"म पनि अब नेता बन्दै छु l"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरा साथीहरु, मैले केहि ढाँटे भनें, लेन -देनमा भाका काटें भनें, गाली होइन मलाई तालि दिनु, किनकि म नेता बन्दै छु l भिड-भाडमा, सडक बस्तिहरुमा, मेरो आवाज सुन्नु भयो भनें, ४ / ५ जनाको झुण्ड हरुमा, गाली होइन मलाई खानाको थाली दिनु, किनकि म नेता बन्दै छु l न त कसैलाई ज्यु -ज्यु गर्नु पर्ने, न त कसैलाई हजुर भन्नु पर्ने, केवल झुठा आश्वाशनका कुरा बोल्दिये हुने, गुन्डा हरुको दुइ -चार ग्यांग खोल्दिये हुनेl आहा !! क्या मिठो बिना परिश्रमको शिकार, नेपाल भित्र फस्टाउँदो छ यो करियर l त्यसैले साथीहरु दिल खोलेर भन्दै छु, म पनि अब नेता बन्दै छु ! ******************************************** ~~~~~~मेरो साथीको फेसबुक बाट l धन्यबाद !!!!!

Ritto Haat · Dec 30, 2014 3:48 PM · 9,195 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all