार जात छत्तिस वर्णको फूलबारिको मालि वा मालिकलाई अलिकति पनि लाज लाग्दैन? जर्मनीका प्रा.डा. एचजी बेहरले लुकाइएको इतिहास भन्दै पृथ्वीनारायण शाहबारे थुप्रै आरोप थोपारेका छन्। त्यो आरोपको मुख्य उदेश्य नेपाल एकीकरणको अभियान एउटा तानाशाही कदम थियो तथा जातिहरूको अधिकारलाई खोसेर बिटुलो पारिएको थियो भन्ने छ। तत्कालिन बेलायति साम्राज्यबादको पन्जाबाट जोगिनको लागि पुर्खाहरूको रणनीतिक योजना र कदमलाई प्रा.डा. एचजी बेहरले स्वीकार्न चाहेनन्।  एजजी बेहरकै किताब पढेर नेपाल एकीकरण तथा पृथ्वीनारायण शाहको योगदानलाई आलोचना गरिरहेका राजेन्द्र महर्जन, आङ्काजि शेर्पा लगाएतका पहिचानवादी भनिएको जनजाति-आन्दोलनका अगुवाहरूले इतिहासलाई नमान्ने मात्र होइन कि अपब्याख्या समेत गरेको देख्दा उदेक लाग्छ। युग सुहाँउदो परिबर्तन कसैको दबाबबाट सम्भब हुँदैन, त्यो खुद आफै हुन्छ भन्ने कुराको अक्कल तिनलाई तत्काल आउन जरूरी देखिन्छ। पृथ्वीनारायण शाहलाई लगाइएका केहि आरोपहरू यहाँ उल्लेख गर्न चाहान्छु। नम्बर १. गोर्खाली आक्रमण प्रायजसो मनसुन सिजनमा भएको देखिन्छ। किनभने मनसुन सिजनमा आक्रमण गर्दा धेरै धन सम्पति लुटपाट गर्न सकिने बिश्वास गोर्खाले राखेको थियो। त्यसैले भदौ, असोज अर्थात दशैँको मुखमा आक्रमण हुने गर्थ्यो। यस्तो किसिमको लुटपाट गर्ने उद्श्यले हुने आक्रमण सम्बत १७६४ सम्म जारि रह्यो। ति कुनैपनि आक्रमण सफल हुन नसकेपछि, पृथ्वीनारायण शाहले नेपालका मल्ल राजाहरूलाई शान्ति प्रस्ताव सहितको चिठी लेखेका थिए। नम्बर २. गोर्खाली सेनालाई प्रशस्त आर्थिक तथा अत्याधुनिक हतियार उपलब्ध गराउने श्रोत बेलायत थियो। यो कुरा नेपालको मुल इतिहासबाट लुकाइएको छ। यो सम्बन्धि एक गोप्य सम्झौताको दस्ताबेज हालसम्म पनि लण्डनमा सुरक्षित छ। इस्ट इण्डिया कम्पनि “आइकव”मा राखिएको उक्त सम्झौतामा गोर्खाली प्रतिनिधि र क्यापटेन सिअनेको दस्तखत छ।जुन दस्ताबेज अनुसार बेलायती सरकारले सैन्य तथा रणनैतिक सर-सल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोर्खाले नेपालको ब्यापारिकमार्ग ध्वस्त गर्नुपर्ने सम्झौता थियो। नम्बर ३. भारतको मुगल ब्यापारिहरू नेपालको मल्ल राजासँग मिलेर ब्यापार बढाउदै थिए। बेलायती अनुमानमा झण्डै ३०% मुगल सम्पतिको मुख्य श्रोत नै उत्तरसँग रहेको ब्यापार सम्बन्ध थियो। त्यसैले बेलायतीहरू श्रोत हात लगाइ भारतीय ऊपनिवेशबाट हुने आम्दानी बढाउन चाहान्थे लण्डनमा रहेको दस्तावेजमा उल्लेख भए अनुसार पृथ्वीनारायण शाहका सेनाले ७ सय वटा काँधमा राखेर प्रहार गर्न सकिने लामो नाल भइको शक्तिशाली बन्दुक र २१ जना बेलायती सैन्य सल्लाहकारसमेर प्राप्त गरे। नम्बर ४. सम्बत १७६६मा बेलायतको हतियार तथा सैन्य समेतको सहयोगमा गोर्खाले किर्तिपुरमाथि कठिन आक्रमण गरि युद्ध जिते। किर्तिपुरले अदम्य शाहस देखाउँदा देखाउँदै पनि अत्याधुनिक हतियार सामु टिक्न सकेनन्। त्यो लडाइमा किर्तिपुरका दुई तिहाइ जनसंख्या मारिएका थिए। मारिएका सबै नेवारी समुदायका थिए हिंस्रक गोर्खाली सेनाले बिजयको उन्मादमा बाँचेका किर्तिपुरे जनताको नाक काटे। आजसम्म पनि त्यो ठाँउलाई नाक नभएको मान्छेको गाँउ भनेर चिनिन्छ। नम्बर ५. जय प्रकाश मल्लले राज्य बचाउने आशमा सम्बत १७६८मा कुमारी जात्राको भब्य पूजा गर्दै इन्द्र जात्रा धुमधामसँग मनाउँदै थिए। मानिसहरू चामलको मदिरा, जाँड पिउँदै रमझममा मस्त थिए। जात्रामा मस्त राजा र तिनको प्रजाले गोर्खाली सेना आफूहरुलाई चारै तिर घेर्न आएको थाहै पाएनन्। जब गोर्खाली सेनाले आक्रमण गर्न सुरु गर्यो तब जयप्रकाश मल्ल रथबाटै हाम फाले अनि दुई श्रीमतिसहित पाटन तिर शकुसल भागे। कोलाहल मच्चिए पछिको दिगभ्रमित राज, प्रजा तथा तिनका सेनाहरूले के गर्ने, कसो गर्ने भनेर ठम्याउँनै सकेनन्। अशान्त भीडका बिच पृथ्वीनारायण शाह अगाडि बढे र चिच्चाए-“ म तिमीहरूको राजा हुँ, जात्रा जारि राख्नु। मारिने डरका कारण आक्रान्त नेवार समुदाय झन धेरै मदिरा पिउँन थाले। नम्बर ६. सम्बत १७७८मा मुगल साम्राज्य टाट पल्टियो। तिनले बेलायतको अधिनायकत्व सजिलै स्वीकारे। यसको असर समग्र मध्य एसियामा पर्‍यो। पृथ्वीनारायण शाहलाई हतियार बनाइ त्यस क्षेत्रको सबैभन्दा पुरानो तथा चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतमा आर्थिक साम्राज्य निर्धक्क चल्यो। तिब्बतको अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित बन्यो। फलस्वरुप संकुचित तिब्बति अर्थतन्त्रले स्वाभिमानको निम्ति केबल गुम्बाहरूमा निर्भर रहनुपर्यो। यसको नकरात्मक असर तिब्तमात्र होइन उत्तरी चीनसम्म पनि बिस्तृत भएको थियो। नम्बर ७. बेलायतका जनरल अक्टरलोनिले लेखेका छन-“हामीले गोर्खाली सेनालाई कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस्।” लर्ड हेस्तिन्गले सम्बत १८१७मा उनको डायरिमा लेखेकि छन्-“नेपालमा शान्ति ल्याउन गोर्खाली सेनालाई व्यस्त राख्नुपर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा।” यो नीतिअनुसार गोर्खा भर्ती केन्द्र खोलेर गोर्खालीलाई बेलायती सेनामा राख्न थालियो। गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपाल सरकारलाई दिने गरियो, जुन नेपालको महत्वपूर्ण आम्दामी श्रोत बन्यो। गोर्खाली जवानहरू देश छाडेर बिदेशमा लड्न जान थालेपछि नेपाल भित्र तुलानात्मक रुपमा शान्ति देखिन थाल्यो, तर दरबारमा कहिल्यै शान्ति भएन। सत्यता के हो? तत्कालिन एउटा सानो गोर्खा देशमा १२ हजार घरधुरी बस्थे। अन्य विकट भुभागहरूमा मानव बस्ती नै थिएन। कुनै जात वर्गमा देखिएको देशभक्ति अनि बिरताका कारणमात्रै नेपाल एकीकरण सम्भव भएको होइन। शाह खानदानिहरू मात्रै तरबार अनि खुडाँ बोकेर लड्न हिडेका पनि होइनन्। नेपाल एकीकरणको महान अभियानमा बिभिन्न जातजाति, भाषाभाषिको निकै ठूलो भूमिका देखिन्छ। एक राजाको पहलमा सानो भु-भागबाट फैलिएको एकीकरण अभियान भुसको आगोझै नफैलिएको भए सायदै राज्य-एकीकरण सम्भब हुन्थेन। हाम्रा पुर्खाहरूमा अंग्रेज विरोधी भावना फैलिएको पाइन्छ, अनि पहाडी भेगमा आफू-आफू सबै मिलेर एउटा बलियो शक्तिशाली देशको निर्माण गर्नुपर्छ भन्ने भावना बढ्दै गएको आँकलन गर्न सकिन्छ। यो यस्तो खालको भावना केवल राज्य विस्तारसँग मात्रै जोडिएर आएको होइन। नेपालमा अंग्रेजको हालिमुहालि हुन थालेपछि काठमाडौं उपत्यकामा पनि धर्म प्रचारको नाममा इसाईहरू छिरीसकेका थिए। हाल देखिएको हिन्दु राष्ट्रबारे धार्मिक विवादको उपज यहाँनेर गाँसिएको छ। पृथ्वीनारायण शाह नेपालको राजा भएको ५ वर्ष भित्रै पूर्वी तराई,  खुम्बुवान, लिम्बुवान एकीकृत भै नेपालको सीमाना मेची नदीसम्म पुग्यो। ठूलो राज्यको राजा हुने सपना देख्नुको आशय नेपाललाई अंग्रेजको अधिनमा रहनुबाट जोगिनु थियो भनेर बुझ्न नसक्ने देशभक्त हुनै सक्दैन।  पृथ्वीनारायण शाहले खुम्बुवान र लिम्बुवानलाई खोसेको नभइ आफ्नो भुमि जोगाउनको निम्ति एकीकृत शक्तिको रुपमा सिङ्गो राष्ट्र निर्माण गरेको भनि बुझ्नुपर्छ। त्यसैको फलस्वरुप सिक्किमले पनि कब्जामा लिएको लिम्बुवानको भुभाग फिर्ता दिएको इतिहास किन लुकाउने? तत्कालिन अवस्थामा पहाडका सबै जातजातिका आ-आफ्नै देश थिए। त्यसैले जातिहरूबीच सधैजसो झैझगडा, काटमार, लुटपाटको स्थिति भइ रह्यो एक किसिमको घरेलु युद्ध नै थियो। त्यो विकास होइन कि बिनासको रुपहरू देखा पर्नथाले। कहिल्यै अन्त नहुने लडाइँले जातिय राज्यका राजाहरू थाकिसकेका थिए। मकवानपुर बिजय गर्नुअघि पृथ्वीनारायण शाहले सिन्धुलीगढीका जनतालाई हातमा लिएर त्यहाँ खस र मगरलाई मकवानपुरको सेनाबाट रोकेका थिए। उता खुम्बुवान, लिम्बुवान भने राजपूत थिएनन्। पृथ्वीनारायण शाह कालमा तिब्बतसँगको लडाईमा गोर्खाली सेनाले पूरै बिजय प्राप्त गरेको थियो। त्यसको बदलामा तिब्बतले नेपाललाई वर्षभरी ठूलो धनराशी बुझाउनु पर्थ्यो। तिब्बतले नेपाललाई धनराशी बुझाउन जंग बहादुरको पालामा छोड्यो र फेरि चीनको सहयोगमा लडाई भयो। उक्त लडाईमा तिब्बतीहरूले गोर्खालीलाई लखेटेर नुवाकोट र रसुवा जिल्लाको बेत्राबासीसम्म ल्याएको थियो। त्यो सन्धिलाई नेपालको इतिहासमा बेत्राबासीसन्धिको नामले चिनिन्छ। त्यो बेलामा नेपालले उत्तर पट्टीको ठूलो भाग गुमायो। नेपाल देशको निर्माण पृथ्वीनारायण शाहले मगर लिम्बु र खसहरूसँगै मिलेर गरेका थिए। अन्तिम किल्ला लिम्बुवान कब्जा गर्दा रघु राना युद्ध सरदार थिए। अर्को कुरा किराँत गुरुङ र नेवारलाई पछिसम्म अंग्रेजले आफ्नो चासो र खोजमा किन राखेको थियो। पृथ्वीनारायण शाहले सूचना र जिम्मेवारीको हिसाबले मगरलाईनै बढी प्रयोग गरेको तत्कालिन गुप्तचरको आत्म वृतान्तमा उल्लेख छ। यसकारण नेपाल एकीकरणको अभियानमा सबै जातजाति र भाषाभाषिको उत्तिकै सहभागिता देखिन्छ। पृथ्वीनारायण शाहले आफ्नो कुल देवता भनेर मनकामना मन्दिरमा मगर पुजारी नै राखेका थिए। मगरहरू आफै धेरै जाने हुदा वा कसैको उक्साहटमा आफूलाई जनजाति भनेका हुन। यति हुँदाहुँदै पनि नेपालका पुर्खाले नेपाललाई चार जात छत्तिस वर्णको फूलबारी भनेर मिलेर बस्नुको बिकल्प भएको सन्देश दिए। हालको नेपाली राजनीति यही सन्देशको बिपरितमा सबै जातिहरूलाई पहिचान दिने भन्दै खण्ड-खण्ड बनाइँदैछ। नागरिकलाई रोजगार दिने हो कि राज्य? विकाश दिने हो कि बिखण्डन? पृथ्वीनारायण शाहका ससुरा दयाराम सिंह गोरखपुरका ठूला जमिनदार (राजपुत) थिए। त्यहाँबाट उनले भारतको राजनीतिक अवस्था बुझेका थिए। उनी त्यहाँबाट सबै पहाडी टुक्रे देशहरू र मधेशका देशहरू एक जुट हुनुको बिकल्प नभएको सन्देश लिएर फर्केका थिए। त्यसको सोझो असर हिमाल मुनिका टुक्रे देशहरूमा पर्ने नै भयो।  यस भेगमा पनि राजा र व्यापारीहरू अंग्रेजका बिपक्षमा बाँडिए। त्यसैले नेपाल एकीकरण कुनै एक खास जातिको चाहनाका कारण सम्पन्न भएको थिएन सम्पूर्ण जात-जातिहरूको उत्तिकै सहभागिता थियो। इतिहास जितेका पृथ्वीनारायण र बर्तमान हारेका हामीहरू १८ औं शताब्दिमा आइपुग्दा हालको नेपालमा करिब ५२ ओटाभन्दा बढी राज्यहरू भए। बि.स. १६१६मा लमजुङका राजकुमार द्रब्य शाहले खडा गरेको गोर्खा राज्य नेपालको कान्छो राज्य थियो। त्यही कान्छो राज्यमा राजा नरभुपाल शाहको छोराको रुपमा बि.स. १८०१ पुष १७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो। बि.स. १७९९ चैत १५ गते बाबु नरभुपाल शाहको निधन भएपछि गोर्खाको गद्दीमा पृथ्वीनारायण शाह बसे। गद्दीमा बसे लगत्तै उनले नेपाल एकीकरणको अभियान सुरु गरे। अन्ततः बि.स. १८०११ असोज १५ गते नुवाकोट हमला गरी बिजय प्राप्त गरी एकीकरणको मुख्य ढोका खोलिदिए। यस लडाइमा जर्मनीका प्रा.डा. एचजी बेहरले लुकाइएको इतिहास भन्दै नानाथरि आरोप लगाए जस्तो कुनै पनि संकेत फेला पार्न सकिँदैन। न त बेलायत सरकारको अत्याधुनिक हतियार नै प्रयोग भएको देखिन्छ, न त कुनै सैन्य सल्लाहाकारको कुनै त्यस्तो कुटिल रणनीति नै देखिन्छ। गोर्खालीको बिरताको इतिहासलाई गुमनाम बनाउनको प्रायोजनका लागि ती सबै झुटका खेती हुन्। त्यो लडाइ नेपाल एकीकरणको लागि मौलिक ढंङ्गको लडाइ थियो। अंग्रेजहरूसँग हाम्रा पुर्खाहरू सचेत सम्बन्ध बढाइ रहेको तथा नेपालमा बैदेशिक हस्तक्षेप हुन नदिइएको अबस्थामा हतियार तथा सैन्य सहयोग समेत बेलायत सरकारले उपलब्ध गराएको भन्ने आरोप एक कुटिल किम्बदन्तीमात्र होइन हाँस्यास्पद पनि हो। आफ्नो निहित स्वार्थ प्राप्तिको अहोरात्र लगानीलाई उपलब्धिमुलक बनाउन सत्य इतिहासलाई झुटको जालमा अल्झाउन खोज्नेहरू यो स्वाधिन मुलुकका निम्ति केवल नव-दास हुन्।  ५२ वटा राज्यलाई पृथ्वीनारायणले एकीकरण गरि एक नेपाल बनाए। दुनियाँका ठूला-साना राष्ट्रहरूको माझमा मुलतः हामी स्वाधिन राष्ट्र वा कसैको अधिनायकत्वमा नबसेको राष्ट्र बन्यौं। छिमेकि देश बिशाल भारतलेसमेत राजनीतिक हस्तक्षेप बाहेक नेपाललाईनै उसको नक्सा भित्र कैद गर्नेगरि हालसम्म पनि कदम चाल्न सकेको छैन बरू हामी असमान सुगौली सन्धिको पुनरावलोकन वा खारेजी हुनु पर्छ भनिरहेका छौ। हामी यति धेरै स्वाधिन राष्ट्र बन्नुमा हाम्रा पुर्खाको आँशु, पसिना अनि रगत बगेका कारण हो कि होइन? अहिले नेपाल संकर्मणकालमा छ संविधानसभाको सपना निकै लामो भयो यद्दपी पूरा हुन सकेको छैन। राज्यको मुल कानुनको अभाव भइरहेको हाम्रो मुलुक दिन प्रतिदिन संकट र द्वन्दतर्फ धकेलिएको छ। यस्को मुख्य कारण यही छ कि-राज्यको पुनरसंरचना त्यो पनि जातीय आधारमा वा अझ यसो भनौ नेपाल एकीकरण हुनुभन्दा पूर्वको सामाजिक संरचनामा कतिपय राजनीतिक दलका नेताहरू फर्कन चाहान्छन्। यो सांकेतिक रुपमा नेपाल एकीकरण ठीक थिएन भन्नु नै हो। जाति र पहिचानभन्दा राष्ट्र त राष्ट्रियता ठूलो छैन भन्नु नै हो। त्यसकारण हामीसँग पृथ्वीनारायणले जितेको इतिहास छ र हामीसंग हारेको इतिहास हुनेछ। वि.सं. १८३१माघ १ गते नुवाकोटमा पृथ्वीनारायण शाहको मृत्यु हुँदा उनका भाइ महोद्दाम कीर्ति शाह कास्कीका राजा सिद्धिनारायण शाहसँग मिली गोरखा राज्यको विरुद्धमा सन्धिपत्र गर्दै थिए। भाइहरू सँगको विरोध मुख्यतया राज्य विभाजन नगर्ने पृथ्वीनारायण शाहको अडान नै थियो। उनी अत्यन्त दुःखपूर्वक आफूले खडा गरेको राज्यलाई विखण्डनमा पुगेको देख्न चाहँदैनथे। त्यसैले जबसम्म नेपालको अस्तित्व अखण्ड रहिरहन्छ, तबसम्म पृथ्वीनारायण शाह स्मरणीय रहिरहनेछ। अन्तमा: अहिले मुलुक एकीकरणको ठीक बिपरित बिखण्डिकरणको दिशामा अगाडि बढिरहेको छ। पृथ्वी सानो भएर एकै ठाँउ खुम्चिइरहेको बेला प्राचिन जातीय राज्यहरूको आधारमा नयाँ नेपालको सपना देखाइएको छ। अनि एकीकरणलाई एउटा एतिहासिक अपराध जस्तो गरेर चारैतिरबाट आलोचना तथा घेराबन्दी गर्ने काम भइरहेको पाइन्छ। यसले ढिलोचाँडो हामी बिचको भाइचारा, देश प्रेम तथा भौगोलिक एकताको शान,मान र मायालाई टुटाउने निश्चित प्रायः छ। त्यसकारण देशलाई बिखण्डन गर्नुपूर्व कम्तिमा पनि दश पटक सोचौ। चेतना भया!

_____ · Jan 11, 2015 8:16 AM · 14,751 views

9 Replies

It is a massive shame for the nation(or politicians?) to axe the national holiday on the birthday of Prithvi Narayan Shah.Shah,who was a harbinger of change for a germinating Nepal and who,venture out in a mission to gather all flowery states which were scattered wildly in various landscape at that time,while successfully creating a beautiful garland from them at last,is now almost consign to oblivion.The country seems to forgot its first-King who was permeated with fearlessness,prowess and who gave a perception of bravery and unification to all his citizens. At a time,when country has become like a fragile tree,its politicians and freeloaders acting like wood cutters,chopping it from all directions to get their portion or province of share,his knowledge and character is ever more precious.Nepali people have seen and heard it all:from his time to Rana time-- Bhimsen thapa,Jung Bahadur,Dev Shumsher,Juddha Shamsher,Chandra Shumsher and all with their loot to sparkling BP and from BP to Tribhuwan and subsequently to Mahendra and then to unlucky and sober Birendra and then again to the flux of culprits and rebels,cheating nation in each turn,Prachanda,Baburam,gang of mafias from Madhesh( oah!..its not Madhesh,its Terai!!),Gacchedar,Yadav and Tripathi,Baidya and newly reincarnated Biplav,the family business of Koirala,drama-queen Sujata and now santa-looking Sushil,sitting comfortably in Baluwatar,Prithvi Narayan sits on the top of all these trouble-makers,yet people are happy to adore and follow anyone who can fool them with their words and false promises. PN Shah expounded the power of unification,invented harmony in multifariousness,exhibited never-heard bravery to perpetrators,bring forth rule and law for common good,gave a sense of identity to then unidentified people,gave a country!.And now after many many years,in the same land,we witness a comic rule and system,indifferent to any thing good,forgetting our roots and vying for oblivion,missing it all!.Funny,the most important discussions in present time among all involved,is the question of how to divide nation and in what number: Should the Magars rule the Haleshi area or should the Bhatts gets all in the Far-West?,should Gacchedar and Yadav take hold of the south side for their own profit or should Kirat make their own fend to bar the whole Kanchanjanga region and what about Kathmandu at last;does it belong to Newars or to all who migrated there over years?.The Con-gressi have came up with 7 provinces to wound it while Eh-Malee have 6 in mind,not forgetting the Maoist who are still primitive and demand the land as per caste which can slice it in 10 and the Terai outfit who like to make their own Kingdom out there! Baah!...how many would you like?.

Alias_ · Jan 12, 2015 1:22 AM

Was Prithvi Narayan Shah clever to a point that he should rather be called cunning? I think so. Did he betray many who stood loyal to him? I have heard so. Did he cause atrocities to kingdoms that he won? I have read so. Does that take away from the fact that HE was the reason we identify ourselves as Nepali? I claim NO. Many fought for the war, many were sacrificed, but had it not been Prithvi Naryan Shah, we wouldn't have the country whose history we are attempting to change. Did Napoleon always fought it fair? Was Genghis Khan fair in the game of war? Was Alexander the great's every action justifiable morally? No, No and No. Times were different and when you are talking about war, rules are different. Heck, read the history of America's founding fathers. Thomas Jefferson was a slave owner. Many presidents after him didn't believe every man was equal, crimes were committed. Bottom line is, Prtihvi Naryan Shah was no saint. Our history books portray him as the shining hero who always did good things - he was mere a mortal, a human with many fallacies. But don't deny us from the history that Nepal exists because the effort of our forefathers. I can't give all the credits to Prithvi Naryan Shah, but I have to say he sure has one of the biggest hand behind whey our identity exists at this time.

Kiddo · Jan 12, 2015 12:18 PM

These blind sheeps forget that if there was no Prithibi Narayan they would probably be singing Jana Mana Gana today. Yet for personal gain these fugging schemers don't seem to stop at anything. IF YOU KEEP REWRITING OUR NEPALI HISTORY PRETTY SOON WE WILL BE WIPING OUR IDENTITY AS NEPALI TOO.

BathroomCoffee · Jan 12, 2015 1:14 PM

nice article by -दिल निशानि मगर . thank you

manpau · Jan 12, 2015 1:40 PM

Trying to wipe out our history, the path we took to get to present, will only get us lost as we will have changed and erased our point of reference so many times that we will not know where to head. These politicians are clue-less. Not one of them is well-educated and seem to have common-sense, and they are writing the future for us and our country.

hurray · Jan 13, 2015 1:53 AM

बेहर न कुनै प्रख्यात इतिहासकार हो न कुनै कहलिएको विद्वान नै मेडिसिन र सैकोलोजी पढेर डाक्टर को रुप मा आफ्नो प्राक्टिस असफल भएपछी भौतारिदै मानसिक शान्ति खोज्न पूर्व तिर हानिएको मान्छे हो भारत, नेपाल सस्तो , अझ नेपाल मा त सित्तै मा गाजा खान पाइने हिप्पी युग मा नेपाल आएको मान्छे हो. हिप्पी युग मा यूरोपिएन हरु तेस्तै काम को लागि नेपाल आउथे ऑस्ट्रियन हो त्यो मान्छे जर्मन होइन , जर्मन मा पढेको र मेडिसिन प्राक्टिस गरेको मात्र हो , २७-२८ वर्ष को उमेर मा आफ्नो मेडिकल प्राक्टिस नचलेपछि कम पैसा मा मोज गर्न , मुक्ति पाउन नेपाल छिरेको बेक्ती हो . उसले १६ वर्ष को उमेर देखि गाजा खान थालेको उसै ले स्वीकार गरेको छ , र ४२ वर्ष सम्म लगातार गाजा खान्थ्यो . २८-३० वर्ष उमेर को, गाजा को लत लागेको मान्छे उसको मेडिसिन को प्राक्टिस चलेको भए नेपाल भारत किन भौतारिन आउथ्यो त्यो पनि हिप्पी युग मा? सबै ले बुझ्ने कुरा हो उसले दिएको अन्तरबार्ता मा उसको अमेरिका र ब्रिटेन प्रति को रोष प्रस्टै झल्किन्छ दुतिये बिस्वो युध्ह मा हिटलर ले नेपाल लाई आफ्नो पक्ष्य मा पर्न राणा प्रधान मन्त्रि लाई बेन्ज कार उपहार दिएको त सबै लाई थाहा छ नेपाल ले ब्रिटेन को सट्टा जर्मन को पक्ष्ये लागेको भए के हुन्थ्यो थाहा छैन, खस सासक हरुले जर्मन लाई सहयोग नगरिकन बिपक्ष्ये मा लडेको मा रिस थियो कि उसलाई ? तेसै भएर नेपाल मा खस सासक र अन्य जात जाति बीच बैमनस्येता फैलाउन लेखेको पनि हुन सक्छ. खस सासक हरुले हिटलर लाई सहयोग नगरेको झोक मा आफ्नो पेशा मा असफल गजडी ले कुनै प्रमाण को भर मा लेखेको इथिहास कत्ति को भरपर्दो हुन्छ ? सोच्न पर्छ कि पर्दैन ? .किताब जसले लेखेको पढे पनि केहि छैन तर तेस्तो किताब को भर मा देश मा द्वेस फैलाउन खोज्ने लाई के भन्ने ? अझ तेस्तो किताब लाई मुख्य आधार मानेर  लेख लेख्ने बुध्हिजीबी भनिने स्थिति लाई के भन्ने ? अनी तेस्त लेख देश को मुख्य पत्रिका मा प्रकासित हुन पाउने स्थिति लाई के भन्ने ? Last edited: 13-Jan-15 11:30 AM

_____ · Jan 13, 2015 10:04 AM

दिल निशानी मगर जी पनि झुक्किन भयो ,हुन त यो इतिहासकार का पिछलग्गु हरु तेस्तै लेख्छन, तेसै ले पंनी होला बास्तब मा बेहर कुनै प्राध्यापक होइनन तेसकारण उनको नाम को अगाडी प्रा.लेख्न जरुरि छैन , पिछलग्गु हरुले प्रा लेखेर उसलाई ठुलो देखौन खोजेको होला साएद दोस्रो यो बेक्ती कुनै पी एच डी डाक्टर पनि होइन मेडिसिन को डाक्टर हो , इतिहास भन्दा उसलाई गाजा मा बढी जानकारी छ अब येस्ता बेक्ती ले लेखेको कुरा लाई आधार मानेर नेपाल को इतिहास दोहारयेर लेख्न खोज्ने पहिचान बादी बुध्हिजीबी हरु लै के भन्ने ?

_____ · Jan 13, 2015 10:42 AM

_____ · Jan 13, 2015 11:04 AM

Your postings make sense all of a sudden.

Kiddo · Jan 13, 2015 11:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all