यो पन्जाछेप के हो भन्नु होला, हस्तछ्येपको भाइ हो पन्जाछ्येप. ठाडै हस्तछ्येप गरे, हस्तछ्येप भो, अलि मिलाएर-लुकाएर, हात नदेखिने गरि पन्जा लगाएर हस्ताछ्येप गरे पन्जछ्येप भो. http://www.onlinekhabar.com/20... From onlinekhabar: बहुमतबाट संविधान बनाए कठिनाइ भोग्नुपर्ने मोदीको चेतावनी (भिडियोसहित) मधेसी, पहाडे र माओवादीलाई उपेक्षा नगर्न सुझाव २०७१ मंसिर ९ गते १६:५१ मा प्रकाशित 298 117 0 Modi-in-kathmandu-for-SAARC-4 त्रिभुवन बिमानस्थलमा मोदीलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री बामदेव गाैतम । तस्वीरः अनलाइनखबर ९ मंसिर, काठमाडौं । नेपालका सत्तारुढ ठूला राजनीतिक दलले सहमति नजुटे दुई तिहाइ बहुमतको प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्ने तयारी गरिरहेका बेला भारतले ‘त्यसो गरिए नेपालका लागि दुर्भाग्य हुने’ चेतावनी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संख्याका आधारमा होइन, सहमतिबाट संविधान बनाउन यहाँका राजनीतिक दलहरुलाई ‘ठूलो स्वरमा’ सुझाव दिएका छन् । नेपालमा चाँडै नै यस्तो संविधान बनोस्, जहाँ मधेसीले हामीलाई हेर्ने कोही छैन भन्ने महसुस नगरोस्, पहाडीले पनि त्यस्तो नसोचोस् र माओवादीलाई पनि नलागोस कि हामीलाई सोध्ने कोही छैन वीर अस्पताल परिसरमा भारतको सहयोगमा निर्मित ट्रमा सेन्टरको उदघाटन समारोहलाई सम्बोधन गर्दै मोदीले भने- ‘म नेपालका सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्छु, संविधान निर्माण सहमतिबाट गर्दा नै फाइदा हुन्छ, संख्याको बलबाट संविधान निर्माणले नेपालको कहिल्यै भलो गर्दैन ।’ मोदीले नेपालले कस्तो संविधान बनाउने भन्ने आफैं निर्णय गर्न र त्यसमा भारतको कुनै हस्तक्षेप नहुने प्रष्ट पारे । ‘तर नेपालको संविधान यस्तो गुलदस्ता (फूलबारी) होस्, जसमा हरेकले आफ्नो फूल र बासना छ भन्ने अनुभूति गर्न सकुन्’ मोदीले भने । मोदीले मधेसी र माओवादीलाई उत्साहित पार्दै भने- ‘नेपालमा चाँडै नै यस्तो संविधान बनोस्, जहाँ मधेसीले हामीलाई हेर्ने कोही छैन भन्ने महसुस नगरोस्, पहाडीले पनि त्यस्तो नसोचोस् र माओवादीलाई पनि नलागोस कि हामीलाई सोध्ने कोही छैन ।’ उनले एकपटक सहमतिबाट संविधान जारी गरेपछि संसदबाट दुई तिहाइले संशोधन गर्न सकिने भएकाले अहिले सहमतिबाहेक अरु नसोच्न सुझाव दिए । मोदीले भने’नेपालका हरेक मानिसले यो संविधानमा अपनत्व महसुस गर्न सकेनन्, उनीहरुका सपना समेटिएनन् भने नेपालका लागि त्यसपछि धेरै ठूलो कठिनाइ हुनेछ । मोदीले प्रष्ट भाषामा उपदेश र चेतावनीको शैलीमा सहमति बाहेक अर्को प्रक्रियाबाट संविधान जारी नगर्न सुझाव दिइरहेका बेला प्रधानमन्त्री सुशील कोइराला ध्यानपूर्वक उनको भाषण सुनिरहेका थिए । मोदीले नेपाल खुसी भएमात्रै भारत मुस्कुराउने भन्दै संविधान निर्माणको प्रक्रिया ढीलो भइसकेकोतर्फ पनि नेपालका नेताहरुको ध्यानाकर्षण गराए । ‘संविधान निर्माणको काममा नेपालको संविधानसभा राम्रोसाग अघि बढेको छ, तर मलाई लाग्छ अब ढिला भरहेको छ ‘ मोदीले भने । मंगलबार साँझ सोल्टी होटलमा कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलका नेतासँग गरेको भेटमा पनि मोदीले सहमतिका आधारमा संविधान बनाउन सल्लाह दिएका छन् । भारतका पूर्वराजदूत राकेश सूदले कांग्रेस एमालेमा पहाडे बाहुन र क्षेत्रीहरुको बाहुल्यता रहेको बताएजस्तै मोदीले आफ्नो भाषणमा मधेसी, पहाडे र माओवादीको पदावली प्रयोग गरेर नेपाली समूदायलाई कित्ताकाट गरेका छन् । (हेर्नुहोस्- राकेश सूद : कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ) उपदेश र आश्वासन भारतीय प्रधानमन्त्री आफ्नो भाषणमा नेपालको राजनीतिक मामिलामाथि विना हिच्किचाहट आफ्नो धारणा राखेका छन् । संविधान निर्माण प्रक्रियाबारे देशभित्र ठूलो बहस भइरहेका बेला मोदीले माओवादी र मधेसवादीको मतलाई खुलेआम समर्थन गर्दै बहुमतीय प्रक्रियाबाट संविधान नबनाउन भनेपछि सत्तारुढ दललाई अप्ठ्यारो परेको छ । ट्रमा सेन्टर उदघाटनमा प्रधानमन्त्री सुशील कोइरालाले अंग्रेजीमा लिखित भाषण पढेका थिए । मोदीले हिन्दीमा अलिखित मन्तव्य दिने क्रममा निकै लामो, अनौपचारिक र उपदेशात्मक अभिव्यक्ति दिए । - See more at: http://www.onlinekhabar.com/20...
Kiddo · Nov 25, 2014 11:39 AM · 1,667 views
Kiddo · Nov 25, 2014 11:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion