एउटा अपराध वोकेर भाग्दैछू

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिमी आउँछौ थाहा छ, तर एउटा अपराध वोकेर भाग्दैछु। कालो चश्मा लगाएर तिमी उकालो चढ्दै थियौ। धेरै तल देखी मैले तिमीलाई नियालेकी थिएँ। अग्लो कद,पुलिसको जस्तो कपाल,कालो चश्मा अनि गह्रुंगो झोला।आँगनमा तिमीले विसाउँदै सोध्यौ "पानी पिउन मिल्छ?" मैले पानी ल्याएर दिएँ। तिम्रो औँलामा मेरो औँला ठोक्किए। तिमी मुस्कायौ। म फर्किएँ। त्यो कालो चश्मा भित्रको आँखाले शायद भित्र छिरुन्जेल मलाई नियाल्यो।मैले तिनै आँखाको स्पर्श महसुस गरेँ।वुवा डोको वुन्दै हुनुहुन्थ्यो आँगनमै वसेर। "अनि वावु कहाँ सम्म ?" "तिँ माथ्लो गाउँ हो वुवा!" तिम्रो आवाज मनमा एउटा संगित जस्तै छिर्यो। म ढोकाको कापवाट तिमीलाई चियाइरहेँ।कस्तो वलियो शरिर। "कस्को छोरा ?" "विरवहादुर खड्का को !" "ए तिमी त वाहिर थियौ हैन र?" वुवाले तिम्रो वुवा चिन्नु हुँदो रहेछ। "मलेसिया ! अहिले छुट्टिमा आको !" तिमी उठ्यौ। मैले पनि आफ्ना किताव समाएँ। सेन्ट अप नजिकिँदै छ। **************** **************** *************** ************* ***************** "केटो कमाउँछ ।वाहिरवाट आको,फेरि जान्छ अरे।तँपाइकी छोरी देखेछ,मन पर्यो अरे !" पल्लो घरकी दिदी ले वुवालाई सुनाइन्। "सानै छे नानी !" वुवाले खोक्नुभयो।चुरोटले गर्दा होला ,आजकल धेरै खोकी लाग्छ। "कहाँ सानी हुनु?मेरी छोरी जन्मिँदा यो चार वर्षकी थीइ भनेसी त अठार पुगिसकी त ।" दिदीले फेरि जोड् गर्नुभयो। "केटा त अस्ति यहि वाटो गाको थियो। देखेको छु। कद काठी त ठीक छ। वानी व्योहोरा कस्तो छ खै !" "चिन्तै लिनुपर्दैन , मेरी वहिनी जस्ति । म नराम्रो चिताउँला त ?" कुरो टुंगियो। दिदी जाने वित्तिकै म रिसाएँ वुवा सँग। "गर्दिन म विहे सिहे अहिले,सेन्टअप आउन ला छ।" "दिन्छन रे विहे पछि पनि पढ्न !" "नाइ के वुवा !"मैले फेरि कर गरेँ। "धेरै कर गर्नु हुन्न छोरी, अर्को कस्तो पर्छ पर्छ !" वुवाले चुरोट सल्काउनुभयो।म चुप भएँ। तिम्रो हेराइ अचानक झलक्क मनमा आयो।विजुली चम्के जस्तो।भित्र छिर्दै गर्दा वहिनीले जिस्काइ "अस्ति लुकी लुकी हेर्दै थिइस्, अव जत्ति हेरे नि भो !" मैले उसलाई प्याट्ट हिर्काएँ।मनमा काउकुति लाग्यो। **************** ***************** ************* ********** *************** ***** विहे सेन्टअप सिद्दिएको चार दिन पछि भयो।तिम्रो हफ्ता दिनको छुट्टि वाँकी थियो। तिमीले पोखरा घुमाउन लगेका ति तिन मेरो जीवनको अविस्मरणिय दिन भने। त्यो रातमा तिम्रो शरिर,तिम्रो तातो तिमीलाई नै ओढि सुतिरहुँ जस्तो लाग्यो सिरक जस्तो गम्लंग।दुइ दिन त हामी कोठावाटै वाहिर निस्केनौँ ,तिमीलाई पनि याद छ होला। खोइ हामी पोखरा पो किन गयौँ। कोठामै वस्न गएको भए। जहाँ गए पनि कोठा त उस्तै हुन्छन्।भित्ता उस्तै हुन्छन्।अनि तिमी पनि त्यति नै रापिला नै हुन्थ्यौ होला। तिम्रो जाने दिन आयो। तिमीलाई अँगालो मार्न सकिन। "म गएँ है । तिम्रै खातामा पैसा पठाउँछु।"तिमीले सुस्तरी भन्यौ।मैले नाइ भन्न सकिन।टाउको हल्लाएँ,हुन्छ भनेर।भरिएको आँखा,टाउको हल्लिदाँ गाला रुझ्यो। रोक्न सकिन, तिमीलाई पनि,आँशूलाई पनि। ******************* ***************** ****************** ****************** **** वेलुकाको खाना खाइसकेपछी भाँडा माँझेर पढ्न वसेको उँघ लाग्यो। त्यहिँ निदाएछु।विहान तिम्रो वाले उठाए। "कहाँ सुत्छे यो केटी ,कोठामा सुत्नु पर्दैन ?" "यहाँ वत्ति अलि उजेलो भएर पढ्न वसेको, निदाएछु।" डराउँदै जवाफ फर्काएँ।तिम्रा वा केहि वोलेनन्।उठेर नुहाउन गएँ।झिसमिसे उज्यालोमा त्यो वारेको धारा भएको ठाउँमा कसैले चियाए जस्तै लाग्यो ।हतार हतार नुहाएर वाहिर निस्किएँ। तिम्रो वा वाहिर दाँत माझ्दै थिए। "नुहाइ सकिस् एक कप चिया वनाइदे न !" म किचनमा छिरेँ।रातो चिया वनाएँ। गाइ दोइसकेको थिएन। "दुध थिएन ?" उनले कप समात्दै गर्दा सोधे।मेरो हात सुम्सुम्याएँ झै लाग्यो। झट्ट हात ताने। अनि टाउको हल्लाएँ। ********************* *********** ************* ************** ***************** म सुम्सुम्याउँथे आफ्नो शरिर । तर तिम्रो स्पर्श भेट्दिनथेँ,आफ्नो हातवाट।रात चिसो नै रहन्थ्यो । सिरकमा गुट्मुटिन्थे। सिरानी चेप्थेँ, तर तिमी र सिरानीमा धेरै फरक छ।तिमीलाई कहिलेकाहिँ सपनीमा देख्थेँ।धमिलो अनुहार,मलाई हेरीरहेको।विहान उठ्दा छेउमा तिमी हुन्नथ्यौ।छेउको खाली ठाउँ छाम्थे। चिसो ठाउँ। तिमी जस्तो न्यानो त कसरी होस् र ? मनलाई सम्झाउँथे। ************** **************** ************** ************ ************* ****** उ तिमी जस्तो थिएन। पहिलो भेटमा पर चियापसलमा चुरोट खाँदै थियो। मलाई चुरोट खाएको मन पर्दैन, तिमीलाई पनि थाहा छ। तर अचम्म लाग्दो तालले मलाई हेरीरह्यो।रिस पनि उठ्यो, कस्तो क्वारक्वार्ति हेर्ने मोरो भनेर! भोलिपल्ट भने उ वाटोमै थियो एक्लै। मलाई डर पनि लाग्यो। मलाई देखेर थोरै मुस्कुरायो। मैले नदेखे झैँ गरे। तर किन किन हिजो जति रिस उठेन।  म माइत गएकी थिएँ।तिम्रो वुवा देख्ने वित्तिकै डर लाग्न थालेको थियो। त्यसैले पनि माइत गए दुइ चार दिनलाई । उ हाम्रो घर छेउको चियापसलमा चिया खाँदै थियो।मैले वुवालाई सोधेँ। "को हो वुवा यो?" "थामी काकाको छोरा !काठमाण्डौ वस्छ।" वुवा गोठतिर छिर्दै भन्नुभयो। उ परैवाट हाँस्यो।यसपाली म पनि हाँसिदिएँ तर थोरै। त्यो रात मैले तिमीलाई सपनामा देखेँ।तिमी झन वलियो भएका थियौ। ठूलठुला पाखुरा।मलाई जुरुक्कै उचाल्यौ। भुइँमा राख्यौ। अनि चुरोट सल्कायौ।मैले तिम्रो चुरोटको ठूटो फ्याँकिदिएँ।तिमी रिसायौ।म विउँझिए।म मनमनै हाँसे आफ्नो सपना सम्झेर। तिमी त कहिल्यै चुरोट खान्नौ ,मैले के देखेकी हुँला। *************** ********** ************** ************* ************** ******* "तँपाइको घर माथी हो कि यहाँ ?" उ त्यो दिन लाजै पचाएर वोल्यो।हाम्रो आँगनमा थियो।त्यो दिन वुवा वजार जानुभएको थियो। "यो माइत,माथीको घर !" "ए विहे भइसक्यो?" उ खिन्न भयो। "अस्तिको फागुनमा !" "किन गरेको त यति चाँडो विहे, कतिमा पढ्दैछौ?" मलाई रिस उठ्यो। उसलाई के मतलव? "एस एल सी दिएँ यसपाली !" "कस्तो भो त?" उसले वोल्न छोडेन। परवाट वहिनी आइ। "ठिकै भो,मलाई खाना पकाउनु छ !" म भित्र छिरेँ। उसको र मेरी वहिनीको गुनगुन सुनेँ। ******** ***************** ************ ************** ************* ************ "को केटा हो?" वहिनी भित्र छिरेपछि मैले सोधेँ। "मेरो साथीको दाइ रैछन्,थामी काकाको छोरा !" उसले झोला राख्दै भनी। "तँलाइ कहिले चिनेको ?" "आजै,रश्मिको साथी हो भनेर सोध्दै थीए! चिया पका न दिदी !" मैले चुलोमा दिउरे वसाएँ।आगो विस्तारै वल्यो।मैले थोरै मट्टितेल खन्याएपछि वल्ल सल्कियो ह्वार्र्। त्यो रात तिमी सपनामा फेरि आयौ।उ पनि आयो। तिमीहरु केहि कुरा गर्दै थियौ ।म वुझ्नै नपाइ विउँझिएँ। *********************** ************* ************ **************** ************* वुवा र वहिनी त्यो दिन पनि थिएनन् । त्यो दिन उ फेरि आयो। "कोही छैनन् ?" उसले सोध्यो। "वुवा माथी जानु भको छ।वेलुका मात्रै फर्किनुहुन्छ।" "अनि वैनी ?" "स्कुल !" मैले उसलाई हेरेँ। आजकल सपनीमा उ र तिमी वरावरी आउन थालेका छौ। मलाई कहिलेकाहिँ उठ्दा दिक्क लाग्छ।किन आउँछ उ सपनीमा ? नआइज भन्दा पनि । उ चुप लागी राख्यो। त्यो दिन भने उ वोलेन। अचम्म लाग्यो, म सँगै कुरा गर्नलाई त आको हुनुपर्छ ।तर वोलेन। "चिया खाने?" मैले सोधेँ। उसले हुन्छ भनेर टाउको हल्लायो।