सुन्दर तथा सुन्दरी प्रतियोगिताको नाममा ठगि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 राजधानीमा मात्र होइन मुलुकका प्राय शहरमा विभिन्न सुन्दर तथा सुन्दरी प्रतियोगिता गर्ने र त्यसलाई पैसा उठाउने धन्दाको रुपमा उपयोग गर्ने प्रचलन पछिल्लो समय खुबै फस्टाएको छ ।यही क्रममा आफूलाई चर्चित पत्रकार ऋषि धमलाको भाइ बताउने व्यक्ति उनको समेत नाम दुरुपयोग गरेर यो धन्दामा लागेका छन् । नेक्स्ट मोडल्स् नेपाल नामको कम्पनीको सिइओ भन्दै रवि धमलाले त्यसरी विभिन्न कम्पनी तथा प्रतियोगीसंग रकम उठाउन थालेको बताइन्छ ।धमलाले नर्सलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्तप्रेरित बनाउन आगामी पुसमा मिस नर्स नेपाल २०७१ आयोजना गर्ने भन्दै पैसा उठाइरहेको बताइएको छ ।देशभरका ८० भन्दा बढी नसिर्ङ कलेजका विद्यार्थी तथा १ सयभन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी गराई कम्पनीले २ महिनापछि मिस नर्सको दोस्रो संस्करण गर्ने आधिकारिक निर्णग गरे पनि त्यसरी अनधिकृत रुपमा पैसा उठाउन धमलालाई अख्तियारी नदिइएको कम्पनीका प्रवन्ध निर्देशक सुवास सिंह ठकुरीले बताए ।धमलाले विभिन्न स्थानमा अनधिकृत रुपमा कम्पनीको छाप र लेटरप्याडको दुरुपयोग गरी रकम उठाइरहेकोले कम्पनीको ध्यानाकर्षण भएको ठकुरीले बताए । उनले कम्पनीको सञ्चालक समितिको बैठकबाट पारित गरी मिति २०७१ साल पौष महिनामा सञ्चालन गर्ने भनिएको मिस नर्स नेपालको ईभेन्ट सञ्चालनको बिषयमा कम्पनीका आधिकारीक व्यक्ति बाहेक अन्यत्रले कम्पनीको निर्णय विपरित ‘सहभागीहरु तथा व्यक्ति संस्थाहरुबाट अनधिकृत रुपमा रकम उठाइरहेको जानकारी हुन आएकोले’ त्यस्ता व्यक्ति उपर ठगिमा कानुनी कारवाही सुरु गरिएको उनले बताए ।कम्पनीले कम्पनीका आधिकारिक व्यक्ति ओम प्रकाश पाण्डेय र सुवास सिंह ठकुरी बाहेक अन्य व्यक्ति कम्पनीको आधिका्िरक व्यक्ति नभएकाले अन्यत्रसँग आर्थिक कारोबार लगायतका कार्यहरु नगर्न समेत विज्ञप्ती मार्फत सबैलाई सूचित गरीसकेको छ ।कम्पनी संस्थापना गर्दा धमला समेत संस्थापक भएपनि उनले एकलौटी ढंगले किर्ते दश्तखत गरी खाता सञ्चालन गरीरहेको, पेसबुक पेज र वेभसाइटको पासवर्ड आफूखुसी राखी मनोमानी चलाइरहेको र अहिले हुन लागेको प्रतियोगिता पनि ठगिको नियतले सञ्चालन गरिरहेकाले आधिकारिक रुपमा यसमा कम्पनी संलग्नता नभएको कम्पनीका सञ्चालक द्धोय पाण्डेय र ठकुरीको जिकीर छ ।विज्ञप्तीमा भनिएको छ –‘कम्पनीका संस्थापकहरुबाट भएको निर्णय अनुसार कम्पनीले मिस नर्स नेपाल २०७१ सञ्चालन गर्ने भनी गरेको विधिवत् निर्णय बमोजिम कम्पनीले उक्त ईभेन्ट सञ्चालनको तयारीमा रहेको अबस्थामा तपाई एक्लैले कम्पनीको छाप तथा वेवसाईटहरु दुरुपयोग गरी कम्पनीको आधिकारिक संस्थापकहरुको वास्ता नगरी कम्पनीको नाम प्रयोग गरी एक्लैले उक्त मिस नर्स नेपाल २०७१ सञ्चालन गर्ने भनी बिभिन्न व्यक्तिहरुबाट रकम समेत असुल उपर गरिरहनु भएको बुझिन आएकोले कम्पनीको नाम दुरुपयोग गरी अनधिकृत रुपबाट रकम असुल नगर्न यो जानकारी गराइएको छ ।’उनीहरुले धमलाले सो जानकारीकोे अबज्ञा गरी आफ्नो गतिविधी नरोकेमा कानुनी कारवाहीको लागि कम्पनी अगाडी चेतावनी दिएका छन् । कम्पनीले कुनैपनि आर्थिक क्रियाकलापहरुको अख्तियारी धमलालाई नदिएको अबस्थामा कम्पनीको आधिकारीक निर्णय बिना उनले प्रतिस्पर्धीहरु तथा अन्य ब्यक्ती संंघ संस्था कम्पनीहरुसँग कम असुल गर्दै ठगी गरेको आरोप सञ्चालकद्धोयले लगाए ।कम्पनीले धमलाले उक्त ईभेण्ट गर्ने भनी सुचना प्रकाशन गरेको सन्दर्भमा ‘अबउप्रान्त कम्पनीको निर्णय बिपरित कुनै काम नगर्न तथा रकमहरु असुल उपर नगर्न र हालसम्म असुल गरेको रकमकोे सम्पुर्ण बिबरण कम्पनीमा पेश गर्न’ भनेको छ ।देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ४५ उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा गराएर मुख्य उपाधिसहित १२ विभिन्न विधामा पुरस्कृत गरिने कम्पनीको योजना सार्वजनिक भएको थियो । विजेताले विदेशमा अध्ययनका लागि छात्रवृत्ति समेत पाउने भन्दै धमलाले पैसा उठाइरहेको थाहा भएको छ । http://edailynewsnepal.blogspo...

cybernepali · Nov 18, 2014 2:20 PM · 1,544 views

1 Reply

नामी बानियाको झाट पनि बिक्छ भन्थे तेही होला : लुट लुट : कर्मचारी देखि राजनीतिज्ञ देखि गाउ गाउका भुसे हरुले पनि नया नया टल्कने चिज देखाई लुट अनि लुटिन जाने पनि कम का हैनौ | लुट्ने अनि लुटिने दुवै लाइ क्याबात |

magorkhe1 · Nov 18, 2014 3:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all