दोहा, १२ पुस । ‘कस्तो देशमा जन्म लिएछु जस्तो लाग्छ कहिलेकाँही त, जति लडे पनि न्याय नपाउने !’ दाजुभाइको हत्यामा संलग्नलाई कारबाहीका लागि लड्नु पर्दा भोगेका पीडालाई सावित्री श्रेष्ठ जतिजति फुकाउँदै थिइन, सबैभन्दा अगाडि बसेकी नानु नेपालको आँखामा उत्तिकै आँशु टल्किँदै थिए । एनआरएनका पूर्व उपाध्यक्ष समेत रहेका पति सागर नेपालसँगै डकुमेन्ट्री हेर्न दोहाको नेशनलस्थित गोल्डन फर्क रेष्टुरेष्ट आइपुगेकी नानुले आफूलाई सम्हाल्न सकिनन्, उनका आँखा पूरै पीडा मिश्रित आँशुले भरिएका थिए । प्रवासी नेपाली मञ्चले शुक्रबार दोहामा गरेको डकुमेन्ट्री प्रदर्शनीको कार्यक्रम हल सावित्रीको संघर्षबाट स्तब्ध बन्यो । सशस्त्र द्वन्द्व र त्यसपछि पनि नेपाली नागरिकले खेपेका पीडालाई कतारबासी नेपालीहरुले डकुमेन्ट्री ‘बहादुर बहिनी’ मार्फत पुनः स्मरण गरे । ‘डकुमेन्ट्री हेर्दा हामी कसैले आफूलाई सम्हाल्न सकेनौं,’ आयोजक प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरि गैह्रैले भने, ‘नेपालमा आफूले गरेको ज्यादतीलाई सत्ता वा शक्तिमा बस्नेहरूले पदमा हुँदा गरेको स्वाभाविक कामका रूपमा बुझ्ने प्रचलन स्थापित भएको छ । बहादुर बहिनी त्यसको एउटा नमुना रहेछ । यस्ता घटनाहरुलाई सशक्त रुपमा उजागर गर्न जरुरी छ ।’ प्रवासी नेपाली मञ्च कतारका निवर्तमान अध्यक्ष दिलकिरण खजुमले विगतको सशस्त्र द्वन्द्वले छाडेको मानवीय संवेदनाहरु देख्दा मन अमिलो बनेको बताए । ‘विगतको सशस्त्र द्वन्द्व नेपाली नागरिकका लागि अति नै कष्टकर थियो,’ खजुम भन्दै थिए —‘अब नेपालीहरुले यस्ता द्वन्द्वको कल्पना कहिल्यै गर्न नपरोस ।’ कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएका नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष विमल सुवेदीले त आफू नेपालमै बसेको भए यतिबेलासम्म बाँच्न नपाउने अनुभव सुनाए । तत्कालिन विद्रोही माओवादीकै धम्कीका कारण आफू कतार भासिएको भन्दै उनले भने, ‘यो सम्झँदा आँशु मात्रै होइन्, मेरो मुटु रुन्छ, गोरखादेखि रोल्पासम्मका पीडितहरुका पीडालाई यसरी नै पर्दामा उतार्न जरुरी छ ।’ पत्रकार गणेश पाण्डे निर्देशित ४० मिनेटको बहादुर बहिनीमा अन्तरजातीय बिहेकै उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई पर्दामा उतारिएको छ ।
mahoday · Dec 27, 2014 7:17 AM · 11,679 views
where is the documentary?
sojoketo · Dec 27, 2014 12:19 PM
Royera ra ruwaudai hidera kehi hune wala chhaina , khas ma maobadi lai kanun anusar sampurna ( sainik ra prahari bahrk) nepali nagarik ko hatya ko dosi thaharyai ratna park ma jhundyayera marnu parchha ! Ani balla sabai pida ma pareka nepali le shanti pauchhan !
manmeronepali · Jan 5, 2015 4:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion