....र म दोषी भए !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामीलाई त आकाशले बाँधेको रै'छ.... सानु, त्यसैले त निस्फिक्री बराल्लिरहेकाछौ....... बादलका भुवासरि..... गन्तब्यहिन हिऊका थोप्ला झैँ रुमल्लिरहेकाछौ तल झर्न र बिलिन हुन ! मैले अस्तित्वको प्रश्न गरेको छैन | आफैले आफुलाई यत्रो बोझ तेर्स्याएर अनन्य कसरी गरूँ... तर पनि यो सहयात्रामा .... सहभागी तिमी अभागी बनी ...दुख मात्र पायौ.... म बन्देजको विरुद्ध...... स्वतन्त्रताको खोक्रो आशमा हिंडेको मान्छे जीवनको नयाँ आयामलाई आत्मसाथ गर्न असफल भएँ, जुनकिरी जस्तै चम्केला भने सोचेको जीवन बुढो खहरे बनी सुकेर गयो.... तिमी खहरेले बगाएर ल्याएको ढुंगा भयौ .... म बालुवा बनेर हावामा उडे ! ........अनि फेरी प्रश्नकर्ताहरुसंग डराउछु म ती तिम्रै साइड लिएर मलाई घोचछन् तिमी मुकदर्शक बनेर बस्छौ.... म दोष स्वीकार्छु... आफुलाई धिक्कार्छु .. तिमी कति सजिलै माफी दिएर महान बन्छौ म दोषी बनेर उन्मुक्त हुन्छु .. अनि  सोच्छु  मेरो सहयात्रामा .... सहभागी तिमी अभागी बनी .....दुख मात्र पायौ... ....र म दोषी भए ! Last edited: 07-Jan-15 10:02 PM

jhaukiri · Jan 7, 2015 12:35 AM · 17,800 views

3 Replies

धेरै पछि झुल्किनु भो नि झ्याउकिरी जि   ..... तर कविता किन सबैका प्राय: निराशाले भरिएको हुन्छ ... जति पढ्छु दु:ख दर्द र निराशा अनि पिडाको अनुभूतिलाइ नयाँ आवरणले ढाकेर नयाँ ढांचामा पोखिएको हुन्छ ..... आशावादी किन हुदैन धेरै कविता ..... आजकालको कविता ...... हुन त हरि दाइले भनेको 'आँशु हाँसो भन्दा जेठो रे ' तेसैले जेठाले पालेका होलान सबलाई ...... माथिको कविता राम्रो लाग्यो है फेरी... अन्यथा नलिनुस ... - थाने Last edited: 07-Jan-15 09:17 AM

ThahaChaena · Jan 7, 2015 9:16 AM

लेख्नुको रमाइलो साथी, दु:ख,पिडा,रोदन,क्रोदन सबलाई शब्दमा फाल्द्यो र् हल्कापनको खोजी !!

jhaukiri · Jan 7, 2015 10:07 PM

malai dukha ani pida lai malam lagaune madhyam jasto lagcha kabita.... ramro lekhu bhako cha lekhdai garnu,,,,,

nostatus nolove · Mar 29, 2015 6:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all