सोधे लगत्तै लाग्यो, नसोधेको भए हुन्थ्यो। म भित्र छिरेँ,उ पनि भित्रै आयो। "अनि काठमाण्डौमा तिमी के गर्छौ त?" मैले सोधेँ। "डिपार्टमेन्ट स्टोरमा काम गर्छु !" उ पिरामा वस्दै भन्यो। मेरो नजिक। "के हो त्यो भनेको?" "दोकान हो,ठूलो दोकान !" उ हाँस्यो।मैले नसोध्ने कुरा सोधे जस्तो लाग्यो।मैले पनि एसएलसी दिइ सकेँ।मलाई पनि थाहा हुनुपर्ने हो डिपार्टमेन्ट स्टोरको वारेमा। "के के पाउँछ त्यो दोकानमा?" "सवै चिज, खाना,लुगा,टिभी सप्पै!" उ हाँसिरह्यो। उ तिमी जस्तै हाँस्छ। "एउटा कुरा सोधौँ?" मैले अनौठो आँट गरेँ। "सोध न !" "अस्ती तिमीले मलाई त्यसरी क्वारक्वार्ति किन हेरेको ?" "राम्री छौ नि त !" उसले मलाई हेर्दै भन्यो। "राम्री हुने वित्तिकै अर्काकी वुढीलाई त्यसरी हेर्न पाइन्छ त ?" म रिसाएँ। चिया उम्लियो। छानेर गिलास उसको छेउमा राख्दिएँ। "के थाहा त मलाई,तिम्रो विहे भयो भनेर!" "मेरो सिन्दुर देखेनौ?" उ नजिकै आयो अनि मेरो अनुहार हेर्यो अनि हाँस्दै भन्यो। "अहिले पनि देखिएको छैन !" विहान नुहाएपछि सिन्दुर लाउन विर्सेछु। तिम्री आमाले सँधै लाउनुपर्छ भन्नुहुन्थ्यो। विर्सेछु। "कहिले फर्किन्छौ त काठमाण्डौ?" "दुइ चार दिन मा !" "गएँ ल अहिले !" उ हिँड्यो। किन किन नहिँडे हुन्थ्यो जस्तो लाग्यो। तिमी त्यो दिन सपनीमा आएर मलाई गाली गर्यौ।म रिसाएँ,मैले केहि गरेकी छैन।तिमीले त्यत्तिकै गाली गर्यौ। ****************** ***************** ******************* ********************* उ क्यारेम खेल्दै थियो। घरमा कोही थीएनन्।मैले सुस्तरी इशारा गरेँ। उ क्यारेम छोडेर आयो। "किन वोलाको ?" "म आलु उसिन्दै छु,खान्छौ?" "मलाई एकदम मन पर्छ।" उ खुशी भयो। मैले सातवटा आलु र साँधेको खोर्सानी थालमा राखेँ। पहिलो आलुले नै मलाई पोल्यो। "आथ्था!" म आत्तिएँ। उसले मेरो हात समात्यो।कस्तो रापिलो, शरिर नै झनन गर्यो। मलाई पोखरा याद आयो।तिमी सँग काटेका पल याद आए। म लतक्क भएँ। उसले हामी विच राखेको आलुको थाल हटायो। साँधेको खोर्सानी हटायो।हामी विच केहि रहेन।मैले खुट्टाले ढोका ठेलेँ। त्यो रात अचम्म,तिमी सपनामा आएनौ।मात्र उ आयो। ************************* ********************* ***************** ************** "काठमाण्डौ जौँ !" उसले अचानक प्रस्ताव राख्यो। म दोधारमा परेँ।तिम्रो घर जान मलाई मन छैन,तिम्रा वाका आँखाले मलाई छेड्छन्। पोल्छ मलाई ,भतभति। सदरमुकाममा गएँ।तिमीले तिन दिन अघि पठाएको पैसा जोडेर मेरो खातामा दुइ लाख छ। म त्यो झिकेर उ सँगै जाँदै छू। तिमी आउँछौ थाहा छ, तर एउटा अपराध वोकेर भाग्दैछु।

fucheketo · Dec 17, 2014 9:53 AM · 35,499 views

15 Replies

"चिया खाने?" मैले सोधेँ। उसले हुन्छ भनेर टाउको हल्लायो।सोधे लगत्तै लाग्यो, नसोधेको भए हुन्थ्यो। म भित्र छिरेँ,उ पनि भित्रै आयो। "अनि काठमाण्डौमा तिमी के गर्छौ त?" मैले सोधेँ। "डिपार्टमेन्ट स्टोरमा काम गर्छु !" उ पिरामा वस्दै भन्यो। मेरो नजिक। "के हो त्यो भनेको?" "दोकान हो,ठूलो दोकान !" उ हाँस्यो।मैले नसोध्ने कुरा सोधे जस्तो लाग्यो।मैले पनि एसएलसी दिइ सकेँ।मलाई पनि थाहा हुनुपर्ने हो डिपार्टमेन्ट स्टोरको वारेमा। "के के पाउँछ त्यो दोकानमा?" "सवै चिज, खाना,लुगा,टिभी सप्पै!" उ हाँसिरह्यो। उ तिमी जस्तै हाँस्छ। "एउटा कुरा सोधौँ?" मैले अनौठो आँट गरेँ। "सोध न !" "अस्ती तिमीले मलाई त्यसरी क्वारक्वार्ति किन हेरेको ?" "राम्री छौ नि त !" उसले मलाई हेर्दै भन्यो। "राम्री हुने वित्तिकै अर्काकी वुढीलाई त्यसरी हेर्न पाइन्छ त ?" म रिसाएँ। चिया उम्लियो। छानेर गिलास उसको छेउमा राख्दिएँ। "के थाहा त मलाई,तिम्रो विहे भयो भनेर!" "मेरो सिन्दुर देखेनौ?" उ नजिकै आयो अनि मेरो अनुहार हेर्यो अनि हाँस्दै भन्यो। "अहिले पनि देखिएको छैन !" विहान नुहाएपछि सिन्दुर लाउन विर्सेछु। तिम्री आमाले सँधै लाउनुपर्छ भन्नुहुन्थ्यो। विर्सेछु। "कहिले फर्किन्छौ त काठमाण्डौ?" "दुइ चार दिन मा !" "गएँ ल अहिले !" उ हिँड्यो। किन किन नहिँडे हुन्थ्यो जस्तो लाग्यो। तिमी त्यो दिन सपनीमा आएर मलाई गाली गर्यौ।म रिसाएँ,मैले केहि गरेकी छैन।तिमीले त्यत्तिकै गाली गर्यौ। ****************** ***************** ******************* ********************* उ क्यारेम खेल्दै थियो। घरमा कोही थीएनन्।मैले सुस्तरी इशारा गरेँ। उ क्यारेम छोडेर आयो। "किन वोलाको ?" "म आलु उसिन्दै छु,खान्छौ?" "मलाई एकदम मन पर्छ।" उ खुशी भयो। मैले सातवटा आलु र साँधेको खोर्सानी थालमा राखेँ। पहिलो आलुले नै मलाई पोल्यो। "आथ्था!" म आत्तिएँ। उसले मेरो हात समात्यो।कस्तो रापिलो, शरिर नै झनन गर्यो। मलाई पोखरा याद आयो।तिमी सँग काटेका पल याद आए। म लतक्क भएँ। उसले हामी विच राखेको आलुको थाल हटायो। साँधेको खोर्सानी हटायो।हामी विच केहि रहेन।मैले खुट्टाले ढोका ठेलेँ। त्यो रात अचम्म,तिमी सपनामा आएनौ।मात्र उ आयो। ************************* ********************* ***************** ************** "काठमाण्डौ जौँ !" उसले अचानक प्रस्ताव राख्यो। म दोधारमा परेँ।तिम्रो घर जान मलाई मन छैन,तिम्रा वाका आँखाले मलाई छेड्छन्। पोल्छ मलाई ,भतभति। सदरमुकाममा गएँ।तिमीले तिन दिन अघि पठाएको पैसा जोडेर मेरो खातामा दुइ लाख छ। म त्यो झिकेर उ सँगै जाँदै छू। तिमी आउँछौ थाहा छ, तर एउटा अपराध वोकेर भाग्दैछु।    

fucheketo · Dec 17, 2014 9:58 AM

Wah great story

bibaas · Dec 17, 2014 10:09 AM

Superb - Nice read

serial · Dec 17, 2014 10:15 AM

वाह ! कस्तो दामी कथा सरल साधारण भाषामा . कसरि छुटेछ कुन्नि पढ्न .

ThahaChaena · Dec 17, 2014 1:35 PM

अति सुन्दर सदा झैँ. सधै पढ्ने मात्र गर्थे आज दुइ सब्द लेखे सायद कसैलाई केहि फरक त पर्दैन होला. नेपाली लेखक संकर लामिछाने ले भने जस्तै लेख मा आफ्नो पन हुनु पर्छ त्यस्तै छ फुचे केटो को लेखाई/ पढ्न चुताऊ नै नहुने लेख लेख्छ. नाम चै फुचे केटो रे काम चै बुढो पाको को जस्तो गर्छ. अति सरल अनि सरसिलो भाषामा अहिले देश मा भै रहेको घटना लै यथार्थ चित्रण गरेको छ फुचे केटो को कथा ले . अनि एउटा नारी भित्र लुकेको इच्छा अनि एउटा केटा मान्छे मा लुकेको दनाबता लाई सरल भाषा मा उतारेको छ. अर्को अर्थ मा भन्नु पर्दा अहिले को युवा हरुको कथा प्रस्ट झल्केको छ FUCHEKETO को कथा मा/ अर्थ लाई अनर्थ लागेको भय मा क्षेमा चाहन्छु/ ल फुचे केटो को अरु पनि नया नया लेख हरु पढ्न पैयोस.

gorkhali keto · Dec 17, 2014 6:19 PM

bibas,serial- thank you.. thaney- छुटेको छैन ..पढेपछी छुट्यो भन्नै पाइएन नी ;) thank you Gorkhali thito- I heard somewhere " Readers are the best critics", you are welcome to post any comment in my story.thank you very much for such a sweet comment अन्य पढीदिनुहुने ,like गरिदिनुहुनेलाई धन्यवाद... अर्को कथा यहि समाजको अर्को पात्र भेटेपछी :)

fucheketo · Dec 19, 2014 4:14 AM

Thank you Fucheketo. Long time reader, first time commenter. You beautifully present the other side of these morally wrong stories and make them "morally ambiguous"... Keep them coming.

yacc · Dec 19, 2014 9:25 AM

सार्है मिठो |

fuel tank · Feb 3, 2015 9:25 PM

Good one fuchhe.

robwin · Feb 4, 2015 10:14 PM

ramro lagyoo....

prem101 · Feb 4, 2015 10:39 PM

सार्है राम्रो लाग्यो, नेपाली परिबेसको एथार्थ चित्रण येति मिठो सैलिमा .. आस गर्छु अरु पनि लेख पठन पाइयोस

dream_big · Mar 25, 2015 4:29 PM

After a long time I opened this thread , glad to know that its still active, After finishing this story I had great satisfaction,every story has its loopholes since the writer can not satisfy all but I am feeling good that majority of you have liked it :)Yacc: This is one of the best analytical comment I got thank you for reading me for long time,I will try my best to open other avenues of societies as well  Fuel tank,robwin,prem and dream big: thanks a lot for reading this story Thanks to all the readers who read and liked this story so far  Fuche

fucheketo · Mar 25, 2015 8:47 PM

fucche केटो, i was addicted to your story. so i stopped reading it. आज फेरी पढ्न पुगे र फेरी एक चोटी यो मन सारै खुसि भो if i were a girl i would have fall in love with fucche keto for such a wonderful story ध्वासे अनि arko truck driver ko story paci yo story. padeko chu. sabai story khoje khoje padne chu. thank you for such a wonderful story fucche keto. when are you planning to write a book/novel? anyways.. tyo matokne tato alu le chai garnu gardo raicha..aba dekhi  tato alu khada kei kura samjine bhaye Last edited: 25-Mar-15 09:42 PM

sojoketo · Mar 25, 2015 9:10 PM

great as always

adventurer · Mar 26, 2015 1:13 AM

मैले फुच्चेको कथा धमाधम मैया हरुलाई सुनाएर इम्प्रेस जमाउदै छु लोल

sojoketo · Mar 26, 2015 9:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all