सून लुट्ने काण्डमा प्रचण्ड - बिरालोको घाँटीमा घन्टी लाउने कसले?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मंगलबार, मंसिर २, दुई साता अगाडि काभ्रेको पाँचखालबाट लुटिएको ३६ केजी सुन लुट प्रकरणमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएका छन् । चीनबाट नेपाल अबैधरुपमा भित्र्याइएको ३६ केजी सुन लुट काण्डमा पुष्पकमल दाहालका पूर्व सवारी चालक उज्वल लामा पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । उज्वल लामालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेपनि अनुसन्धान नै नगरी प्रचण्डको दबाबमा छाडेको स्रोतले बतायो । सोही अवैध सुन लुट प्रकरणमा उज्वल लामालाई सघाउने काभ्रेका गुण्डा वाला लामाको समूह उक्त घटनापछि एमाओवादीका नेता तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ उर्फ लालध्वजको घरमा रात विताउनुले पनि लुट प्रकरणमा एमाओवादी नेताहरुको संलग्नता पुष्टि हुने आधार मिलेको छ । लालध्वज अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । स्रोतका अनुसार गत १५ कार्तिकमा खासाबाट अबैध रुपमा राजधानी भित्र्याउन लागिएको ३६ केजी सुन प्रचण्डका पूर्व सवारी चालक तथा प्रकाश दाहाल निकट एमाओवादीका काठमाडौं सेक्रेटरी उज्वलको योजनामा लुटिएको थियो । काभ्रेली समूहमा आवद्ध गुण्डाका रुपले चिनिने वाला लामाको समुहले उज्वललाई सघाएको थियो । लुटेराको समूहले पाँचखालबाट गाडि नियन्त्रणमा लिई सुनसहितको बुलेरो गाडिलाई काभ्रेको लामीडाँडा पु¥याएको थियो । कामीडाँडा पु¥याई सुन लुटेपछि मात्र सुन लुटिएको प्रहरीले सुईको पाएको थियो । ३६ केजी सुन उब्जल लामा र बुलेरो गाडिको चालक जंगबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपनि लुटिएको सुन बरामद भएको छैन । चालक बिश्वकर्माले उक्त लुट प्रकरणमा उज्वल लामा र वाला लामालगायतका केही ब्यक्तिले नियन्त्रमा लिई अपहरण गरेको मौखिक जाहेरी दिएपनि पक्राउ परेका उज्वललाई भने राजनीतिक दबाबपछि अपराध महाखाखा प्रहरीले अनुसन्धान नै नगरी छाडेको स्रोत बताउँछ । यो सुन लुट प्रकरणलाई अपराध महाशाखा हनुमानढोकाकी डीएसपी मिरा चौधरीले अनुसन्धान गरिरहेकी छिन् । डीएसपी चौधरी चरी ईन्काउण्टर काण्डमा समेत मुछिएकी थिइन् । उता प्रहरीले भने काभ्रेका गुण्डा वाला लामालाई ब्यापक खोजी गर्न थालेको छ । वाला एमाओवादी नेता लालध्यजको शरणमा पुगेको बताईन्छ । प्रचण्डका पूर्व सवारी चालक उज्वल पक्राउ परेको दिन अर्थात ९गत २० कार्तिक० राती वाला लामाले पेश्सीकोलास्थित लालध्वजको निवास रात बिताएका थिए । स्रोतका वाला भोलीपल्ट मात्र काभ्रे हानिएको थिए भने सुन चालक विश्वकर्मा,उज्वल लामा र वालाको मिलोमत्तोमो लुटिएको थियो । चालक बिश्वकर्माले बिगत तीन बर्षदेखि अबैध सुन तातोपानीबाट राजधानीसम्म क्यारिङको काम गर्दै आएका थिए । उनले तीन बर्षमा नै खासाको लिपिङमा करोडौंको महल खडा गरेका छन् । चालक बिश्वकर्माको सहयोगमा उज्वलले लुट्ने सेटिङ तयार गरेपछि ३६ केजी सुन लुटिएको थियो । तर, अवैध सुनका मालिक को हुन रु भन्ने कुरा अझै पुष्टि हुन सकेको छैन । स्रोतका अनुसार उक्त सुनका मालिक बौद्ध पीपलबोट भित्र बस्ने तिब्बतियन नागरिक हुन् । चालक भने सुन लुटेको पुष्टि गर्न आफू अपहरणमा परेको भन्दै प्रहरीमा जाहेरी दिन भोलीपल्ट पुगेका थिए । काभ्रेमा भएको अपराध जिल्ला प्रहरी कार्यालय काभ्रे र घटना भएको स्थानमा रहेको ईलाका प्रहरी कार्यालय पा“चखाललाई कुनै जानकारी नहुनु तथा सवारी चालक सुन लुटिएको भोलीपल्ट अपराध महाशाखा हनुमानढोकामा उजुरी लिएर पुग्नुले समेत चालकको सेटिङमा सुन लुटिएको पुष्टि हुन्छ । स्रोतका अनुसार ३६ केजी सुन मध्ये ३० केजी चालक बिश्वकर्मा र उज्वलले सुरक्षित ठाउँमा पु¥याई बाँकी ६ केजी सुन गुण्डा वालाको समूहलाई परिचालन गरेर लुटाएपछि ३६ केजी सुन लुटिएको सूचना अवैध सुनका मालिककहाँ पु¥याएका थिए । अवैध सुनका मालिकले लुटेराको समूहले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन भनेपछि मात्र चालक बिश्वकर्मा बाध्य भएर भोलीपल्ट प्रहरीका पुगेका थिए । स्रोतका अनुसार ३० केजी सुन प्रचण्डको निवास वा कुनै सुरक्षित ठाँउमा पु¥याइएको छ । वाला लामालगायत ब्यक्तिको नाम उजुरीमा दिएपनि प्रचण्ड निवासबाट दबाव आएका कारण उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ भने उज्वल लामा पक्राउपछि छुटिसकेका छन् । पहिला तिनै उज्वल प्रचण्डको प्यारा सवारी चालक थिए । उज्वलको गाँउ काभ्रेको तिमालमा समेत प्रचण्ड परिवार जाने गरेको उज्वल स्वयम्ले सामाजिक सञ्चाल फेसबुकमा राखेको फोटोबाट पुष्टि हुन्छ । जब मुलुकमा माओबादी जगजगी थियो, त्यतिबेला यिनै उज्वलले राजधानीमा नाम चलेका गुण्डालाई उठाउँदै शुद्धीकरण गर्ने नाममा क्याम्पमा लैजाउँदै सुनका सिक्री, मोबाइल, घडिलगायतका सामाग्री लुट्ने तथा मरणासन्न कुटपिट गर्थे । २०६२ मा उज्वल राजधानीका प्रायजसो गुण्डाका नाईकेलाई प्रहरीकै शैलीमा पक्राउ गरी बालाजुस्थित वाईसिएल क्यापमा लगेर कुटपिट गर्ने गरेका थिए । गुण्डा शुद्धीकरण अपरेशन चलाउने तिनै वाईसिएलमा आवद्ध उज्वल यतिखेर सुन लुट प्रकरणमा जोडिएका छन् । बिस्तारै वाईसिएलको राजधानीमा जगजगी कम हुन थालेपछि उनी डनहरुको आँखाको तारो बनेका थिए । डनहरुको आँखाको तारो बनेका उज्वल ज्यान जोगाउन भागेर कोरिया पुगे । पाँच बर्षको कोरिया बसाईपछि उज्वल नेपाल फर्केका थिए भने अहिले सुन लुटेरा उज्वल र वाला लामाको समूहलाई बचाउन एमाओवादीका अध्यक्ष प्रचण्डदेखि लालध्वजसम्म ज्यान फालेर लागेपछि उनीहरुको समेत उक्त लुट प्रकरणमा संलग्नता पुष्टि हुने आधार मिलेको छ । जनप्रहार साप्ताहिकबाट स्रोत- http://nepalpati.com/news/2133... भिडियो हेर्न तल क्लिक गर्नुहोस :

cybernepali · Nov 18, 2014 9:25 AM · 1,928 views

2 Replies

मुठ भेडमा मारेको भनि  भट ट भुटी दिएको भए बेस हैन र ? मिलियन स्विस मा भएर पनि नपुग्ने : कता गयो त्यो प्रचंदेको आचिखाने ? बडो बिज्ञापन गर्थ्यो बंगुर खेतीको !How much is the truth behind the story?  Last edited: 18-Nov-14 10:41 AM

magorkhe1 · Nov 18, 2014 10:39 AM

ओहो यो त निकै तातो समाचार रैछ \ यो ३६ केजी सुनको कुरा कुनै मुलधारका समाचारमा आएको जस्तो लागेन \ पुरानो खबर त होइन होला नि ? आज भोलि किन २/३ केजी मात्र समात्चन जस्तो लाग्दै थियो , फेरि ठुलो लट पनि सुरु भएछ |

nepalilaure · Nov 18, 2014 10:39 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all