मुलुकमा संविधान निर्माणको चटारो परिरहेका बेला सूचना तथा सञ्चारमन्त्री डा। मीनेन्द्र रिजाल भने दिउँसै युवतीहरुसँग रोधी क्लबमा डान्स गरिरहेको भेटियो । बुधबार अपरान्ह ११ बजेदेखि १ बजेसम्म मन्त्री रिजाललाई जुनेली रोधी क्लबमा युवतीसँग डान्समा मस्ती गर्दै गरिएको भेटिएको हो । दरबारमार्गको हर्टबे्रटसँगै रहेको जुनेली रोधी क्लबले दोस्रो वर्ष पुगेको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सहभागी हुन मन्त्री रिजाल पुगेका थिए । वार्षिक उत्सवको औपचारिक कार्यक्रम सकिएपछि मन्त्री रिजाल युवतीसँग मस्त डान्स गरेर दिउँसो १ बजे बाहिरिएका थिए । उक्त कार्यक्रममा केही पत्रकारहरु पनि सहभागी थिए । मन्त्री रिजालले युवतीसँग डान्स गरेर दृश्य मोबाइलमा कैद गरेका छन् । उक्त भिडियोको फुटेज युटुयुबमा राखिने बताइएको छ । Last edited: 22-Dec-14 10:59 AM
cybernepali · Dec 22, 2014 10:58 AM · 2,546 views
मौकामा चौका हान्न किन पछि पर्थे हाम्रा नेता हरु !!!! Last edited: 22-Dec-14 11:53 AM
magorkhe1 · Dec 22, 2014 11:53 AM
so
divorceguy · Dec 22, 2014 7:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion