हामि यन्त्रबत मानब

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छटपट छटपट्मै रातको २ बजेछ, निन्द्रा आउने सुरसार नदेखी साझा खोल्न पुगे त्यो पनि सबै भन्दा माथि "के हो अमेरीकामा केटिहरुको चाल" मा Riddle को सटिक उत्तरलाई एक भोट अप गरिदिए | यो पुरै सप्ताह बिदा लिनु परेको छ ( बचत गर्न पाइदैन ), सात बजे उठ्दा स्काइप्मा दिदि हुनु हुदो रहेछ | एता उता का कुरा हुँदै पछि कुरा बाउले फ़ाडेको मदेसको कुरामा अन्त्य भए | : बाका सेखपछि अन्तरे भाइ DV परे झैँ भएको थियो, कान्छो भाइ नगरपालिकाको इन्जिनियर भएकोले आम्दानिको हरहिसाब कसैले मागेनन र मागिएन | भिनाजुले पनि ठुल्दाइले झैँ चामल ब्यापार गरे,उनका जग्गा पनि चामल व्यापारमा डुबे पछि अंतरेलाई अब देखि दिदीले आम्दानि लिनु हुन्छ भने पछि भाइले पिठ फर्काए | बिडम्बना भनौ वा हाम्रो कु-संस्कृति सात सात बर्स सम्म मालपोत पनि तिरेका रहेनछन ? माइला दाइको जग्गामा बाका पालाका हरुवा हरु बसेका छन् : उठेर जाउ भन्न धर्मले दिदैं अनि आफ्नो श्रम पनि नपरेकोले बसुन भन्ने लागे पनि ४ जना हरुवाका छोरा हैन अबत नातिहरु सबै विदेश गइ पैसा कमाउने अनि जग्गा भने हाम्रो सित्तैमा छ दै छ घर बनाउनलाई | अब त त्यो पनि नगरपालिका भएकोले कठ्ठाकै लाख जाने भो रे भएको २० कठ्ठा पनि हरुवाका एउटा एउटा पनातिले घर बनाइदिदै गए पछि जग्गा मात्रै आफ्नो मालपोत तिरी राख्नु पर्ने ! एति लामो भूमिका किन भन्नु होला ? मेरो दाइ भाइलाई बाले कुईनाइन गोलि खादै कहिले कसको कहिले कसको कम्तिया बन्दै कहिले के गर्दै दशौ बर्समा यो ठाम मा( बालकृष्ण सम को जग्गा किनी ) फडानी गरेर बसेको कथा सुनेका छैनन्| सित्तैमा आएको भनठनछन : अनि तिनलाई के माया बाले कति दुख गरे भनेर ? हामि दाइ हरुको जग्गमा अरुलाई तेसो गर्न पाउदैनस भनिदिन किन महाभारत ? अहिले उनको गुनासो सबै अमेरिका मै मात्रै नेपाल बसाइ: उनीहरुले गरेन म किन गर्छु ? सब ओभर सियरको काम सानो र दुख भै छोडे | लौ भन्नुस के गरि खालान अमेरिकामा र बोलाउनु ? दाजु भाइ बिचको कुरा एस्तो छ, मैले खान पाइन् भए किन टाउको दुखाइ ? अनि त्यो कर्णालीलाई को कथा पढे पछि सर्बांग देशको कुरा संग जोडन पुगेछु ? (दाईभाइलाइ एक अर्काको माया छैन भने ) कुन चै लाउकेलाइ भोलिको नेपालको चिन्ता छ , आफु अरब पति हुन् पाए पुग्यो : भासनमा कोरिया र सिंगापुर झैँ बनाइ दिने दिवा स्वप्न बोकाई दिए वाहि वाहि पाई हालिन्छ | कर्णाली योजना को कुरामा हामीलाई भोलिको नेपाल किन चाहियो : नोट भए पुग्यो : बेचिदा बेचिदा हामि दास भै सक्यौ | किन बुझ्न सक्दैनौ टुप्पामा बसेर मात्र के हुन्छ र फेदको र वरिपरिको माटोको पनि रक्षा गर्नु पर्यो नि ? त्यो जबिधुत योजनामा रिट हाल्ने हरु अहिले भर्स्ताचार भयो योजना मुताबिक भएन देशलाई हानि नोक्सानी भयो भन्ने किन निक्ल्दैनन : हरेक दिन जसो नेपाल बन्द गर्ने हरु एस्तो गहन मुद्दामा सुतेर बसेका छन् ? नसुतुन कसरि हाम्रा रिमोट सबै मदारीका हातमा छन् हामि त मदारीका सारमा नाच्ने र बाच्ने जीवित अनि शरीर मात्रै हाम्रो | उनीहरुको इसारा आओस त देशनै बन्द गरिदिन्छौ : हामि यन्त्रबत मानब भएका छौ |

MaGorkhe1 · Dec 16, 2014 2:34 AM · 845 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all