पौष २३ ,डिसी विजय थापा गत जनवरी ३ तारिख अमेरिकाको सन् फ्रान्सिस्कोमा नेपाली समुदायले स्थापना गरेका नेपाल एसोसिएसन अफ ग्लोबल कर्पोरेसन तथा वेस्ट अमेरिका नेपाली एसोसिएसनले सयुक्त रुपमा आयोजना गरेको अधिवेसनमा महिला अधिकारकर्मी तथा समाज सेवी डा बिष्णुमाया परियार तथा पूर्व मन्त्रि बल बहादुर केसीलाई सयुक्त रुपमा सम्मान गरेको छ l समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी डा बिष्णुमाया परियारलाई उनले दलित समुदायमा खेलको अहम भूमिकाको उच्च कदर गर्दै "उत्पीडित रक्षक पुरस्कार -२०१४ "द्वारा सम्मान गरिएको छ l डा परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त "पाइन् मानोर कलेज"ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो l समाजसेवी बिष्णुमाया परियारद्वारा बोस्टन शहरमा एक दशक भन्दा अगाडी स्थापना भएको सामाजिक संस्था "एड्वन" र आफैले नेपालमा सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था "एड्वन "मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गरेकी छिन् l यसै गरि प्रजातन्त्र प्रति लामो समय सम्म निष्ठावान रहेका पूर्व मन्त्री बल बहादुर केसीलाई प्रजातन्त्रका रक्षक पुरस्कार -२०१४ द्वारा सम्मान गरिएको छ l बल बहादुर केसीको बहुदलिय व्यवस्था पछिको पहिलो आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका केसीले त्यसपछिका मध्यावधि निर्वाचन २०५१ र २०५६ सालमा समेत सोलुखुम्बुबाट लगातार जीत हासिल गरेका थिए l केसी २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री, २०५६ सालमा आवास तथा भौतिक योजना मन्त्री, सामान्य प्रशासन र श्रम मन्त्री तथा २०५८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका थिए l २०४९ सालदेखि हालसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा रहँदै आएका छन् l
mahoday · Jan 6, 2015 7:15 PM · 6,635 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion