एमालेका बाहुन नेता जनजातिका ज्वाइँ ! अन्तरजातीय विवाहले जातीय सदभाव बढाउने दाबी २०७१ पुष १८ गते १३:५७ मा प्रकाशित १८ पुस, काठमाडौं । आदिवासी जनजाति आन्दोलनमा लागेकाहरुले एमालेका शीर्षनेतालाई ‘जनजाति विरोधी’को आरोप लगाउने गरेका छन् । तर, आरोप लगाउने कतिपयलाई थाहा नहुन सक्छ, एमालेका अधिकांश शीर्षनेताहरु जातले बाहुन भए पनि आदिवासी जनजातिकै ज्वाइँ चेला हुन् । यसलाई अनौठो संयोग नै मान्नुपर्दछ, ‘पहिचान विरोधी’ आरोप खेपिरहेका एमालेका शीर्ष नेताहरुको जस्तो समावेशी परिवार अरु पार्टीमा कमै छ । एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमसहित २२ सदस्यीय स्थायी समितिमा करीव आधाजति बाहुन नेताहरु आदिवासी-जनजातिका ज्वाइँ चेला हुन् । एमालेको सर्वोच्च कार्यकारी निकाय स्थायी कमिटीमा ८ जना नेता आदिवासी जनजातिका ज्वाइँ छन् । सायद अरु कुनै पनि ठूला पार्टीमा जनजातिका ज्वाइँ नेताहरुको यति ठूलो संख्या छैन । एमाले अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल तीनैजना नेवारका ज्वाइँ हुन् । अझ काठमाडौं, भक्तपुर र ललितपुरका रैथाने नेवार यी नेताका ससुराली हुन् । ओलीपत्नी राधिका शाक्य राष्ट्रिय वाणिज्य बैंककी कर्मचारी हुन् । खनाल पत्नी रविलक्ष्मी चित्रकार प्राध्यापक हुन् भने पोखरेल पत्नी मीरा ध्वजू एमाले सभासद तथा महिला नेतृ हुन् । त्यसो त एमालेका बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम पनि आदिवासी जनजातिका ज्वाइँ हुन् । उनको ससुराली मगर हुन् । वामदेव पत्नी तुलसा थापामगर एमालेनिकट महिला संघलगायत पार्टी राजनीति र सामाजिक काममा क्रियाशील छिन् । एमालेका १५ जना पदाधिकारीमध्ये सचिव गोकर्ण विष्ट पनि आदिवासी जनजाति नेवार समुदायका ज्वाइँ हुन् । उनकी पत्नी प्रतिमा श्रेष्ठ त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्छिन् । त्यस्तै स्थायी समिति सदस्यहरु अमृत बोहोरा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे पनि आदिवासी जनजातिका ज्वाइँ हुन् । बोहोरा पत्नी अष्टलक्ष्मी शाक्य पार्टी उपाध्यक्ष हुन् । त्यस्तै पोखरेल पत्नी सुजिता शाक्य पनि एमाले केन्द्रीय सदस्य हुन् । पाण्डे पत्नी पूर्णशोभा चित्रकार भने बारुदी सुरुङ विरुद्धको अभियान नामक गैरसरकारी संस्था चलाउँछिन् । ओली पत्नी राधिका र गोकर्ण पत्नी प्रतिमा बाहेक अन्य नेताका पत्नीहरु कुनै न कनै रुपमा पार्टी काममै क्रियाशील छन् । राधिका र प्रतिमा पनि पार्टीका संगठित सदस्य हुन् । स्थायी समितिकै आकांक्षी एमालेका प्रभावशाली नेता प्रदीप नेपाल पनि आदिवासी जनजाति याख्खा समुदायका ज्वाइँ हुन् । उनकी पत्नी झुमा देवान निजी स्कूल चलाउँछिन् । भूमिगत कालमा पार्टी कामकै सिलसिलामा बिहे भएकाले गर्दा अधिकांश नेतापत्नीहरु राजनीतिक रुपमा सचेत छन् । त्यसो भए पहिचानसहितको संघीयताका बारेमा जनजाति पत्नीले बाहुन पतिसँग फरक मत राखेको देखिँदैन । एमाले नेतृ तथा सभासद मीरा ध्वजु भन्छिन्- ‘पार्टीको निर्णय नै हामी सबै सदस्यहरुको निर्णय हो, यसमा पति पत्नी, जातभातको कुरै छैन ।’ एकल जातीय पहिचानसहितको संघीयतालाई जनताले नै अस्वीकार गरिसकेको भन्दै एमालेभित्र रहेका जनजाति र गैरजनजाति नेता कार्यकर्ता सबैको एउटै मत रहेको सुजिता शाक्यको दाबी छ । जातीय विभेद, सामाजिक उत्पीडन र पहिचान स्थापित गर्ने कुरा हरेक जातका नाममा राज्य बाँडेर होइन, अन्तरजातीय विहेबाट अन्तरघुलन हुने जनजातिका छोरी-ज्वाइँ एमाले नेताहरु बताउँछन् । अनेरास्ववियुका पूर्वअध्यक्ष तथा प्रभावशाली पोलिटब्यूरो सदस्य अरुण नेपाल पनि जनजातिकै ज्वाइँ हुन् । उनकी पत्नी सम्झना श्रेष्ठ गैरसरकारी संस्थामा क्रियाशील छिन् । खस आर्यका ज्वाइँ र बुहारी एमालेका बाहुन नेताले जनजाति ससुराली बनाएजस्तै जनजाति नेताहरुले बाहुन क्षेत्रीसँग नाता गाँस्ने क्रम पनि बढेको छ । एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्षद्धय राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीले खस आर्यसँग पनि अन्तरजातीय बिहे गरेका छन् । राई पत्नी शोभा पाठक अखिल राजनीतिमा थिइन् । झाँक्री पति पशुपति पुरी हाल भक्तपुर जिल्ला विकास समतिका स्थानीय विकास अधिकारी छन् । त्यस्तै पोलिटब्यूरो सदस्यद्धय लालबाबु पण्डित र वंशीधर मिश्रका ससुराली पहाडे बाहुन हुन् । अन्तरजातीय विवाहले जातीय सदभाव बढाउने दाबी एमालेमा अन्तरजातीय बिहे गर्ने नेता कार्यकर्ताहरुको ठूलो पंक्ति छ । उनीहरु अन्तरजातीय बिहेबाट एक अर्काे जातिप्रति सम्मान र सद्भाव बढ्ने दाबी गर्छन् । तर, जातीय राज्य चाहिँ हुँदैन भन्नेमा सबै दम्पती एक मत छन् । नेताहरुको घरजस्तै पार्टीलाई पनि समावेशी बनाउन एमालेले विधानमै व्यवस्था गरेर जनजाति, मधेसी र सीमान्तकृत समुदायको प्रतिनिधित्व बढाएको छ । पछिल्लोपटक स्थायी कमटी गठनमा समेत उसले समावेशी अनुहार थपेको छ । तर, राज्य पुनसंरचनामा भने उसले आदिवासी जनजाति अगुवाहरुले भनेजस्तो एकल जातीय पहिचान स्वीकार गर्न मानेको छैन । एमाले पोलिटब्यूरो सदस्य शेरधन राई एमालेले बहुजातीय पहिचान स्वीकार गर्ने तर, केही आदिवासी अगुवाले भनेजस्तो पहिचान स्वीकार नगर्ने बताउँछन् । संयोग नै मान्नुपर्छ, यसो भन्ने सभासद एवं जनजाति नेता राई अहिलेसम्म अविवाहित छन् । सायद उनी पनि अन्तरजातीय विहेको लाइनमा छन् कि ? - See more at: http://www.onlinekhabar.com/20...
_____ · Jan 2, 2015 8:15 AM · 2,719 views
The dictionary definition of a “janjati” is a “jungle tribe living on wild fruits and plant roots,” one that is “totally cutoff from the development rocess”. Normal 0 false false false EN-US X-NONE X-NONE Discrimination does not equal to a discrimination based on who is “Aadivas/Janajati” and who is not. Unlike other Hill tribes of Nepal, Newars have never, will never, fit into the “Aadivas/Janajati” thing neatly. हैन मैले बुझ्न नसकेको कुरा चाहि : बाहुन र छेत्री बाहेक सबै ( chitrakar , thapa magar etc ) जनजाति ?? Heading should be intercast marriage not Janjati. Last edited: 03-Jan-15 08:30 PM
magorkhe1 · Jan 2, 2015 4:12 PM
मगोर्खे जस्तो बुजुर्क मान्छेले के भन्नु भएको \ दलित भनेर तथाकथित पानि नचल्ने जात भन्नु भएको होला \ सुनुवार दनुवार त तेस्तो मा पर्दैन नि \ अनि थर त कसैको पनि पेवा होइन नि ब्रो, हिन्दु ब्रनाश्रम अनुशारकै कुरो गर्दा पनि "मेरो नाम राम पौडेल भनेर कसैले भन्यो भने , चौतारामा बसेका बुढा बा ले , अनि बाबुको जात के नि भनेर सोध्लान | अनि झुटो नबोल्ने केटाले बाहुन/छेत्री/कामी/दमै/सार्की आदि भन्ला " आफु त परिस्कृत बर्नाश्रममा विश्वास गर्ने वाला परियो, तेसैले आफै पनि कुन जातको परिवारमा जन्मियो बिर्सने कोशिस गर्दै छु \ अनि अरु पनि कर्मले ब्राम्हण बन्न कोसिश गरेका मान्छे प्रति सद्भाव र सम्मान उर्लेर आउछ | तेस्तो बेलामा कसको last name के छ भनेर केहि मतलब हुन्न \ original article को बारेमा चै : यो अन्तर जातीय बिबाह जातीय विभेद अन्त्य गर्ने एउटा उस्कृत मध्यम हो जस्तो लाग्छ \ तर एसको मात्र भर पर्दा यो काम गर्न अझै १०० वर्ष लाग्छ होला \
nepalilaure · Jan 2, 2015 6:39 PM
sabai bahun keta haru lai kasto janjati keti haru man apreko ho kuni, horny baje haru
divorceguy · Jan 2, 2015 7:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion