वासिङ्टन डिसी— अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको सर्किट अदालतले अमेरिकाको डिसीमा १९८३ मा दर्ता भएको नेपालीहरुको छाता संगठन द एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को निर्वाचन आउँदो डिसेम्बर २४ तारिखमा गर्ने भएको छ। एएनएको निर्वाचन सम्पन्न गराउन अदालतबाट नियुक्त भएका ट्रस्टी डेनिएल ए लाप्लासाले निर्वाचन सम्बन्धी छापा विज्ञप्तिमार्फत संस्थाका सदस्य तथा संचार माध्यमलाई विस्तृत रुपमा जानकारी गराएका छन्। नेपालीहरुको विवाद समाधान गर्न मुलुक बाहिर अदालतको पहलमा चुनाब गराई दिन लागेको यो विश्वमै पहिलो घटना हो। जस अनुसार डिसेम्बर ५ तारिख भित्र सदस्यहरुको प्रमाणीकरण गर्ने समय निर्धारण गरिएको छ भने डिसेम्बर ९ तारिखमा प्रस्तावित सदस्य सुची प्रकाशन गर्ने उल्लेख छ। यसै गरि बिधान अनुसार उम्मेदवार हुन् चाहना राख्नेले डिसेम्बर १५ सम्म मनोनयन भर्नु पर्ने जानकारी सहित डिसेम्बर २४ देखि डिसेम्बर ३१ तारिख सम्म बिधुतिय प्रणाली बाट निर्वाचन गरिने जानकारी दिएका छन् l आउदो डिसेम्बर २४ तारिखमा हुने निर्वाचन तीन पटक असफल भए पछि चौथो पटक हुन् लागेको हो। २०११ मा आजीवन सदस्य तथा साधारण सदस्यको बिषयलाई लिएर मतभेद उत्पन्न भएपछि एएनएको निर्वाचन अदालतमा पुगेको थियो। गत जुलाई ४ तारिखमा ३२ औ एएनए डिसी सम्मेलनमा निर्वाचन गर्ने समय तोकिए तापनि अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको सर्किट अदालतमा निर्वाचन स्थगित गरी पाउँ भनि एएनएका पूर्व पदाधिकारीहरुले मुद्दा दायर गरेपछि निर्वाचन स्थगित हुन् पुगेको थियो l तेस्रो पटक अदालतबाट नियुक्त भएका ट्रस्टी डेनिएल ए लाप्लासाले गत अगस्त २०१४ मा निर्वाचन गराउन समिति समेत गठन गरेता पनि सदस्यताका बिषय तथा अन्तरिम कार्यकारी समितिका वर्तमान पदाधिकारीहरुले निर्वाचनमा उम्मेदवारी दिन नपाउने भनि अगाडी सारिएको प्रस्तावको बिषयमा मतभेद भए पछि समिति भंग हुनुको साथै निर्वाचन स्थगित हुन् पुगेको थियो l अमेरिकामा नेपालीहरुबीच अदालत गएका कैयौ घटनाहरु छन् तर आफ्नै समुदायको संस्थाको निर्वाचन नै अदालतले गर्ने गरी अख्तियार सुम्पिएको पहिलो घटना भएको छ। निर्वाचनको नतिजा जनवरी ५ तारिख गरिने उक्त छापा बिज्ञप्तिमा जनाउदै ट्रस्टी डेनिएल ए लाप्लासाले सदस्यको पूर्ण ठेगाना ,सदस्य भएको प्रमाणीकरण गर्नु पर्ने ,सदस्यता शुल्क तिरेको भरपाई राख्नु पर्ने तथा एएनए को गोस्वारा खातामा दर्ता भएको हुनु पर्ने जस्ता कुराहरु अदालतले निर्णय गर्दै सोहि अनुसार आदेश दिएको उल्लेख गरेका छन् l श्रोत अनुसार अदालतबाट नियुक्त भएका ट्रस्टी डेनिएल ए लाप्लासाको खर्च अदालतमा मुद्दा दायर गर्ने वादी र प्रतिवादीले बेहोर्नु पर्ने बुझिएको छ l - See more at: http://www.nagariknews.com/dia...
cybernepali · Dec 5, 2014 10:42 AM · 1,471 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion