मिलन पछिको बिछोड ..किन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मिलन पछिको बिछोड ...किन ? लामो समय पछाडी आफ्नी बुढीलाई देख्दा कस्तो मज्जा आउने रहेछ | उनको अनुहार देख्ने बित्तिकै तेसै तेसै कहिल्ल्यै नलागेको माया पनि लगेर आउने भन्या | मलाई देख्ने बित्तिकै उनको अनुहारमा आएको चमक अनि ओठमा छाएको मुस्कान कति लोभ लाग्दो | लाग्छ त्यो क्षण सधै भरिको लागि कैद गरेर राखुं | लामो समय बिहे भएर संगै बसेको भए पनि हप्तौ पछिको त्यो भेट फेरी उही पुरानो दिन हरु जस्तो हुने रहेछ जतिखेर हामि नयाँ नयाँ जोडी थियौं | सानो छोरोले बाबा आउनुभयो भनेर खुसि भएको अनि अर्धान्गीनीले फुरुङ्ग पर्दै भान्छामा मिठो मिठो खाना बनाउदै गरेको दृश्य आहा !!! त्यो काउच , रिमोट अनि एक्स बक्स तिर ध्यान जानै गार्हो हुने रहेछ | बुढियाले बनाएको मिठो मिठो भोजन गरेपछि , बच्चा लाइ सुतायेपछी व्यग्रताका साथ् उनलाइ पर्खनु मा कति आनन्द आउने | बुढो आउने दिन भनि मेहनतका साथ गरेको उनको त्यो मेकअप आधि घन्टामा पखाले पनि कति लामो समय जस्तो लाग्ने क्या | उनि सबै काम भ्याएर खाटमा आउन नपाउदै झम्टन मन लाग्ने | उनले मेरो छातीमा आफ्नो सिर राखी बस्दा अनि मैले उनको केश राशि खेलाउदै बिछोड अनि माया प्रेमको कुराहरु गर्दा झनै क्या रमाइलो लाग्ने | फिलिमको हिरो हिरोनी भनेको आफुहरु नै हो कि क्या हो जस्तो हुने बाइ | कुरा पछीका हाम्रा प्रेमका कुरा त झन् ओहो के भन्ने अब !!! येही माया प्रेम बढाउनको लागि भए पनि कहिले काहीं बुढीलाई छाडेर टाढा काममा जानुपर्ने रहेछ | त्यो घर कस्तो घर अनि त्यो सहर कस्तो सहर जसलाई मेरो प्रतिछ्या छैन , जो म बिना अधुरो रहन्न |

Aamalaa · Nov 20, 2014 10:15 PM · 12,429 views

2 Replies

हो ब्रो हो : त्यो दिन को महत्व रात्रिले: अनि रात्रिको महत्व दिनले दिन्छ : समिप्त्वताको महत्व टाढिएर बसे पछि मात्र बुझिन्छ: प्रस्तुति रमाइलो छ |

magorkhe1 · Nov 21, 2014 10:24 AM

तेइ भन्या गोर्खे ब्रो , येही कारणले गर्दा पनि कहिले कहिँ बिछोड हुनु जरुरि रहेछ, फुर्सदमा येसो कोरेको नि , धन्यवाद पढेर राम्रो मानिदिनु भएकोमा |

aamalaa · Nov 22, 2014 12:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all