डिसी नेपाली समाज द्वारा भाषा कक्षा संचालन आरम्भ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पौष १३ ,डिसी विजय थापा वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा कक्षा शुभारम्भ गरेको छ l र ,साथै आजैका मिति देखि सो उद्देश्यमा भाषालाई समेत प्राथमिकता दिदै धर्म ,संस्कृति र भाषालाई मुख्य नारामा जोडेको बताईएको छ l उक्त कार्यक्रम सरस्वती बन्दना ,राष्ट्रिय गीत तथा नेपालको चिनारी गराउने श्रब्य दृश्यको साथै बिभिन्न शैक्षिक दृश्यहरु देखाई समुद्घाटन गरिएको थियो l र ,उक्त कार्यक्रमको समुद्घाटन नेपाली दुतावासका उप नियोग प्रमुख नारायण प्रसाद मैनालीले पानसमा बत्ति बाल्दै संचार माध्यमको उपकरणको सहयोगले श्रब्य दृश्य देखाउदै उद्घाटन गर्नु भएको थियो l संस्थाको तर्फबाट राम मिश्र , शोभा पोखरेल ,अभिभावकको तर्फबाट कमल भट्टराई तथा संस्थाका संरक्षक प्रदिप मिश्रले क्रमस शुभ कामना दिएका थिए l भाषा कक्षा संचालन सुरुको सुरुको दिन नेपाली भाषा सिक्ने बिद्यार्थीहरुको संख्या उल्लेखनीय रहेको थियो भने भाषा कक्षा संचालन गर्न संस्था कै अभिभावकहरुले पालै पालो स्वयम् सेवक रुपमा पढाउने भएका छन् l हरेक आईतबार बिहान १० बजे देखि १२ बजे सम्म पढाईने भएको छ भने कार्यक्रमका अतिथि नारायण प्रसाद मैनालीले नेपाल सरकार तथा दुतावासको तर्फबाट पनि शैक्षिक सामग्री उपलब्ध गराउने पहल गर्ने बचन बद्धता दिदै विदेशमा दोश्रो पुस्तालाई नेपाली भाषा सिकाउनु अपरिहार्यता भएको बताउदै डिसी नेपाली समाजलाई धन्यबाद दिनु भयो l नेपाली भाषा कक्षाको नेतृत्व संस्थाका क्रियाशील पदाधिकारी दधि राम ढुंगानाले लिएका छन् भने संस्थाका सचिब कमल पोखरेलले हामी हाम्रो नारा प्रति बफादार छौ भने l संस्थाका सभापति अरुण रुपाखेतीले समुदायको समर्थन पाए राम्रो संग पाठशाला चलाउन सकिने कुरामा कुनै दुई मत छैन भन्दै सबैको सहयोगको अपेक्षा रहेको बताए l

mahoday · Dec 28, 2014 5:31 PM · 8,603 views

1 Reply

Please Check Epati.org

magorkhe1 · Dec 30, 2014 4:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all