रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा , मंगसिर १० ,भर्जिनिया काभ्रे घर भै हाल न्यु योर्कमा बसोबास गर्दै आएका अर्जुन मैनाली रक्तदान गर्न अमेरिका बाट आयरल्याण्ड पुगी रक्तदान गरि सोहि दिन अमेरिकाको न्यु योर्क फर्केका छन् l नोभेम्बर २४ तारिखका दिन आइरिश रक्त संचार सेवा आयरल्याण्डमा नेपाली समुदायहरुको पहलमा भएको रक्तदान कार्यक्रममा सहभागी भै आफुले १ सय २९ औ पटक रक्तदान गरेको बताएका छन् l आयरल्याण्डमा रहेका करिब २२ जना नेपाली समुदायका नेपालीहरुले समेत रक्तदान गरेको बताए l आयरल्याण्डको रक्त संचारमा औलोको जोखिम युक्त देशबाट आएको भन्दै पहिलानै रगत परिक्षण गर्नु पर्ने नियम रहेको जानकारी दिदै प्रवाशमा रहेका नेपाली समुदायमा ब्यापक रुपमा रगत दान हुन् सकेमा नेपालका युवाहरुलाई पनि रगत दान गर्न थप हौशला मिलोस भनि आफुले बिश्व ब्यापी रुपमा नेपाली समुदायमा रगत दानमा आफु सशक्त रुपमा लागेको बताए l दुई हजार भन्दा बढी नेपालीहरु बसोबास गरि रहेका आयरल्याण्डमा सन् १९८४ देखि जान थालेको उनले बताए भने रक्तदान कार्यक्रम गैर आवासीय नेपाली संघ आयरल्याण्ड अध्यक्ष गणेश प्रसाई, आयरल्याण्ड नेपाली समाजका महासचिब गंगाराम कंडेल तथा रक्तदान कार्यक्रमका संयोजक प्रकाश सापकोटाको संयुक्त प्रयासमा भएको जानकारी गराए l २०१४ को ११ महिनामा अमेरिका, क्यानाडा, बेलायत, बर्मुडा, मकाउ र आयरल्याण्डका नेपालीहरुसंग ६ पटक होल ब्लड र न्युयोर्कमा १० पटक प्लेट्लेट्स सहित १६ पटकमा ६,८५० एम एल रगत दान गरेको मैनालीले बताए l साधारण नेपालीहरुले रगत दान भन्दा ४ गुणा बढी हो भन्दै यति धेरै रगत दान गर्न सकिदो रहेछ भन्दै अन्यलाई कम से कम बर्षमा एक पटक रगत दान गर्न उत्प्रेरणा गर्न प्रयास गरेको बताए l अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अध्क्षय समेत रहेका अर्जुन मैनालीले सन् १९८७ अगष्ट २० मा बिशाल बजार लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा पहिलो पटक रगत दान गरेको बताए l

mahoday · Nov 25, 2014 6:09 PM · 5,128 views

1 Reply

Why didnt he donate blood in american blood bank and transfer the blood to blood bank in ireland?

funtush · Nov 26, 2014 4:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all