from brtnepal.com bata जम्का भेट भयो कुनै दिन तिमी एक्लै थियौ मार्गमा खोला तर्नु हुँदा थियौ त्यस घडी अन्यौल अन्यौलमा रोयौ साथ दिनुस् भनेर गहमा आँसु जमाईकन बोकी तारिदिएँ परेन जलको थोपा तिमीले छुन अप्ठ्यारो जब पर्दथ्यो तब तिमी भन्थ्यौ नछोड्नुस् भनी बाटोमा भरियै बनेँ कति गरेँ सुम्पें सबै जीवनी मायाँले दिल पग्लिएर मुखले भन्थ्यौ म तिम्रै भएँ बाचा खुब ग-यौ प-यौ शरणमा ढुक्कै म ढुक्कै रहेँ बाटोमा जब भिर या असजिला गौंडाहरू आउंथे अर्को साथ थिएन ती नजर मैं देखेर टोलाउँथे बाटैमा प्रभु भेटियो प्रभु भनी भन्थ्यौ मलाई तिमी मेरो देव भनेर आदर गरी पुज्थ्यौ मलाई तिमी हामी प्रेम पिएर आपस मिली हिंड्दैथियौं साथमा यी हाम्रा मुटु चल्दथे सँगसँगै त्यो हात यो हातमा यौटा दुर्घटना भनूँ कि घटना ऐले तिमी छुट्टियौ क्वै अर्कै प्रभु भेटिएछ पथमै छोडी मलाई गयौ ढुङ्गा या जड मुर्तिका त भगवान् हुन्छन् हजारौँ थरी रोजै फेर्न सकिन्छ फेर भगवान् धन्दा तिमी त्यै गरी मेरोचाहिं त एकमात्र भगवान् छन् प्रेम छातीभरि पूजा गर्दछु भक्तिभाव दिलको जाँदैन कैल्यै मरी - Last edited: 13-Dec-14 04:18 PM Last edited: 13-Dec-14 04:20 PM
pagalpan · Dec 13, 2014 4:15 PM · 12,673 views
सार्हो हुनु त ढुङ्गाको नियति हो उ त जहिले पनि सार्हो नै हुनेगर्छ तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे थाहै नदिई ढुङ्गा भन्दा पनि सार्हो हुनेगर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ कसरी बन्यो? कहाँबाट आयो? अनि संसारमा कस्तो कस्तो चोट खायो? खोज्नेहरुलाई आफ्नो काहानी ढुङ्गा नलुकाइ सबै सबै नै भन्ने गर्छ मान्छेले पो सधैं मुखमा मधुर मुस्कान छर्दै भित्र भित्र छातीभित्र ज्वालामुखी पकाउने गर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ कुनै बाहिरी शक्तिले नगुल्टाए र नबगाएसम्म घाम पानी आँधी हुरी अनेक बिषम सहेर ढुङ्गा सधैं यथास्थानमा नै रहने गर्छ मान्छे पो मौकापरस्त हो र उ सधैं आफ्नो अनुकूलता हेरी हुर्केको गाउँ र लाएको माया बिर्सेंर अन्तै बसाँइ सर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ पूज्नेले पूजिदिए ईश्वर पनि बनिदिन्छ ढुङ्गा गर्दैन चमत्कार केही तर आस्थाहरु थुपार्ने एउटा आधार बन्नेगर्छ धेरै चोटि झुक्किइसके म मान्छेसित देव रुपमा देखिएर क्षणभर मै दानव भई तिखा दाह्रा पिठ्यूँमाथि धस्ने गर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ -
pagalpan · Dec 13, 2014 4:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion