http://www.weeklynepal.com/?p=... काठमाडौ । महागनरीय प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रहरीको व्यवहारबारे छलफल भइरहँदा एक प्रहरी टोली भने फिल्म हलमा गएका विद्यार्थी खोज्दै थिए। कलेज गएका विद्यार्थी फिल्म हल गएकोले सुधार्नका लागि प्रहरी हलमा गएको हो।महानगरीय प्रहरी वृत्त गौशलाले चाबहीलस्थित गोपिकृष्ण हलबाट १३ जना विद्यार्थीलाई अपराधीजस्तै गरी पक्राउ गर्योव र टेलिभिजनका पत्रकार बोलाएर भिडियो खिचायो। फिल्म हलबाट तीन सय विद्यार्थी पक्राउ गरिएको भन्दै टेलिभिजनहरूमा फ्लास न्यूज बजाइयो।नायक भुवन केसीले जेरी फिल्मको गलत तरिकाले प्रचार गर्नका लागि यसरी प्रहरी र मिडिया दुरुपयोग गरेका हुन्। गत शुक्रबारदेखि छोरा अनमोलले अभिनय गरेको फिल्म जेरी उक्त हलमा चलेको थियो। सोही फिल्म हेर्न विद्यार्थीहरू कलेज छाडेर हलमा गएको भन्दै प्रोपोगाण्डा मच्चाएर उक्त फिल्मको प्रचार गर्नका लागि केसीले प्रहरीलाई छापा हान्न लगाइएको थियो। फिल्मी पत्रकारहरूलाई पहिले नै हलमा बोलाइसकिएको थियो। पक्राउ परेका अधिकांश विद्यार्थी हिन्दी फिल्म हेर्न गए पनि जेरी हेर्न गएको भनेर प्रचार गरिएको थियो। ताकि जेरी फिल्मबारे मानिसमा जिज्ञासा उत्पन्न होस्।प्रहरीको यो कामको सामाजिक सञ्जालहरूमा धेरै आलोचना भयो। त्यसरी पक्राउ परेका सबै विद्यार्थी कलेज बंक गरेर फिल्म हेर्न गएका थिएनन्। फेरि कलेज ड्रेसमा फिल्म हेर्न जान नपाइने नियम पनि छैन। त्यसकारण प्रहरीले व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै यो कदमको व्यापक बिरोध भएको छ। त्यसरी व्यक्तिको स्वतन्त्रता हनन गरी चरित्र हत्या गरेवापत गौशलाका डिएसपी राकेश सिंहले फिल्म युनिटबाट लाभ लिएको बताइन्छ।भारतमा पनि फिल्मको प्रचार गर्नका लागि अनेक प्रोपोगाण्डा मच्चाइने गरिन्छ। त्यसकै सिको गर्दै नेपालमा पनि फिल्म चल्ने बेलामा कलाकारहरूबीचको झगडादेखि अनेक बनावटी स्क्यान्डल मिडियामा ल्याएर जनतालाई मुर्ख बनाएर फिल्मको प्रचार गरिने गरिन्छ। त्यसैको नक्कल गर्दै आफ्नो छोराको फिल्म हिट गराउन केसीले प्रहरीलाई दुरुपयोग गरेका हुन्।
metta · Nov 23, 2014 9:56 AM · 2,503 views
I am not even mad, that's pretty creative. Wrong, but creative. K.C. is a movie guy and a businessman, he will do what's in the best of his interest. Nepal Police should be using their discretion on what to respond and who to arrest; you cannot pin this on Mr. K.C. I still blame it on the cops.
Kiddo · Nov 23, 2014 1:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion