लुकीछिपी अरुको फोटो खिची अनुशासन सिकाउन खोज्नेहरुले आफैले कहिलेपनि अनुशासन तोढेनन होला?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुल्चन थालियो सडकको ‘फूलबारी’ (फोटो कथा) नागरिकले बाटो भुल्दा सडकको स्वरुप बिग्रियो २०७१ मंसिर १२ गते २३:१७ मा प्रकाशित  9194  352    2  १२ मंसिर, काठमाडौं । राजधानीका सडक किनारामा सार्क सम्मेलनका बेला रोपिएका फूल, दुबो र विरुवाहरु सम्मेलन सकिएको भोलिपल्टैदेखि कुल्चन र माड्न थालिएको छ । बबरमहलदेखि तीनकुनेसम्म सडक छेउमा रोपिएको दुबो सर्नै नपाई यात्रुहरुले जथाभावी कुल्चन थालेका छन् । सडकमा बाटो काट्ने ठाउँ कुठाउँबाटै मानिसहरुले बाटो काट्न थालेपछि दुबो र विरुवाहरु बाँच्नै नपाई सुक्ने स्थिति देखिएको छ । यात्रुहरुले जतासुकैबाट बाटो काट्दा पनि ट्राफिक प्रहरीले नियन्त्रण गरेको छैन । प्रहरीले यसअघि जथाभावी बाटो काट्नेलाई कारवाही गर्ने र केहीबेर नियन्त्रणमा लिने गरेको भए पनि अहिले त्यस्तो कारवाही गर्ने कार्यक्रम नरेको ट्राफिक प्रवक्ता बसन्तराज पन्त बताउँछन् । काठमाडौंको सडक किनारामा राज्यले धेरै रकम खर्च गरेर दुबो र विरुवा रोपेको छ । यसलाई जोगाउन सकियो र विरुवा हुर्किए भने राजधानीको शोभा बढ्न सक्छ । तर, यी विरुवाहरु नहुर्किँदै माडिने खतरा सार्क सम्मेलनको भोलिपल्टदेखि नै बढेको छ । कतिपय ठाउँमा यात्रुका लागि बाटो काट्ने ठाउँ राखिएको छैन, जसले गर्दा मानिसहरु कुठाउँबाट दुबो कुल्चेर हिँड्न थालेका छन् । तर, सरकारलाई मात्रै गाली गर्ने नागरिकहरुले पनि आफैं सचेत भएर यी कलिला बोट विरुवालाई माया गर्ने हो कि ?     तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर  - See more at: http://www.onlinekhabar.com/20...

funtush · Dec 2, 2014 8:43 AM · 12,705 views

5 Replies

काडा भएको तार राखे कन्ट्रोल हुन्थ्र्यो कि?

manpau · Dec 2, 2014 12:21 PM

हुन् त् म पनि असभ्य खाते नै हु ! म पनि नेपालमा भएको भए तेसरी नै बाटो काट्ने थिए होला तर यो खाते अमेरिकामा आएर अलिकति भए पनि सभ्य हुन् चै सिके है ! जता तेता नथुक्ने, फोहोर पनि गोजीमै हाली गारबेज क्यानमा मात्र फाल्ने, बाटो पनि जेब्रा क्रसिंगमा गर्ने, केटिहरुको बुब्स, चाक हेरे पनि येसो नहेरे जसो गरि पुलुक्क हेरिदिने जस्तो सभ्य पाठचै येही सिके है केटो हो !

Nas · Dec 2, 2014 2:32 PM

एकदम ठिक कुरो गर्यो नास ब्रो ले ;) आजकल त नेपाल जादा पनि अरु कसैले बाटोमा कागजको टुक्रा फाल्यो भने टिपेर गोजीमा राखु राखु जस्तो लाग्ने भन्या \

nepalilaure · Dec 2, 2014 3:50 PM

ma pani US aayera dherai change vaye, Nepal huda aaimai ko respect garthe, flirt garna pani dar lagthyo, chimeki le k vanla, bau aama le k vanla, samaj le k vanla, aadhi ettyadi, aile ta aarkako swasni pani choddina Last edited: 03-Dec-14 04:34 AM

divorceguy · Dec 2, 2014 10:25 PM

समन्ध बिछेद केटो ,अरु चै अमेरिका आएर सप्रन्छन् त चै बिग्रेछस ।

facebook · Dec 2, 2014 11:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all