सपनै रह्यो 'ग्रिनकार्ड रहर' 1 2 3 4 5 (0 votes) दाङ— अमेरिका धेरैको सपना हो। मोहनप्रसाद वलीको पनि थियो। पूर्णिमा वलीको पनि थियो। सपना सबैको पूरा हुँदैन। मोहनप्रसाद वलीको पूरा भएन। पूर्णिमा वलीको पनि पूरा भएन। 'दुई वर्षमा ग्रिनकार्ड बन्छ, अनि तिमी र छोरीलाई लिन आउँछु,' मोहनप्रसादले गएको शनिबार बिहान अमेरिकाबाट फोन गरेर यसै भनेका थिए। पत्नी पूर्णिमाको अनुहारमा खुसीले कान्ति छाएको थियो। सात समुद्रपारि अमेरिकाको न्युयोर्कबाट पतिको फोन आउँदा सुरुमा त उनी हड्बडाएकी थिइन्। सन्चो–बिसन्चो के सुन्नुपर्ला भनेर सुर्ता मान्दै रिसिभर उठाइन्। मोहनप्रसादको आवाज प्रस्ट सुनियो। आवाज सुनेरै सुर्ताउनुपर्ने केही छैन भन्ने लख काट्न सकिन्थ्यो। तै पत्नीको मन कहाँ मान्थ्यो र! घुमाइफिराइ दसथरिका प्रश्न सोधिहालिन्। आशय एउटै थियो, 'तपाईंलाई कस्तो छ?' 'मलाई सब ठिक छ,' उनले भने, 'आत्तिनुपर्दैन ।' पूर्णिमालाई आफ्नो छातीबाट सय टनको भारी बिसाएझैं हल्का भयो । उनले दुई वर्षमै जहान (छोरी र पत्नी) लाई अमेरिका लैजाने योजना सुनाएपछि त पूर्णिमामा खुसीको सीमै रहेन। सुखद कल्पनामा हराउन थालिन । उनलाई लाग्न थाल्यो, अब दुःखका दिन धेरै छैनन्। राम्रो सपना देखेर झल्याँस्स ब्युँझदा एकछिनसम्म मान्छेको होस फिर्दैन। उसलाई विपना र सपनाबीचको मसिनो धागो खुट्ट्याउन समय लाग्छ — विपना सपनाझैं लाग्छ, सपना विपनाझैं। पूर्णिमालाई त्यस्तै भइरहेको छ । घरि गएको शनिबार बिहान पतिले फोनमा दिएको आश्वासन सपनाझैं लाग्छ, घरि त्यसको २४ घन्टा नबित्दै अमेरिकाबाट आएको सन्देश सपनाजस्तो लाग्छ, जुन सन्देशले उनका सारा सपनालाई सिसाझैं चकनाचुर पारिदियो । अमेरिकामा बस्ने केही नेपालीले आइतबार बिहानै फोन गरेर भने, '४० फिट अग्लो घरबाट खसेर मोहनप्रसादको मृत्यु भयो।' जोसँग सुखी जिन्दगी बिताउने मीठो कल्पनामा पूर्णिमा अघिल्लो रात मस्त निदाएकी थिइन्, बिहान उनैको मृत्युको खबर सुन्नुप¥यो, त्यसयताका कुनै रात निन्द्रै परेको छैन। कहिलेकाहीँ चौबीस घन्टामा दिन र रात मात्र हुँदैन, जीवन र मृत्यु नै हुन्छ ! ... 'लिन आउँछु भन्नुहुन्थ्यो, आफैं कहिल्यै नआउने गरी जानुभयो ।' सोमबार दाङ, तुलसीपुरस्थित मोहनप्रसादको घर पुग्दा उनकी पत्नी पूर्णिमा विक्षिप्त अवस्थामा थिइन् । 'शनिबार बिहानै त्यति राम्ररी कुरा गर्नुभएको थियो, ग्रिनकार्ड पाएपछि तिमी र छोरीलाई लिन आउँछु भन्नुभएको थियो, एकै रातमा के सुन्नुप¥यो नि यस्तो !,' उनले भावविह्वल हुँदै भनिन् । मोहनप्रसादको मृत्यलाई 'आत्महत्या' भनिए पनि अहिलेसम्म कारण खुलिसकेको छैन । उनको परिवार भने त्यो क्षणलाई धिक्कार्छन्, जुन क्षण उनले अमेरिका जाने निधो गरेका थिए । वली परिवारलाई यहाँ नपुग्दो केही थिएन । धनसम्पत्ति पर्याप्तै थियो । तुलसीपुरमै खोलेको औषधि पसलबाट मोहनप्रसादले मासिक २०–३० हजार रुपैयाँ सजिलै कमाइरहेका थिए । तर, उनी यतिमै सन्तुष्ट भएनन् । उनलाई महिनाको लाखौं कमाउने लोभ जाग्यो । औषधि व्यवसाय बन्द गरेर अमेरिकी डलरको सपनामा हराउन थाले । घरपरिवारलाई भने उनको अमेरिकाको रहर पटक्कै चित्त बुझेको थिएन । 'यहाँ नपुग्दो के छ र ! यी सब छाडेर अर्काको ठाममा किन जान्छस् भनेर धेरै भनिम्, धेरै सम्झाएम्,' आमा तिलसरीले भनिन्, 'उसको एकोहोरो ढिपिसामु हाम्रो केही जोर चलेन ।' आखिरमा परिवार पनि आ–आफ्नो मुटु अँठ्याएर उनलाई अमेरिका पठाउन राजी भयो । मोहनप्रसादले ऋण–सापटबाट २६ लाख रुपैयाँ जोहो गरे । र, २०६९ फागुनमा अमेरिका जाने 'चोरबाटो' समाते । बिदाइको क्षण आँसु खसालिरहेको परिवारका सबै सदस्यलाई थुम्थुम्याउँदै उनले भनेका थिए, 'केही चिन्ता मान्नुपर्दैन, अमेरिकामा अलि वर्ष काम गरेर सेटल भएपछि तिमीहरू सबैलाई उतै लैजान्छु, ढुक्कसँग बस्नू ।' यति भन्दा मोहन आफैं ढुक्क थिए कि थिएनन् थाहा छैन, तर उनको ढाडसले पूर्णिमालगायत परिवारका सदस्यको मनमा भने आशाको धिपधिपे दियो बलेकै थियो । उनको अमेरिका यात्रा सुरु भयो, भारतको दिल्लीबाट । दलालहरूले सुरुका तीन महिना उनलाई दिल्लीमै अलपत्र पारेर राखे । त्यतिबेलासम्म उनको १० लाख रुपैयाँ खर्च भइसकेको थियो । त्यसपछि उनले बल्ल बुझे, अमेरिका जान जुन चोरबाटो उनले समातेका छन्, त्यो काँडैकाँडाले भरिएको छ । र, जसको आडभर पाएर उनी अमेरिकी सपना देखिरहेका छन्, ती मानवतस्कर गिरोहकै सदस्य हुन् । उनको मनमा हुन्डरी चल्न थाल्यो । एक मनले त घर फर्कूंजस्तो पनि लाग्यो क्यारे, परिवारलाई फोन गरेर सबै बेलिविस्तार लगाए । तीन महिनादेखि दिल्लीमा अलपत्र राखेर दलालहरूले १० लाख रुपैयाँ खाइदिएको गुनासो पनि उनले कहे । आमाको मनजस्तो कमलो त नौनी पनि हुँदैन । छोराको दुःख सुनेर आमा तिलसरी आफैं डाँको छाडेर रुन थालिन् । भनिन्, 'भो, १० लाख रुप्पे मायाँ मार्दै, फर्किहाल ।' 'जति भन्दा पनि मानेन, पैसासैसाको पछि नलाग्, तेरो ज्यान रह्यो भने यहीँ लाख–करोड जति पनि कमाइन्छ भनेँ,' तिलसरीले दिल्लीमा अलपत्र छोरासँगको कुराकानी सम्झँदै भनिन्, 'तैपनि मानेन, कालले डो¥याएको रैछ ।' तीन महिनापछि उनी दिल्लीबाट उडे । त्यहाँबाट हवाई मार्ग हुँदै धेरै देश छिचोल्दै गए । मेक्सिको पुगेपछि उनको हवाई यात्रा रोकियो । उनलाई त्यहाँबाट लुकेर अमेरिकी 'बोर्डर' पार गर्नुपथ्र्यो, नत्र त्यहाँको प्रशासनले पक्रेर झ्यालखानामा कोचिहाल्थ्यो । बोर्डर पार गर्दा बेहोर्नुपरेका सकस उनले परिवारलाई सुनाएका थिए । रातभर पैदल यात्रा र दिनभर बंकरमा लुक्नुपरेको क्षण सुनाउँदा घरिघरि उनी फोनमै सुक्सुकाउने गरेको आमा र पत्नी सम्झन्छन् । 'रातभरि हिँड्थ्यो रे, दिनभरि लुक्थ्यो रे,' आमा तिलसरीले भनिन्, 'कसैले देख्यो भने मार्छ वा झ्यालखानामा कोच्छ भन्थ्यो ।' तिलसरी अझै सम्झन्छिन्, अमेरिका पुग्नेबित्तिकै मोहनले फोन गरेर अत्यन्तै खुसी हुँदै भनेका थिए, 'बंकरमा लुक्दै–लुक्दै ज्यान जोगाएर आखिरमा अमेरिका आइपुगियो आमा, अब केही चिन्ता छैन, सब ठिक हुन्छ । अब हाम्रा दुःखका दिन गए ।' २०६९ फागुनबाट अमेरिका यात्रा सुरु गरेका मोहन २०७० साउनमा न्युयोर्क पुगेका थिए । अमेरिका पुगेको केही समयपछि उनी होटलको काममा लागे । परिवारले दिएको जानकारीअनुसार त्यहाँ उनी घन्टाको १० अमेरिकी डलर ज्याला पाउँथे । सुरुमा काम गरेको होटलमा उनी लामो समय टिक्न सकेनन् । काम गर्दागर्दा हात पाकेर चलाउने नमिल्ने भएको खबर उनले परिवारलाई दिए । 'होटलमा काम गर्दाखेरि हात पाक्यो भनेर फोन गर्नुभएको थियो,' पत्नी पूर्णिमाले भनिन्, 'मैले नै उहाँको दुःख बुझेर 'त्यसो भए अरू काम खोज्नुस् न त' भनेकी थिएँ ।' त्यसपछि मोहन किरानापसलमा काम गर्न थाले । त्यहाँ उनको ज्याला प्रतिघन्टा ९ डलर थियो । उनी त्यहाँ पनि सन्तुष्ट बन्न सकेनन् । ६ महिना जेनतेन काम गरे । यस अवधिमा घरमा १२ लाख रुपैयाँ पठाइसकेका थिए । झट्ट हेर्दा कमाइ सन्तोषजनकै थियो, तर मोहन खुसी थिएनन् । यस्तो लाग्थ्यो, एउटा अज्ञात पीडा भित्रभित्रै सल्किरहेको छ र उनको मन–मस्तिष्कलाई खोक्रो पारिरहेछ, घरको भित्तामा पलाएको पीपलको जराले भित्रभित्रै जग हल्लाइदिएझैं । परिवारलाई पनि यसको आभाष नभएको होइन । उनी अमेरिका पुगेदेखि नै निराशाजनक कुरा गर्न थालेको आमा सम्झन्छिन् । 'मैले जे सोचेको थिएँ, अमेरिका त्यो रहेनछ भन्थ्यो,' तिलसरीले भनिन्, 'हामीले फर्केर आइज भन्दा आउन्न भन्थ्यो ।' उनको अनुमान छ, आफू अमेरिका जाँदा लागेको ऋणले मोहनलाई चिन्तित पारेको थियो । यसको कारण के भने उनी हरेकचोटि फोनमा ऋणकै मात्र कुरा गरिरहन्थे । छोराको यो चिन्ता दूर गरिदिन उनले कोसिस नगरेका होइनन्, तर मोहनले पत्याएनन् । 'ऋणको चिन्ता नगर, हामी जग्गा बेचेर भए पनि मिलाउँछौं भनेका थियौं,' तिलसरीले भनिन्, 'यही चिन्तैचिन्ताले कालको बाटो खोजेको होला ।' त्यहीताक किरानापसलको काम गर्दागर्दै मोहन एकाएक बिरामी परे । परिवारका सदस्यलाई जानकारी गराएअनुसार उनलाई डिप्रेसनको समस्या थियो । रातमा निन्द्रै नलाग्ने रे ! निन्द्रा लाग्ने औषधि खाएर मात्र सुत्ने गर्थे रे ! 'औषधि नखाई त निन्दै्र पर्दैन भन्नुहुन्थ्यो,' पूर्णिमाले भनिन् । हुँदाहुँदा दिनको एक ट्याब्लेट औषधिले पनि काम गर्न छाड्यो । उनी रातभर नसुतेरै बस्न थालेका थिए । 'एकदिन निदाउनकै लागि १२ ट्याब्लेट औषधि एकैचोटि खानुभएछ,' पूर्णिमाले भनिन्, 'होसै नआएपछि मालिकले अस्पताल लगेर उपचार गराएको रहेछ ।' डिप्रेसनको यही समस्याले गलाउँदा–गलाउँदा उनी झन्डै ५ महिना काममै जान सकेनन् । पाँच महिना आराम गरेपछि पनि तंग्रिएका त होइनन्, तर बिस्तारै काममा फर्किन थाले । यसबीच परिवारलाई फोन गरेर 'अमेरिका बसाइ अत्यन्त कठिन भएको' जनाउ दिँदै घर फर्कने संकेत गरिरहेका थिए । तर, आमाबुबाले नराम्रो मान्लान् भनेर हो कि किन हो, खुलस्त भन्न सकेका थिएनन् । 'म घर आउँछु है, म काम गर्न नसक्ने भएँ भन्नुहुन्थ्यो,' पूर्णिमाले सम्झिइन्, 'कहिलेकाहीँ त एकदमै हतास सुनिनुहुन्थ्यो, यतै मरिने हो कि भन्ने डर लाग्छ भन्नुहुन्थ्यो । म यहाँ यति टाढा छु, फोनमा के भनूँ । चिन्ता नगर्नुस् भनेर सम्झाउँथेँ ।' कहिले घोर कालो बादल छाएको सुनिने मोहन कुनै दिन भने भर्खरै झरी थामिएर खुलेको निक्खर सफा आकाशझैं लाग्थे । त्यतिबेला उनी आफ्नो परिवार, खासगरी पत्नी पूर्णिमालाई ग्रिनकार्डको सपना बाँड्थे । र, ग्रिनकार्ड पाएपछि छोरीसहित अमेरिका लग्छु भनेर पत्नीलाई फुक्र्याउँथे । अन्तिमचोटिको फोनवार्ता त्यही बेलाको थियो, जब मोहनको मन साउनभदौझैं हराभरा थियो । 'ग्रिनकार्डका लागि मन नलागी–नलागी बस्नुभएको थियो,' पूर्णिमाले त्यही फोनवार्ता सम्झँदै भनिन्, 'आखिर सुर्तैसुर्ताले आफ्नै जिन्दगी सिध्याउनुभयो ।' उनले परिवारलाई केही दिनअघि मात्र ग्रिनकार्डको प्रक्रिया सुरु भइसकेको खबर गरेका थिए । यही प्रक्रियाकै लागि घरबाट सबै आवश्यक कागजात झिकाइसकेका थिए । ढिलोमा दुई वर्षभित्रै अमेरिकी ग्रिनकार्ड हात पर्ने उनको विश्वास थियो । अमेरिकी नागरिक बनेर सपरिवार उतै बस्ने सपना पनि परिवारलाई देखाइरहेका थिए । आज न त्यो सपना छ, न मोहन छन् । उनको शवधरि परिवारले देख्न पाएको छैन । आइतबार बिहान मृत्युको खबर सुनेदेखि नै वली परिवार शोकमा डुबेको छ । पूर्णिमा बिस्तराको बिस्तरै थलिएकी छन् । जोडा गुम्नुको पीडाले मरेतुल्य उनलाई तीन वर्षीया छोरी प्रोमिका नै सहारा बनेकी छन्, जसलाई आफ्नो बाबुको मृत्युको न खबर छ, न ज्ञान । बरु परिवारका सबै सदस्यको अनुहार खिन्न देखेर होला, बेलाबेला सबैलाई टोलाएर हेर्छिन् । अनि एकैछिनमा आमाको काखमा लुट्पुटिन पुगिहाल्छिन् । 'म रुन थालेँ भने के भा'छ मामु भनेर आँसु पुछिदिन आउँछे,' पूर्णिमाले भनिन्, 'अनि दगुर्दै बाजे, बोईकहाँ गएर ममीलाई औषधि गर्न लैजाम् भन्छे ।' पूर्णिमालाई श्रीमान गुम्नुको पीडा त छँदैछ, छोरीको स्याहारसुसारको चिन्ता पनि थपिएको छ । 'छोरीलाई खुसी पारेर राख्छु भन्ने मान्छे गैजानुभो,' उनले भनिन्, 'अब मैले कसरी खुसी पारेर राख्न सकुँला ?' शनिबार राति घरबाट खसेका मोहनलाई न्यूयोर्कस्थित एल्महस्र्ट अस्पताल पु¥याइएको थियो । उनको शव अहिले पनि अस्पतालमै छ । 'ज्युँदो भेट्न पाइएन, मरेको देख्न पाए पनि कति हुने थियो, कहिलेकाहीँ त मर्नुभएको छैन होला भन्ने पनि लाग्छ ।' अमेरिका धेरैको सपना हो । मोहनप्रसाद वलीको पनि थियो । पूर्णिमा वलीको पनि थियो। सपना सबैको पूरा हुँदैन । मोहनप्रसाद वलीको पूरा भएन । पूर्णिमा वलीको पनि पूरा भएन । - See more at: http://nagariknews.com/main-st...
cybernepali · Dec 2, 2014 10:39 AM · 17,772 views
दिबंगत आत्माले शान्ति पावोस | पर्खाल पारि सधै हरियाली छाएको हुन्छ भन्ने धारणालाई बास्तबिक धरातलमा उतार्न प्राय भोगाइले मात्र दिन्छ होला | मोहनका कथा वहा जस्तै साह्रा सम्पति धितो राखी खुट्टा उचाल्ने हरुले सुनु र मनन गरुन |
magorkhe1 · Dec 2, 2014 3:04 PM
यो 'ग्रिन कार्ड' को रहर हो कि नेपाली को विदेश मा गएर राम्रो जिविकॉर्पन गर्ने रहर हो? नेपालमा आफु र आफ्नो परिवारलाई राम्ररी पाल्न सकिने भएको भए जोकोहिले यसरी किन मरिहट्ठे गर्थे र? अनि यो रहर हो कि बाध्यता हो?
cardinal · Dec 2, 2014 3:42 PM
This story has been so much skewed with in regard to framing story for green card/USA. . The real issue I see is of "depression" . It would have been probably the same way had he gone to other country. We need to focus on people with depression issue and give him/her a good support system so that he/she feels comfortable and take better care of oneself. May be a networking program to help people who might be affected with such issue could be a good initiative.
perrybhadra · Dec 2, 2014 6:08 PM
Writer converted the tragic story into उपन्यास story.
NepaliBhai · Dec 2, 2014 7:13 PM
He was earning 20-30 thousand a month in Nepal which I think is okay if you are not in ktm. I don't know why he chose such a dangerous route to enter the US. RIP.
ujl · Dec 3, 2014 12:22 PM
धन सम्पत्ति भनेको शक्ति हो : हिजो चप्पल लाउने अनि माओबादिको जथ्थामा हिडेका हरुको करोडौ को हैन अरबौ को देखेको आफु नेपालमै बसेर कहिँ गर्न सकिन्छ कि भन्ने आट नभएका हरु घरको जाय जेथा हाक्न तयार हुने हरु ( २८ लाख खर्च भएछ , अमेरिका छिर्न नपाइ मेक्सिको बाटै नेपाल फर्किने हरु झैँ फर्कनु परेको भए के हुन्थ्यो ) शुखद भबिस्य को कल्पनामा ज्यान को बाजी मात्र हैन घर परिवारलाई पनि धितो राख्न तयार हुने हरु लाइ बास्तबिकताको धरातलमा उत्रिए पछि मात्र थाहा हुन्छ स्वप्निल अमेरिका र भोग्ने अमेरिका ? भोगिने अमेरिका को भोगाइले स्वप्न भंग हुन्छ अनि टाटा टिपाइ हैन चम्ची बाट गाग्रो भराई गरिन सुरु गरे पछि डिप्रेसन नभएर के हुन्छ त | एफ १ मा आउने हरु कोहि ट्युसन तिर्न नसकी कोहि पढ्न नसकी कोहि नया अमेरिकाको हावा लागेर भिसा म्याद नागेर न घरको न घाटको हुने हरुको संख्या कति छ तेस्को तथ्यांक हेर्ने हो भने कसैले बिचार भन्ला कसैले घाटी हेरी हाड्डि निल्न खोज्नु पर्थ्यो भन्लान भने एन तेन गरि हालिन्छ भन्ने हरु गर्न सकेनन पनि भन्ने निक्लालान ( मान्छेको मानिसक र बौद्धिक स्तर मा भर पर्छ ) हुन् सक्छ : जसरि जोतिए त्यो जोताई र त्यो २८ लाखको सदुपयोग गरेको भए ठिक हुने रहेछ भन्ने जस्ता तर्कनामा परेर ज्यान गुम्न गएको हुनु पर्छ |
magorkhe1 · Dec 3, 2014 2:03 PM
i feel sorry for him but it's his stupidity that killed him. why the hell the author talking about green card, that guy was illegally here, its so stupid to get loan like 26 lakhs and come here, if u have a brain, u can use that money in Nepal to do something, it's not a smart thang. i see lots of people coming thru the border, stupid gaules, who don't have a bit of education they come like this and their fate is depression n suicide. i see those sports people coming here too who don't even understand what black people are speaking. Bhutanis have the same fate too.
divorceguy · Dec 3, 2014 8:29 PM
Don't teach your stupid lessons just because you are a Sahariya and you can log on Sajha and bullshit all the time . Every one has choice and right to make their own decisions and many of them have turned out good and making fortune crossing borders adding one among 12-14 illegal immigrants. This one had different story. You are proud speaking better than african americans or being a brown in color you think a superior human being? Last edited: 04-Dec-14 10:10 AM
magorkhe1 · Dec 4, 2014 9:25 AM
@devorceguy What is your status in US? How did you get there? Your English sounds very funny. Last edited: 04-Dec-14 09:09 PM
NepaliBudho · Dec 4, 2014 11:59 AM
nepalibudho, its called southern accent thats why
divorceguy · Dec 4, 2014 9:43 PM
anyways gaules always find me funny, kale bhaisi akshyar barber illegal Nepali haru lai ICE bolaunu aprcha sati ho, sale pakhe haru
divorceguy · Dec 4, 2014 9:46 PM
Oh पारपाचुके guy, धोति accent भन न मोरा. त्यो पनि त southern accent हो नि. तेरो लेखाई बाटै थाहा हुन्छ तेरो standard. कसरि पाइस् legal status? उही southern accent हरु को restaurant बाट हो कि अस्सैलम ठोकया ?
nepalibudho · Dec 5, 2014 1:02 PM
dun compare me with dhoti u looney, compare me with rednecks i feel proud. i screwed some punjabi dhotini last time n yuck, they same as nepalese
divorceguy · Dec 5, 2014 8:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion