वाह! डलर मोह ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

( लघुकथा )"वाह! डलर मोह ।" पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइेट ड्युटी जानलाइे तयार थिइेन् । उन्को मन पनि धर्मर थियो,ड्युटी जानलाइे किनकी यता उस्का ३ बर्षको छोरा अलिक बिसन्चो भएर निन्याउँरो मुख लगाइे रहेको थियो ।  सधैं बेफिक्रिसाथ खेलिरहने छोरा त्यो साँझ भने अँध्यारो मुख लगाएर आमाकै काख खोजिरहेथ्यो । त्यो बालकको त्यस्तो हालत देखेर त्यही घरमा आएको पाहुनाले भन्यो ।  "पारु छोराको यस्तो हालत देखी,देखी कसरी छाडेर रातभरी काम गर्छौ ? नगए हुन्न आज? आजको तिम्रो काम भन्दा छोराको स्वास्थ्य नै ठुलो होइेन र ? माया मार आजको कमाइेलाई....../"  उक्त वाक्यहरु सुन्नसाथ पारुले झट्ट जवाफ दिइेन् । "यो खटाइे र दु:ख नै त,उनिहरुको भविष्यकोलागी हो । मैले रातभरी खटिनुको कारण नै उनिहरुलाइे पछीलाइे जगेडा गर्नलाइे हो । काम माया मारेर कहाँ हुन्छ? डलरको पो कुरा छ त?"  पारुको यो जवाफ सुनेर उक्त पाहुना मौन बनेर मन मनै सोँच्न थाल्यो।  वाह!डलर मोह। जतिबेला बालकलाइे आफ्नी आमाको न्यानो काख र स्पर्षको खाँचो हुन्छ,त्यो बेला नै उक्त बालकले आमाको न्यानोपनबाट बन्चित हुनुपर्छ र बिसन्चो हुँदा पनि आमाको थप्थपाइे र न्यानो काख पाउँदैन भने,भविष्यको त्यो जगेडा के काम ?  पाहुना यही सोँच्नमा मग्न थियो । पारु बाहिरिएको छनकले एक्कासी बालक रोयो । पाहुनाको सोंच बालकको रुवाइेले चक्नाचुर भयो । मार्च/ २०/ २०११   http://acharyaprabha.blogspot....

cybernepali · Jan 7, 2015 2:41 PM · 1,809 views

1 Reply

Dallar मोह हैन जागिर भय पो थियो होला उनको मनमा ? कुरा बिचारणिय छ : यदि पाहुना हिजै मात्र नेपाल बात भित्रिनु भएको भए वहाको सोचाइ र पारोको बस्तुस्थिति संग तालमेल खादैन (कल्पनाको र भोगिने अमेरिका दुई ध्रुबिय कुरा हुन् ) | नेपालको जस्तो जहा जतिखेर मन चायो बिदा लियो कहा हुन्छ र ? : स्थायी जागिर भएको खण्डमा न मरुन्जेल पक्का हुने हो र ? आजको आम्दानि माया मार्ने भन्दा पनि कहिँ जागिरकै माया मार्नु पर्ने भय त थिएन पारुको दिमागमा ? कुनचाई आमा को मन तेती कठोर होला ?  Last edited: 13-Jan-15 10:11 AM

magorkhe1 · Jan 12, 2015 3:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all