१ -आफ्नो कामको मूल्याङ्कन भएन भनेर रुँदै हिड्ने छैन । काममै आनन्द खोज्नेछु । २- मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । समयलाई आफ्नो बनाउनेछु । ३- अतित जति सुन्दर, बर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन । ४- आफ्नो गल्ति नस्विकारेर, त्यसैलाई मलजल गर्न अनेक कुर्तक गर्दे हिँड्ने छैन । ५- आफूलाई मात्र महत्वपूर्ण काम लिएर धर्तिमा आएको ठान्नेछैन, अरु पनि महत्वपूर्ण काम लिएरै आएका हुन् भन्ठान्नेछु । ६- गल्ति औल्याउने सबै शत्रु हुँदैनन् र प्रसंसा गर्ने जति सबै मित्रु हुँदैनन्, बुझ्नेछु । ७- नयाँ बाटो हिँड्नलाई नयाँ जुत्ता कुरेर बस्नेछैन । कतिले खाली खुट्टा नै अनेक उकालीओराली हिँडेका छन्, बुझ्नेछु । ८ -सबैले बलेको आगो ताप्छन् भनेर दुखी हुनेछैन । कहिलेकाही दोष चाँडै निभ्नेको पनि हुन्छ । त्यसैले सधैँ बलिरहने कोसिस गर्नेछु । ९- मेरा कुरा कसैले बुझेनन् भनेर आक्रोशित हुनेछैन । आखिर किन बुझेनन् ? गम्भिर सोच्नेछु । १० -अघिपछि ठट्टा गरेपनि कामलाई गम्भिरतापर्वूक गर्नेछु । तर, अघिपछि गम्भिर भएर कामलाई ठट्टा गर्ने छैन । ११ -यो धर्तिको अन्तिम सत्य नै मै हु र म बिना यो धर्ति चल्ने छैन, भनेर चिन्ता गर्नेछैन । अहिले चिहानमा हुनेहरुले पनि त्यस्तै सोच्थे । १२- समस्या आउने बित्तिकै हतास हुने छैन । समस्या पहिलो बस चढेर आएको हो, दोस्रो बसमा अवश्य समाधान पनि आउँछ भनेर आफूलाई संयम राख्नेछु । १३- अरुले जस्तो खोज्छन्, त्यस्तो बनेर हिँड्ने छैन । आफूभित्र जस्तो छु, बाहिर पनि त्यस्तै बन्नेछु । त्यसलाई मन पराउने पनि मान्छे हुन्छन् तर भेट नभाको भनेर आशाबादी बन्नेछु । १४ -नयाँ जुत्ता लाउने बित्तिकै कुकुरलाई लात्ति हान्ने छैन । जतिसुके ठूलो भोकमा पनि जति सुकै थोरै खानाबाट पनि सन्तुष्ट हुन कुकुरबाट सिक्नेछु । १५ -र, नयाँ बर्षको खुशीयालीमा पोलपोलमा पिसाव फेर्दे हिँड्ने छैन । त्यो कुकुरको व्यक्तित्व हो, भन्ने बुझ्नेछु । (अन्तमा उहि कुरा-- यो अँग्रेजी बर्ष २०१५ मा यि कसम खाऊ । होइन भने नेपाली नायँ बर्ष आयो भने ७२ वटा कसम खानुपर्छ फेरि । शुभकामना। :D) साभार
pagalpan · Dec 31, 2014 5:55 PM · 11,772 views
And mostly importantly I will give enough credit to people whose article I copied . I think people in sajha are that smart ;-) The above kasams by pagalpan is copied from buddhisagar's Facebook page (writer of karnali blues) Happy new year everybody
aalukojhol · Dec 31, 2014 6:36 PM
Aalukojhol may be u didn't see the nepali word साभार
pagalpan · Jan 2, 2015 1:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion