Dear Friend, Nyversity IT Trainingis a dynamic Solutions Organization dedicated for providing trainings on SQL Server (DBA + TSQL+ MSBI ) ,& Business Analysis.(BA) The main objective of Nyversity IT Trainingis to focus on providing a highly interactive quality online education and placement assistance. Why Nyversity IT Training? v Interactive online sessions v Very in depth course material with real time solutions. v Online classes available with participant convenient timings v Normal track, Weekend, Fast track and super fast track batches are available v Highly qualified Trainer v Flexible timings v Trained more than 300 students so far. v 24 x 7 trainer support v Customized Curriculum v Recorded sessions v Blog support v CV building according to Industry standards. v Mock interviews with explanation. v Interview Support v Job support v Contact the trainer any time after completion of the course also. Business Analysis Training highlights • In depth course coverage….. • BA with multiple domains (Banking+Insurance+Retail+Software+Healthcare) • BA with Business Process Management concepts(BPM) • Case studies /Tasks /Real Time situation analysis. • Course structured with IIBA and Industry standards • Hundreds of FAQ s with explanation • Interview guidance • Project Support • Notes , materials & PPT s • Free SQL Server and data modeling classes Fr Free QA classes along with this BA course • In depth MS Visio explanation • Recorded Sessions Thanks from Nyversity Mobile No: +1.347.625.6179
micheal · Dec 7, 2014 9:30 AM · 23,143 views
Dear Friend, Nyversity IT Trainingis a dynamic Solutions Organization dedicated for providing trainings on SQL Server (DBA + TSQL+ MSBI ) ,& Business Analysis.(BA) The main objective of Nyversity IT Trainingis to focus on providing a highly interactive quality online education and placement assistance. Why Nyversity IT Training? v Interactive online sessions v Very in depth course material with real time solutions. v Online classes available with participant convenient timings v Normal track, Weekend, Fast track and super fast track batches are available v Highly qualified Trainer v Flexible timings v Trained more than 300 students so far. v 24 x 7 trainer support v Customized Curriculum v Recorded sessions v Blog support v CV building according to Industry standards. v Mock interviews with explanation. v Interview Support v Job support v Contact the trainer any time after completion of the course also. Business Analysis Training highlights • In depth course coverage….. • BA with multiple domains (Banking+Insurance+Retail+Software+Healthcare) • BA with Business Process Management concepts(BPM) • Case studies /Tasks /Real Time situation analysis. • Course structured with IIBA and Industry standards • Hundreds of FAQ s with explanation • Interview guidance • Project Support • Notes , materials & PPT s • Free SQL Server and data modeling classes Fr Free QA classes along with this BA course • In depth MS Visio explanation • Recorded Sessions Thanks from Nyversity Contact: luckyone452@gmail.com
micheal · Dec 7, 2014 9:31 AM
1. Ganesh Thapa, Constituent Assembly Member >57 Crore अखिल नेपाल फुटबल संघका निलम्बित अध्यक्ष गणेश थापाले विदेशबाट प्राप्त सहयोग (जुन राज्यकै सम्पत्ति हो) आफ्नो र परिवारका व्यक्तिगत खातामा राखेर ५८ करोड रुपैयाँ अनियमितता गरेको अर्को सरकारी छानबिन समितिको प्रतिवेदन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को हकमा पनि देखियो, छानबिनले अध्यक्ष गणेश थापाले ५८ करोड रुपैयाँ अनियमितता गरेको ठहर्याउँदा पनि अख्तियार मौन । जबकि उसले १ करोड ४३ लाख रुपैयाँकै घोटालामा क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङसहित १८ जनाविरुद्ध जेठमा मुद्दा दायर गरेको थियो । 'कारबाहीका भागी स्थापित परिवारका परे,' अख्तियारका एक सहसचिव टिप्पणी गर्छन्, 'यस्ता पहुँचवालालाई कारबाही गर्न खरिदार/सुब्बालाई ठिंगुराउन जस्तो सजिलो कहाँ हुन्छ र ।' 2. Subhash Niraula, Nepal Tourism Board > Crores पर्यटन बोर्डका निलम्बित कामु प्रमुख कार्यकारी (सीईओ) सुवास निरौलाले पुराणलगायतका घरको धार्मिक समारोहमै ५० लाख रुपैयाँभन्दा बढी सरकारी सम्पत्ति खर्च गरेको सरकारी छानबिन टोलीले ठहर्याएको छ । पर्यटन बोर्डमा कामु सीईओ सुवास निरौलाले तीन वर्षमा १ अर्ब ८० करोड रुपैयाँ खर्च गर्दा आधाभन्दा बढी रकम दुरुपयोग गरेको निष्कर्ष सरकारी छानबिन समितिले निकाल्यो । त्यही प्रतिवेदनका आधारमा सार्वजनिक लेखा समितिले निरौलालाई निलम्बन गरी विस्तृत छानबिन र कारबाहीअघि बढाउन निर्देशन दियो । आदेशको नवौं दिन बोर्डले निलम्बनको आदेश त दियो । तर मन्त्रालयको चिठी बुझ्नै इन्कार गरेर निरौला भोलिपल्ट अफिस गएर दिनभर 'काम' गरे । 3. Energy Minister Radha Gyawali >54 Crore चमेलियाको ८ सय ४३ मिटर सुरुङ साँघुरिने समस्या समाधान कार्यमा ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले गत असारमा करिब १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ भेरिएसन स्वीकृत गरेको थियो । ठेकेदारका तर्फबाट सहपरामर्शदाता साह/सिल्ट/आइकन जेभीले सिफारिस गरेको उक्त भेरिएसन रकम पीडीडीलाई मूल्यांकन गर्न नदिई सञ्चालक समितिले सोझै स्वीकृत गरेको हो । 4. Sudip Chandra Shah, TIA Custom Chief <1 crore अवैध सुन चोरी निकासीको मुद्धामा थुनामा रहेका भारतीय नागरिकलाई छुटाउन घुस लिएको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सुदिपचन्द्र शाह र नायव सुब्बा हरिवंश कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 5. Golden Gate International College Director, Devi Ram Pandey > 1 Crore गोल्डेन गेट कलेज परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट गरेको आरोप पक्राउ परेका देवीराम पाण्डे (रातो घेरामा) । २१ - See more at: http://www.onlinekhabar.com/20... 6. Chief Secretary, Lillamai Paudel let police cadres for the construction of his house. 7. NOT CORRUPTION: Prime Minister Sushil Koirala refuse to give ride to the constituent Assembly member of his party and now he's declared dead. 'यस्तो लापरबाही गरियो, देशको सभासद्को अवस्था त यस्तो छ,' यस्तै दुर्घटनामा परेर सख्त घाइते भएका हजारौं सर्वसाधारण बचाएर पूर्वक्षेत्रमा लोकप्रिय बनेका रोका भन्छन्, 'दुर्घटनाजस्तो गम्भीर घटनामा देशको प्रधानमन्त्रीले यसो गरेको राम्रो भएन, कम्तीमा मानवीय नाताले सहयोग गर्नुपर्थ्यो।' http://setopati.com/raajneeti/... http://setopati.com/raajneeti/... http://www.ekantipur.com/kanti... http://www.ekantipur.com/kanti... http://www.onlinekhabar.com/20... http://www.onlinekhabar.com/20... http://www.ekantipur.com/kanti... http://www.ekantipur.com/kanti... Last edited: 07-Dec-14 11:54 AM Last edited: 07-Dec-14 11:55 AM
metta · Dec 7, 2014 10:12 AM
Good post. We need more of these. From Governance and legislation point of view, we need a thorough follow-up on every single case. Many times we hear about CIAA investigating, and sometimes even arresting, these corrupt leaders. But what happens after few months? People and media lose interest and they walk out free. CIAA should have more power and they should have an accountability of their own; they should not only start a case but follow it too the grave and make sure the corrupt ones not only get jail time (and serve) but money is extracted from them. Till then we can keep posting these lists. At the minimum this will raise the awareness and, maybe force the Government to bring them to justice, maybe not.
Kiddo · Dec 7, 2014 11:36 AM
Good to see that the cancer that'd proved detrimental for ANFA's growth being finally cured.
riddle · Dec 7, 2014 11:50 AM
उजुरी सुन्ने समितिले पुछार (तेह्रौं) मा नाम पारेका केदारप्रकाश साउद (मन्त्री एनपी साउदका भाइ) लाई बढुवा गर्दा उनीभन्दा बढी नम्बर भएकालाई अन्याय परेको भन्दै चारजना डीआईजीपीले सर्वोच्च गुहारेका थिए । सर्वोच्चले पुछारका साउदको बढुवा गरी अरुलाई नगर्नू अन्यायपूर्ण त भन्यो । तर सार्क सम्मेलनमा सुरक्षा व्यवस्था प्रभावित हुने भन्दै साउदलगायतको बढुवा बदर गर्नु नपर्ने भन्यो । अख्तियारले साउन ३० गते सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसेलाई १० लाख रुपैयाँसहित पक्राउ गरी मुद्दा चलायो । सरकारी फाइल अभियुक्तको घरैमा लगेर सफाइको कागज दिएर पैसा बुझ्ने चालिसेभन्दा माथिका कोही तानिएनन् । उनका विभागीय प्रमुख चूडामणि शर्मा केही दिनपछि अर्थ मन्त्रालयको सबैभन्दा सानो सम्पत्ति शुद्धीकरण अनुसन्धानबाट सबैभन्दा ठूलो आन्तरिक राजस्व विभागमा सरुवा भए । चालिसेले विभागमा उजुरी परेकी एक सेवाग्राहीलाई अभियोग तामेलीमा राखेको कागज घरैमा पुगेर दिई उक्त रकम लिएका थिए । 'तामेलीमा राख्ने निर्णय सदर गर्ने उपसचिव जीतेन्द्र बस्नेत नातागोताको फेर समातेर उन्मुक्ति पाए,' अख्तियारसम्बद्ध स्रोत भन्छ, 'त्यसमाथिकाले पनि कुरा मिलाए ।' http://www.ekantipur.com/kanti...
metta · Dec 7, 2014 11:58 AM
नेपाल दुरसंचार प्राधिकरणको ऐनलाई उल्लंघन गर्दै सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले आफू अध्यक्ष रहेको एपेक्स कलेजका भाइस प्रिन्सिपललाई प्राधिकरणको सदस्यको रुपमा नियुक्त गरेका छन् । गत विहिबार मन्त्रीपरिषद्ले एपेक्स कलेजका भाइस प्रिन्सिपल टीका उप्रेतीलाई नियुक्ति दिइएको छ । दुरसञ्चार ऐनको दफा ५ अनुसार पाँच सदस्यीय दुरसञ्चार प्राधिकरणमा अध्यक्षसहित सदस्यहरु सम्बन्धित क्षेत्रमा अनुभवी, प्राविधिक र प्रशासनिक जानकारी भएको, लेखा र लेखापरिक्षण सम्बन्धी अनुभवी तथा दुरसञ्चार सम्बन्धी कानुनी जानकारी भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । तर मन्त्रीपरिषदले बिहिबार नियुक्ति दिएका सदस्य टिका उप्रेतीसंग दुरसञ्चार सम्बन्धी कुनै अनुभव छैन । http://www.ratopati.com/2014/1... http://sajha.com/mobile/info.c...
metta · Dec 7, 2014 12:03 PM
कसले खायो ३५ किलो सुनको सुराकी कमिसन ? कमिसनवापतको १५ प्रतिशत सुन वास्तविक सुराकीलाई नदिएको भन्दै तीनजना सुराकी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा पुगेपछि यस प्रकरण थप चर्किने संकेत देखिएको छ । समितिले सुनकाण्डबारे जानकारी लिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बोलाए पनि आइतबार उनी अनुपस्थित रहे । तर, प्रहरीका उच्च अधिकारीहरुले वास्तविक सुराकीको नाम नराखी आफन्त र नातागोतालाई 'नक्कली सुराकी खडा गरेको' सभासदहरुले आरोप लगाएका छन् । कांग्रेसका धनराज गुरुङले वास्तविक सुराकीलाई प्रहरीले धम्कि दिएको आरोप लगाए । 'सुराकीलाई प्रहरीले थ्रेट दिएको छ,' लेखा समितिको बैठकमा उपस्थित एआईजी सुरेन्द्रबहादुर शाहको ध्यानाकर्षण गराउँदै उनले भने, 'लागु औषधमा फसाउँछौं, इन्काउन्टरमा सिध्याउँछौं भन्ने गरिएको छ । यसरी टर्चर दिनुभएन ।' परिवार दलका एकनाथ ढकालले सुराकीको नाममा प्रहरीले व्यापक भ्रष्टाचार गरेको आरोप लगाए । एमालेका पशुपति चौलागाईंले सुनकाण्डमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, डीआईजी केशबहादुर शाही, प्रकाश अर्याल, प्रहरी नायव उपरीक्षक ईश्वरबाबु कार्कीलगायतको नाम मुछिएको भन्दै प्रष्ट पार्न आग्रह गरे । http://www.ekantipur.com/np/20...
metta · Dec 7, 2014 12:09 PM
Wow. This is the most important thread that everyone of us should be reading and contributing to.
kalidasbhaisaab · Dec 7, 2014 1:02 PM
yesto ghussyaha haru lai ta jiudai gadddinu ni
divorceguy · Dec 7, 2014 8:35 PM
Thank you for this post. Hamra Nepali daju bhai, didi bahiniharu lai yesto kura ma chaso nalagnu nai hamro durbhagya ho. Hami le nai chaso nadekhayepachi ti aparadhi ghuskhori le kina ghus khana chodthiyo? Sarkari uchha pad ko byakti le thulo ghus gareko pramanit bhayema mrituydanda hunu parchha. Mero bhannu yehi chha.
Chandra Surya · Dec 8, 2014 4:27 AM
अखित्यार को स्थापना सानातिना भ्रस्टाचार र अनियमितता लाइ कारवाई गरि जनतालाइ ठुला ठुला भ्रत्साचार बिरालाले आची लुकाए झैँ ढाक् छोप गर्न लाइ लयाइएको हो | अरबौ डलर बिदेशी बैंकमा राखेका छन् प्राय जसो सबै बिगतका भूमिगत माओबादिहरुले : यिनीहरुको लाइ संरक्षण गर्दै छ ? बिदेशी बैकमा राखिएको बिबरण पेश गर्न सरकारी आदेश दिने अनि १० लाख भन्दा बढी १९९० पछि नेपालि नागरिकले भारतमा राखेको जफत गरिएको खण्डमा हामीलाई अरुण जलबिधुत योजनाकोलागी बिदेशीको मुख ताक्नु पर्दैन | सबै उही ड्याङ्का भए पछि काले काले मिलेर खाउ भाले मिलोमति मै देश चलि रहन्छ र चलाई रहन्छन |
magorkhe1 · Dec 8, 2014 10:07 AM
के हो ३५ किलो सुनकाण्ड ? गत असार २३ गते प्रहरीले काठमाडौंको तीनकुनेबाट ३५ किलो सुन समात्यो । भीमबहादुर तमाङ, पदम तामाङ र सञ्जय झाको सुराकीमा प्रहरीले सो परिमाण बराबरको सुन समातेको थियो । बरामत भएको सुनको १५ प्रतिशत मूल्य बराबर ‘सुराकी कमिशन’ दिने चलन छ । जसअनुसार उक्त सुनको सुराकी गर्नेले सुराकी कमिशनवापत २ कराेड १० लाख रुपैयाँ पाउनुपर्ने थियो । तर, प्रहरी नेतृत्वले आफ्नै नाता गोतालाई नक्कली सुराकी खडा गरेर वास्तविक सुराकीलाई कमिसन नदिएपछि यो काण्ड बाहिर आयो । यो पनि पढ्नुस् – तीन वर्षमा २८५ किलो सुन समातियो : प्रहरी अख्तियारको आलटालपछि लेखाको शरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धानमा आलटाल र ढिलाइ भएको सुराकीहरुको गुनासो छ । प्रहरीका उच्च अधिकारीबाट ज्यान मार्ने धम्कीसमेत आएको भन्दै सुराकीहरुले आफ्नो सुरक्षा र घटनामाथि छानविन गरी आवश्यक कारवाही गर्न लेखा समितिमा निवेदन दिएका हुन् । सभासद धनराज गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरोका हवल्दार सुरेन्द्र स्वाँर र सुराकीबीच सुराकी कमिसनमा भएको ‘मोलमोलाई’को भिडियो नै संसदमा देखाए । त्यसैगरी गुरुङले सीआइबीका तत्कालीन एसपी ईश्वरबाबु कार्की र सुराकीबीच टेलिफोनमा भएको कुराकानीको अडियो पनि संसदमा सुनाए । रेकर्डमा एसपी कार्कीले भनेका छन् -‘सुराकी तिमीहरु नै हौ, तिमीहरुलाई कमिशन दिउँला, तर डलरवाला पनि खोज । डलरवाला ल्यायौ भने कमिशन पाउँछौ । म सरुवा मिलाएर काभ्रे वा भक्तपुर आउँछु, अनि सेटिङ मिलाएर काम गर्नुपर्छ ।’ काभ्रेमा सरुवा मिलाएर सेटिङ मिलाउने बताएका एसपी कार्की हाल बारमा एसएसपी पदमा कार्यरत छन् । ‘पुलिसका डनहरुले नक्कली सुराकी खडा गरी आफैं पैसा लिन्छ, करोडौं कमाएर बैधानिक बनाउँछन्’ खतिवडाले अख्तियारलाई समेत आरोप लगाउँदै भने- ‘अर्बको फाइल गएपछि अख्तियारमा पनि अडि्कन्छ ।’ http://www.onlinekhabar.com/20...
metta · Dec 10, 2014 10:53 AM
http://www.mysansar.com/2014/1...
metta · Dec 10, 2014 6:39 PM
एमबिबिएस छात्रवृत्ति प्रश्नपत्र किनबेच प्रकरण : नेमका सञ्चालक डाक्टर नवीन शर्मा पक्राउ काठमाडौं— एमबिबिएस प्रश्नपत्र किनबेचमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेम इन्स्टिच्युटका मुख्य सञ्चालक डाक्टर नवीन शर्मालाई पक्राउ गरेको छ। अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीका अनुसार यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा उनलाई गिरफ्तार गरिएको हो। पक्राउ परेका दलालसँग शर्माको बारम्बार सम्पर्क भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको सुवेदीले बताए। घटनामा संलग्न भएको शंकाका आधारमा अख्तियारले अन्य ८ जनाभन्दा बढीको अनुसन्धान गरिरहेको जनाएको छ। १२ वर्ष अघिदेखि एमबिबिएस छात्रवृत्ति परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको नेमका सञ्चालक डाक्टर शर्माको घरमा केही दिन अघि अख्तियारले छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको थियो। विद्यार्थीबीच एमबिबिएस छात्रवृत्तिमा नाम निकाल्न नेमको तयारी कक्षा महत्वपूर्ण ठानिन्थ्यो। एमबिबिएस छात्रवृत्ति छनौट परीक्षाको पश्नपत्र पैसा लिएर 'आउट' गरेको आरोपमा अख्तियारले यसअघि सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। राजधानीको गोल्डेनगेट कलेजका निर्देशक एवं रसायनशास्त्रका अध्यापक देवीराम पाण्डे र अर्थशास्त्रका अध्यापक खेचरनाथ सापकोटा अख्तियारको नियन्त्रणमा छन्। रकम कारोबारमा मध्यस्थता गर्ने डा. प्रभातकुमार कुशवाहसँग कारोबार गर्दा गर्दैको अवस्थामा पाण्डे र कुशवाहलाई आयोगको टोलीले पक्राउ गरेको थियो। एमबिबिएस छात्रवृत्तिमा हुने अनियमितता रोक्न लागिपरेको अख्तियारले एमबिबिएस छात्रवृत्ति तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटहरु भाइब्रेन्ट र अर्बिटमा पनि छापा मारी अनुसन्धान गरिरहेको छ। http://nagariknews.com/main-st... शिक्षामन्त्रीले टेरिनन् संसदीय समितिलाई काठमाडौं– शिक्षा मन्त्रालयले लिने एमबिबिएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र बिक्री भएकोबारे छलफल गर्न बोलाइएको संसदको सुशासन तथा अनुगमन समितिको बैठक मन्त्री नै नआएपछि स्थगित भएको छ। समितिले छलफलका लागि शुक्रबार शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीलाई बोलाएको थियो। बैठक निर्धारित समयमै सुरु भयो। बैठकका लागि उपस्थित सबै शिक्षामन्त्री चित्रलेखा यादवको प्रतीक्षामा थिए। तर अन्तिम समयमा शिक्षा सचिव विश्वप्रकाश पण्डितले मन्त्री नआउने खबर सुनाएपछि बैठक सुरु भए पनि कुनै छलफल नगरी स्थगित भएको हो। समितिले भने मन्त्रीले संसदीय समितिप्रति बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले लिने परीक्षाको प्रश्नपत्र बिक्रीवितरणजस्तो संविदनशील विषयमा धारणा बुझ्न खोज्दा मन्त्रीको अनुपस्थितिले झनै शंका बढाएको समितिका सभापति शेरधन राईले बताए। 'प्रश्नपत्र बिक्रीवितरणमा कर्मचारीकै संलग्नता रहेको खबर सञ्चारमाध्यममा आएका छन्,' उनले नागरिकन्युजसँग भने, 'यस्तो संवेदनशील विषयमा सम्बन्धित मन्त्रीलाई बोलाउँदा अनुपस्थित हुनुले झनै आशंका बढाएको छ।' मन्त्री अनुपस्थित हुनुको कारण सचिवले समेत स्पष्ट दिन नसकेको उनले बताए। संसदको कामभन्दा ठूलो कुनै काम हुन नसक्ने तर्क गर्दै राईले भने, 'संसदीय सर्वोच्चतालाई बेवास्ता गर्ने काम भएको छ। यसलाई समितिले गम्भीर रुपमा लिएको छ।' मन्त्री अनुपस्थित भए पनि मन्त्रालयका सचिवसहितका पदाधिकारी भने समितिको बैठकमा उपस्थित थिए। समिति सदस्यहरुले प्रश्नपत्र बिक्रीजस्तो विषयमा मन्त्रीले नै जवाफ दिनुपर्ने बताएपछि बैठक स्थगित भएको थियो। यसबारे शिक्षामन्त्रीसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन। समितिले मन्त्रालयले नै लिने परीक्षामा प्रश्नपत्र कसरी आउट भयो भन्नेबारे शिक्षामन्त्रीसँगै छलफल गर्ने गरी बैठक बोलाएको थियो। मन्त्री अनुपस्थित भएपछि समितिको बैठक अर्को सोमबार बस्ने भएको छ। प्रश्नपत्र आउट भएपछि गत शनिबार भएको एमबिबिएस छात्रवृत्ति परीक्षा स्थगित भएको थियो। उक्त परीक्षा मन्त्रालयले भोलि लिँदैछ। http://nagariknews.com/politic...
metta · Dec 12, 2014 6:45 PM
मन्त्रिपरिषदबाट निर्णय गर्दै भातृसंगठनलाई लाखौं बाँडियो प्रधानमन्त्रीलाई डेढ करोड 'आर्थिक सहायता' प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो औषधि उपचार खर्च वापतको रकम ‘आर्थिक सहायता’ शीर्षकमा परराष्ट्र मन्त्रालयबाट पाएका छन् । अमेरिकामा उपचार गराएका कोइरालाका लागि नेपाल सरकारले १ करोड ४३ लाख ३८ हजार ८ सय ८५ रुपैयाँ व्यहोरेको अर्थ मन्त्रालयले जनाएको छ । दोस्रोपटकको उपचारका लागि अमेरिका जाँदा भने संयुक्त राष्ट्र संघको ६९ औं महासभा परेकाले प्रधानमन्त्रीले ‘विशिष्ट व्यक्तिको भ्रमण खर्च’ अन्तरगत नै यात्रा पूरा गरेका छन् । महासभाको बैठकमा जाँदा १ करोड ९० लाख २४ हजार ६ सय २२ रुपैयाँ खर्च भएको छ । सरकारले कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको उपचारका लागि मन्त्रि परिषदबाट निर्णय गराई ५० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पहिलो पटकको उपचारका क्रममा १ करोड २८ लाख आर्थिक सहायता पाएका छन् । कानूनमन्त्रीले लिए साढे चार लाख यसैवीच कानूनमन्त्री नरहरी आचार्यले संविधानसभा निर्वाचनका बेला तोडफोड भएको गाडीको मर्मतका लागि भन्दै गृह मन्त्रालयबाट ‘आर्थिक सहायता’ लिएका छन् । मन्त्री आचार्यले आफ्नो बा ६ च ४१९ नम्बरको सवारी साधनको क्षतिपूर्तिवापत ४ लाख ३४ हजार ७ सय ६७ रुपैयाँ ‘आर्थिक सहायता’ लिएका हुन् । नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’को धापासीस्थित निवास नजिकै आचार्यको गाडीको शिसा फुटेको थियो । http://www.onlinekhabar.com/20...
metta · Dec 15, 2014 5:39 PM
संस्थानमा नियुक्ति गर्दा करोड खाएको भन्दै मन्त्रीबाट हटाउन लविङ प्रसंग वाणिज्यमन्त्री एवं राप्रपा नेता सुनील थापाको हो । उनले हालै मन्त्रालयअन्र्गतका विभिन्न संस्थानमा नियुक्त गरेका थिए । खाद्य संस्थानको जिएममा प्रकाशबहादुर केसी, नेसनल ट्रेडिङमा धनबहादुर बुढा र राष्ट्रिय पारवहनमा किशोरबहादुर कार्कीलाई नियुत्त गरिएको जनआस्था साप्ताहिकमा खबर छ । बुढा राप्रपाका केन्द्रीय सदस्य एवं पशुपति समशेरका विश्वासपात्र मान्छिन भने कार्की सुनील निकट । केसीलाई एक करोड रकम लिएर नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्य मन्त्रीबाट हटाएर कारबाही गर्न अध्यक्ष पशुपतिसमशेरकहाँ धाउन थालेका छन् । थापाले आफ्ना नातेदार एवं राप्रपा कास्कीका नेता देवीबहादुर कुँवरमार्फत केसीसँग १ करोड लिएरु पाँच लाख आफूले राकी बाँकी रकम सुनील थापालाई दिएको प्रमाण आफूसँग रहेको ती केन्द्रीय सदस्यको दाबी छ । किशोरबहादुर कार्कीलाई पारवहनमा नियुक्त गरेको विषय पनि विवादित छ । कार्की पार्टीका केन्द्रीय सदस्य हुन् । उनको ठाउँमा दीपक बोहरा, बुद्धिमान तामाङहरुले पदम तामाङको सिफारिस गरेका थिए । दीपक वनमन्त्री हुँदा पदमले वन विभागद्वारा बरामद रक्तचन्दन छुटाउन ३० लाख रकम दिएको तर बोहराले रक्तचन्दन छुटाउन नकसँदा पाँच लाख फिर्ता दिए पनि २५ लाख नतिरेको बताइएको छ । http://www.onlinekhabar.com/20... ‘भैपरी’ भन्दै सार्कमा यसरी भयो मनपरी भाडाका गाडीमा करोडौं स्वाहा परराष्ट्र मन्त्रालयले भारतबाट ५५ वटा गाडी भाडामा झिकाउँदा ३ करोड ९८ लाख ५२ हजार सकिएको छ । सार्कका बेला यति ठूलो रकम भारतले पुगेको छ । सभागृहमा २३ करोड स्वाहा सार्क सम्मेलनस्थलको मर्मतका लागि कात्तिकमा १५ करोड, ७७ लाख ७७ हजार ८ सय २५ रुपैयाँ सिध्याइयो । भदौ र असोजमा ग्यालरी बैठक मर्मत र फर्निसिङका नाममा ७ करोड ५४ लाख निकासा गरिएको थियो । पटक-पटक गरेर सभागृहका लागि २३ करोड भन्दा बढी खर्च देखाइएको छ । जबकि २३ करोडमा त्यस्तै नयाँ भवन ठडिन सक्ने विज्ञहरु बताउँछन् । http://www.onlinekhabar.com/20...
metta · Dec 16, 2014 9:29 PM
सुन सुराकी काण्डमा गृहमन्त्री तानिँदै १२ पुस, काठमाडौ । सार्वजनिक लेखा समितिले नेपाल प्रहरीले बरामद गरेको ३५ किलो सुनको सुराकी काण्डामा प्रहरीले गलत नियत राखेको ठहर गर्दै त्यस विषयमा स्पष्ट पार्न गृहमन्त्री बामदेव गौतमलाई बोलाउने निर्णय गरेको छ । समितिको शुक्रवारबो बैठकमा उक्त काण्डका वास्तविक सुराकीले पेश गरेको टेलिफोन वार्ताको रेकर्ड र केही भिडियो फुटेजसमेत उपलब्ध गराइएको थियो । उक्त संवाद सुनेपछि समितिले तत्कालिन केन्द्रीय अनुसन्धान ब्युारे (सीआईबी) मा कार्यरत प्रहरीहरुले बदनियत गरेको ठहर समेत गरेको समाचारपत्रमा खबर छ । १८ वर्षअघि तिब्बतको खासाबाट नेपाल आउँदै गरेको सुनको बारेमा जानकारी दिने ब्यक्तिलाई सुराकीमा राखेपछि उक्त काण्ड बाहिर आएको थियो । समितिका सदस्यहरुले उक्त सुनकाण्डका बारेमा आएका कुरा http://www.onlinekhabar.com/20...
metta · Dec 27, 2014 8:01 PM
Education is important, but in Nepal, Educated ones are very corrupted. EDUCATED in foreign country, WORK EXPERIENCEs from western countries (and UN?), that was not enough for him. He decides to become a minister and then LOOT and make ordinary people suffer. I'm talking about Sunil Kumar Thapa, son of Surya Bahadur Thapa. How much more do these people need to LOOT. Now, I'm reading Sunil Kumar Thapa's son is also interested in politics (onlinekhabar.com). God save our country. Read today's cover story in Kantipur.
metta · Jan 26, 2015 8:06 PM
मैले पहिलै भनेको हु | कार्कीजी बद्रि दाहाल उर्फ पुष्प कमल का दाहिना हात हुन् | उनि र उनका भारदारका रक्षार्थ कृष्णजी अर्जुनका सारथि झैँ हुन् | उनको काम बफादारीता मै बितेको छ | सक्ने हो भने दाहाल बा कै लगौटी खोल्नु पर्ने हो र उनले देश र बिदेशमा राखेको $$ र भारु जफत गरेर देखाउन किन सकेनन ? देश म रोए जस्तो गर त फकाए जस्तो गरेस मै बितेको छ | भारस्ताचारितामा हामि १ नम्बर |
MaGorkhe1 · Jan 27, 2015 6:15 PM
जुवाडेबाट बरामद एक करोड प्रहरीद्वारा गायब सुर्खेतः सुर्खेतमा जुवाको खालबाट वरामद गरिएको एक करोड रुपैयाँ गायब भएको छ । बुधवार राति वीरेन्द्रनगरको एक घरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेको थियो । सो क्रममा एक करोड भन्दा बढी रकम बरामद गरिएको भएपनि प्रहरीले केवल ५ लाख रुपैयाँ मात्र बरामद भएको मचुल्का बनाएर अरु रकम गायब बनाएको हो । उक्त जुवाको खालबाट प्रहरीले जिल्लाका ठूला व्यापारीहरुसहित ११ जना जुवाडेलाई पक्राऊ गरेको छ । यस्तै प्रहरीले जुवा खेल्दै गरेका उद्योग वाणिज्य संघका केही पदाधीकारीहरुलाई भने राती नै भगाएको थियो । जिल्लामा हालसम्मकै धेरै रकममा जुवा खेलेको सूचना पाएपछि प्रहरीले करिब तीन घण्टासम्म जुवा खाललाई घेराउ गरेको थियो । सोही क्रममा उक्त खालबाट वरामद भएको करिब एक करोड रकम प्रहरीले गायव बनाएको स्थानीयले दावी गरेका छन् । स्रोतका अनुसार जुवाको खालमा ८० लाख नगद र एक किलो सुन रहेको थियो । तर, प्रहरीले भने जम्मा पाँच लाख रुपैया मात्र वरामद भएको मुचुल्का तयार गरेको छ । जिल्लाका ठूला व्यापारीहरुसहित प्रहरीले करिव एक करोड रकम वरामद गरेको भए पनि अन्य रकम गायव बनाएको जुवाडेहरुले समेत बताएका छन् । जुवा खालमा छापा मारेपछि जिल्लाका ठूला व्यापारी र ठूलो परिणाममा रकम फेला परेपछि प्रहरीको उच्च तहसम्मा नै यसबारेमा मिलेमतो भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । तीन घण्टासम्मको घेराउपछि मात्र प्रहरीले माथिको आदेश भन्दै जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले राती छापा मारेपछि केही व्यापारीहरु भने झ्यालबाट हाम फालेर भागेका थिए । पछिल्लो समय जिल्लामा जुवा खालबाट बरामद भएको रकम सादा पोशाकमा रहेका घुमुवा प्रहरी र प्रहरीका उच्च तहका व्यक्तिहरुले समेत गायव पार्ने गरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । बुधवार राति पनि एक करोड भन्दा बढी रकम जुवा खालमा रहेको भएपनि जिल्ला प्रहरी कार्यालयले भने केवल पाँच लाख मात्र बरामद भएको दाबी गरेको छ । यो घटनाले प्रहरीको भूमिकामाथि थप आशंका उब्जाएको छ । यता जिल्ला प्रहरी कार्यालयका डीएसपी बहादुरजंग मल्लले पनि आफूहरुले पाँच लाख रुपैयाँ मात्र बरामद गरेको जानकारी दिए । जुवा खालबाट जिल्लाका ठूला व्यापारी पक्राउ परेको र ठूलो रकम गायव भएपछि प्रहरीको चाडपर्व सुरक्षा योजनामा समेत चुनौती देखा परेको छ । http://annapurnapost.com/News....
metta · Nov 12, 2015 6:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion