भन्नैपर्छ– भूपि नेपाली सत्ता–संरचनाका उत्पादन थिएनन्, उनी कम्युनिस्ट आन्दोलनको पाखोबारीमा उम्रेका अर्ग्यानिक कवि थिए। त्यसैले अहिले पनि उनको नाममा अनुसन्धान गराउन सरकारी संस्थाहरू अनकन गर्छन्। उनले विस्तारित पारेको काव्यधाराको वर्तमान अस्तित्वलाई मान्यता दिन समीक्षक–समालोचकहरू ठसठस कन्छन्। केही पुरेतहरू भूपिलाई जँड्याहा कविका रूपमा चित्रण गर्दै हेयदृष्टिले हेर्ने र टीकाटिप्पणी गर्ने गर्छन्। केही समीक्षकहरू उनको धारा पछ्याउने कविताहरूलाई ‘लाउड' शैलीका भन्दै नाक चेप्राउँछन्। सरकारी ढर्राका समीक्षकहरूका लागि भूपि घाँटीमा अड्केको त्यस्तो हाड भएका छन्, निल्यो भने उनी पूरै कम्युनिस्ट देखिन्छन्, ओकल्यो भने राजावादी! समीक्षकहरूद्वारा पर पन्छाइए पनि भूपिका कविताको बजार–भाउ भने घटेको छैन, झन्झन् बढ्दै गइरहेको छ। यत्तिचाहिँ किटेर भन्न सकिन्छ– भूपिको भाउ कविताका ‘ग्राहक'ले बढाएका हुन्, कुनै खास समालोचक वा समीक्षकले होइन। भूपिको भाउ यो देशको सरकारी समालोचनाको गुणस्तर तथा नापतौल विभागले अहिले पनि बढाउन चाहँदैन। प्राज्ञिक क्षेत्रले पनि सार्वजनिक रूपमा उनको काव्यशक्तिको ठोस मूल्य निर्धारण गरेको होइन। प्राज्ञिक संस्थाहरू त अहिले पनि भानुभक्तलाई ‘नेपाली' साहित्यको एकीकरणकर्ता पुष्टि गर्न र देवकोटालाई अनन्तकालसम्मका ‘सर्वाेत्कृष्ट' वा ‘महान्' कवि दाबी गर्न लागिपरेका छन्। विश्वविद्यालय अहिले पनि देवकोटाको ‘मुनामदन'माथि अनेक कोणबाट अनुसन्धान गराउँछ तर नेपाल भाषाको ‘जि वया ला लछि मदुनि' काव्यबारे मौन धारण गर्छ। माधव घिमिरेका सिलोकहरू दोहोर्या एर घोक्न लगाउँछ तर सोरठी वा सेलोको लय चेतनामाथि कर्के आँखा मात्रै तर्छ। गरिब, अनपढ, गाउँले वा आदिवासीका लोकगीत वा लोककवितालाई साहित्य नै नमान्ने परम्पराको दुरबिनले त्यही लोकशैलीलाई कवितामा ढाल्ने उपक्रमको किन भाउ बढाउँदो हो र? काठमाडौं सहर यतिखेर पनि राजकविको सुकिलो फोटो खिच्न दगुरिरहेको छ। उसलाई गोकुल जोशीले गाएको गीत वा भूपि शेरचनले गुनगुनाएको झ्याउरेको मतलब छैन। यो सहर यतिखेर पनि देवकोटा शतवार्षिकी वा भानुभक्त दुई शतवार्षिकीको करोडौं हिसाब–किताबमाथि क्यालकुलेटर थिचिरहेछ, उसलाई पारिजातको प्रतिबद्धता वा विमल निभाको निष्ठाप्रति कुनै चासो छैन। भूपि गइसके, तर जीवन शर्माहरूले गाइहिँडेका गीतले उनको लेतेली सपनालाई निरन्तरता दिइरहेका छन्। भूपिलाई उनको समयको आन्दोलनले गलत बाटोमा पुर्यामएर लास बनायो, तर आजको आन्दोलनको बहुआयामिक कोखले भूपिमार्गी कविहरूलाई धेरै सचेत बनाइसकेको छ। - See more at: http://nagariknews.com/nagarik...
metta · Dec 27, 2014 10:33 AM · 1,583 views
कमजोर मूल्यांकन जनताले चिनेका कविलाई राज्य र विश्वविद्यालयले नचिनेको ठान्छन्, कवि ढकाल। ‘स्नातकोत्तरको कुनै पनि कोर्समा भूपिबारे पढाइ नहुनु विडम्बना हो,' उनी भन्छन्, ‘साहित्येतिहासमै भूपि र रिमालबारे ठिक ढंगले मूल्यांकन गरिएको छैन।' - See more at: http://nagariknews.com/nagarik...
metta · Dec 27, 2014 10:40 AM
Meanwhile, students get to read brilliant poems in their textbooks: कक्षा ७ को कितावमा पशुपति शर्माको उरन्ठ्याउलो गीत छापिएपछि खैलाबैला आजकाल मेरो के बस्यो वानी, पढाईतिर झ्याप्पै ध्यान नजानी क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने…… । http://sajha.com/sajha/html/in...
metta · Dec 27, 2014 10:42 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion