http://ujyaaloonline.com/news/... गढीमाई -हाम्रो गौरव कि लज्जा ? सञ्जीव पोखरेल - हरेक पाँच वर्षमा आउने गढीमाई मेला अर्को महिना बाराको कलैयामा सम्पन्न हुन गइरहेको छ । विगत झैँ यो वर्ष पनि नेपाल र विशेषगरि भारतबाट मेला भर्न आउने भक्तजनले अनुमानित ५ लाख पशुपंक्षी गढीमाईलाई 'चढाउने' छन् । जीवनमा सुखसमृद्धि प्राप्त गर्न र यसका लागि गढीमाईलाई सन्तुष्ट बनाउने उद्देश्यले गरिने पशुबलिको कार्यक्रम २ हप्तासम्म चल्नेछ । गढीमाईको मेला संसारभरकै सबैभन्दा ठूलो आम पशुवधका रूपमा संसारभर प्रख्यात (वास्तवमा कुख्यात) छ । यसकारण संसारका विभिन्न ठाउँका पत्रकार वा अध्येता यसबेला नेपाल यात्राको तयारीमा होलान् । मेलाका क्रममा हुने नृशंस पशुवधका दृश्य क्यामरामा कैद हुने नै छन् । संसारका प्रमुख सञ्चारमाध्यममार्फत् गढीमाईका तस्वीर र भिडियोसहित नेपालको नाम अर्को महिना एकपटक फेरि विश्वभर फैलिने छ । नेपालीहरूले एकपटक फेरि 'गौरवान्वित' हुने अवसर पाउने छन् । धार्मिक वा अन्य कुनैपनि उद्देश्यका लागि गरिने आम पशुहत्या भारतको कानुनमा वर्जित छ । भारतको 'सुप्रिम कोर्ट'ले गढीमाईमा हुने आम पशुहत्यालाई ध्यानमा राखेर सबै राज्यसरकारलाई बलिका लागि हुने जनवारको खरिदविक्री र ओसारपसारमा रोक लगाउन निर्देशन दिइसकेको छ । केही महिनाअघि People for Ethical Treatment of Animals (PETA) र Federation of Indian Animal Protection Organization (FIAPO) का समर्थकहरूले भारतस्थित नेपाली दूतावासअगाडि गढीमाईमा हुने पशुवध रोक्ने आग्रहसहित विरोध प्रदर्शन गरे । सांकेतिक विरोधस्वरूप हातमा रातो रङ्ग पोतेर प्रदर्शनकारीहरूले यो प्रकारको नृशंस हत्या रोक्न भारतीय र नेपाली अधिकारीहरूलाई संयुक्त रूपमा आव्हान गरेका थिए । यसको प्रतिक्रियास्वरूप भारतीय अधिकारीहरूले गढीमाई मेलाका लागि भारतीय क्षेत्रबाट हुने जनावरको ओसारपसार रोक्न सक्दो प्रयत्न गर्ने प्रतिवद्धता जनाइसकेका छन् । तर, अचम्म के छ भने नेपालमा यस विषयमा कसैले गम्भीर चासो देखाएको पाइँदैन । राजनीतिक दललाई त आफ्नो साँघुरो स्वार्थबाहेक अन्य कुरामा चासो नभएको अनौठो होइन । तर, बुद्दिजीवी तथा अधिकारकर्मीहरूलाई समेत गढीमाईमा हुन लागिरहेको जनावरको आततायी हत्याले पोलेको छैन । यसले मानव स्वास्थ्यमा पार्ने सम्भावित नकारात्मक प्रभावका विषयमा वास्ता छैन । यसबाट संसारभर हुने नेपालको बेइजतिप्रति चासो छैन । मूलधारे मिडिया र सोसल मिडियामा गढीमाईको मेलाले पाएको सकारात्मक चर्चा देख्दा लाग्छ यो हाम्रो राष्ट्रिय गौरवको विषय हो । केही दिनअघि एक फ्रान्सेली कलाकारले गढीमाई मेलामा हुने आम पशुहत्याको विरोध गर्दै यसलाई रोक्ने आग्रहसहित नेपालका राष्ट्रपतीलाई पत्र लेखिन् । एक कलाकार तथा सर्वसाधारणले लेखेको उक्त पत्रले सानोतिनो तरङ्ग नै ल्याइदियो । उक्त पत्रको विरोध गर्नेको मत थियो -"आफ्नो देशमा हुने पशुहत्यालाई रोक, नेपालमा के हुँदैछ भन्ने तिम्रो चासोको विषय होइन ।" गढीमाई मेलाको विरोध गर्ने पशु अधिकारकर्मी र पश्चिमाहरूको आलोचना वा प्रतिरोधस्वरूप व्यक्त भइरहेका प्रतिक्रियाले यस विषयमा हाम्रो दृष्टिकोणमा रहेको कमजोरी उजागर गरिरहेका छन् । पहिलो, गढीमाईमा हुने आम पशुहत्या अन्य पशुहत्याको तुलनामा बढी नृशंस र आततायी छ । यो मासुका लागि गरिने सामान्य प्रकृतिको पशुवध होइन । लाखौँ जनावरलाई लाइन लगाएर खेदिखेदी मार्नु र तिनका शरीर खूला आकासमुनि सड्न दिनु मानवीयताको परिचायक होइन । दशैँमा घरघरमा खसी काट्ने वा क्रिशमसमा टर्की काट्ने प्रचलनलाई गढीमाईमा हुने पशुवधसँग तुलना गर्नु तर्कका लागि तर्क गर्नु मात्र हो । नेपालमा मासुका लागि गरिने पशुवधमा पनि प्रशस्त सुधारको खाँचो छ । पशुवध वा मासु प्रसोधनका लागि आवश्यक आधारभूत पूर्वाधार वा प्रक्रिया स्थापित गर्नमा हामी अझसम्म असफल छौँ । काट्नुअघि जनावरलाई बेहोस बनाउने र स्वस्थकर स्थानमा निरोगी जनावर मात्र काट्ने प्रबन्ध लागु हुनसकेको छैन । अझपनि काठमाडौँमै अस्वस्थकर र अमानवीय ढङ्गले पशुवध गर्ने र मासुलाई बोरामा कोचेर रगत चुहाउँदै टेम्पु वा ट्याक्सीमा ओसारपसार गर्ने चलन विद्यमान छ । यस क्षेत्रमा सुधारको त कुरै छोडौँ,गढीमाईमा हुने अत्यन्त अव्यवस्थित र नृशंस पशुहत्याको समर्थन गर्नुलाई उचित मान्न सकिन्न । दोस्रो, "आफ्ना परम्परा र संस्कारको विरोध अरूले गर्न पाउन्नन्" भन्ने तर्क संकुचित र कमजोर मानसिकताको उपज हो । भूमण्डलीकरणको आजको युगमा संसारको कुनै एउटा कुनामा भइरहेको घटनामा विश्वव्यापी चासो हुनु स्वभाविक हो । केही हप्ताअघि 'पुरुषको खेल' फुटबल हेरेको अभियोगमा इरानको अदालतले एक महिलालाई एक वर्षको कारावासको सजाय दिन गरेको निर्णय मानवीय थिएन -जसको आलोचना संसारभर भयो । आजको विश्वमा कुनै संस्कार वा परम्परा समुदाय विशेषको निजी सम्पत्ति हुनसक्दैन । फ्रान्सेली कलाकारको पत्रको प्रतिक्रियास्वरूप नेपालका नाम चलेका केही पत्रकार र बुद्धिजीवीको तर्क थियो "नेपाललाई अर्ति दिनुभन्दा पहिले पश्चिमा मुलुकका मानवअधिकार र पशुअधिकार उल्लंघनका दृष्टान्तलाई हेर ।" मेरो विचारमा यो प्रतिक्रियामा केही गम्भीर समस्या छन् । प्रत्येक व्यक्ति उसको भनिएको राष्ट्र वा समुदायभन्दा माथि हुन्छ । राष्ट्र वा समुदायमा हुने विकृति वा गलत कामका लागि त्यसका हरेक सदस्य जिम्मेवार हुँदैनन् । द्वन्द्वकालमा सरकार र माओवादी दुबै पक्षबाट हजारौँ निर्दोष नागरिक घाँटी रेटेर, घुँडा भाँचेर, जिउँदै पुरेर, लाइन लगाएर गोली ठोकेर मारिए । हजारौँ मानिस अझ पनि बेपत्ता छन् । युद्धका घाइतेहरू अझ पनि राज्यको सहारा र सुरक्षा नपाएर भौँतारिरहेका छन् । परिवर्तित परिस्थितिमा विगतका युद्धरत शक्तिहरूले युद्धका दौरान भएका जघन्य मानवअधिकार उल्लंघनका घटनामा कसैले व्यक्तिगत रूपमा जिम्मेवार हुननपर्ने र कसैलाई कारवाही नहुने कानुनमा सहीछाप गरिसकेका छन् । तर, यी सबै कुकृत्यका लागि हरेक नेपालीलाई जिम्मेवार जिम्मेवार बनाउन मिल्छ ? यदि फ्रान्समा पशुअधिकार उल्लंघन हुने कारणले ति कलाकारले नेपालमा पशुबलिको विरोध गर्न नपाउने हो भने कुनै पनि नेपाली नागरिकलाई मानवअधिकार वा अहिंसाका विपक्षमा बोल्ने अधिकार छैन । तेस्रो, संस्कृति र परम्पराका नाममा गरिने कुनै पनि कुरामा विरोध गर्नु उचित होइन भन्ने हाम्रो सोच गलत छ । संस्कृति र परम्परा भन्दैमा सबै कुरा विरोध वा आलोचनाभन्दा माथि हुन सक्दैनन् । झाडापखाला लाग्दा धामीझाँक्रीलाई देखाउने र बिरामीलाई पानी खान नदिने पनि कुनै बेला हाम्रो परम्परा थियो । अहिले पनि महिनावारी भएका महिलाको छायाँ पर्दा बालीबिरुवा मर्छन् भन्ने विश्वास परम्पराका रूपमा विद्यमान छ -हालै सूदुर पश्चिममा महिनाबारी भएका महिलालाई हिड्न अलग्गै बाटो बनाइएको समाचार सञ्चारमाध्यममा आएको थियो । म पनि सापेक्षतावादमा विश्वास गर्छु । हरेक विश्वास, परम्परा वा मूल्यमान्यताका आफ्नै विशिष्टता हुन्छन् र एकलाई अर्कासँग तुलना गरेर राम्रो वा नराम्रो भन्नु उचित होइन -यो मलाई पनि थाहा छ । तर, सापेक्षतावादमा विश्वास गर्नेले के पनि बुझ्न आवश्यक छ भने सापेक्षतावाद आफैँमा पनि निरपेक्ष हुन सक्दैन । अर्को शब्दमा, सबै कुरा निरपेक्षरूपमा सही हुन सक्दैनन् । यदि सबै सोचाइ वा व्यवहारलाई सापेक्षतावादको सिद्धान्तका आधारमा सही प्रमाणित गर्दै जाने हो भने बोक्सीको आरोपमा महिलालाई फोहर खुवाउने चलनलाई पनि सही मान्नुपर्ने हुन्छ । संस्कृति र परम्पराको बचाउ गर्ने धुनमा हामीले कहिेलेकाहिँ विवेक गुमाउने गरेको तथ्यलाई एक उदाहरणबाट हेरौँ । गत वर्ष बर्ड फ्लु सङ्क्रमण रोक्न मानव स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल सरकारले काठमाडौँ वरपरका कुखुरापालन उद्योगमा चल्ला मार्ने अभियान चलायो । उक्त क्रममा आवश्यक प्रविधि र जनशक्तिको अभावमा चल्लालाई लाठीले हिर्काएर आततायी रूपमा मारियो । यसको मिडिया र जनमानसबाट प्रशस्त विरोध पनि भयो । तर, योभन्दा कैयौँ गुना ठूलो र नृशंस गढीमाईको पशुहत्यालाई हामी संस्कृति र परम्पराका नाममा बचाउ गर्न उद्यत छौँ । नेपालमा राजनीतिक सुव्यवस्था हुन्थ्यो वा कानुन निर्माण वा सुधारको प्रक्रिया सही ठाउँमा हुन्थ्यो भने आज हामीकहाँ पनि भारतमा जस्तै गढीमाईका नाममा हुने अमानवीय संस्कार प्रतिबन्धित भइसक्ने थियो । हाम्रो देश र समाज सतही, अस्पष्ट र भ्रामक नारामा दशकौँदेखि अल्झेको छ जसका कारण ठोस विषय र मुद्दा ओझेलमा परेका छन् । तसर्थ गढीमाईका नाममा हुने नेपालको बेइजती रोक्न तत्काल कानुन बनिहाल्ने सम्भावना छैन । तर, नागरिक स्तरमा हामी यसको विपक्षमा लेख्न बोल्न सक्छौँ । नेपालको सरकार यस विषयमा संवेदनशील नभए पनि सबै नेपाली गढीमाईको नृशंस पशुहत्याको पक्षपाती होइनन् भन्ने संदेश विश्वलाई दिन आवश्यक छ । Padam Pandey · Works at Office of the Attorney General, Nepal... त्यसैले इश्वरले पशुकाे रगत वा मासु खान्छ भन्नु र बलि दिनु इश्वरकै अपमान हाे । मासु प्रयाेजनकाे लागि व्यवस्थितरूमा प्राणीकाे हत्या गर्नु र अामरूपमा इश्वरकाे नाममा पशु हत्या गर्ने कुरालार्इ एउटै हाे भन्नु तर्कका लागि गरिने कुतर्क मात्र हाे ।
metta · Nov 17, 2014 6:34 PM · 11,555 views
पशु हत्या नगरी मासु आउदैन : पर्दा भित्रको हत्या मानविय अनि खुल्ला चाहि अमानविय : सबै भन्दा पहिले हामि साकाहारी बनाने तिर लागौ : अनि त्यो चोभारमा गरिने पशु हत्या को निन्दा कतै सुनिएन ? त्यो चाहि ठिक किनकी दैनिकी ५०-५०० भाकलमा चडिनु ठिक ? कसको आडमा भनौ वा डलर खोकिलामा कति पर्दैन छन् ? दसैँ मनाउन छोड पहिले : अनि मासु पनि खान छोड : साकाहारी हुने नारा फुक : सिक्षा मा बिकास गर : अन्ध बिस्वास बिस्तारै हट्दै जान्छ ? लौ पहिलो चरण : साकाहारी बनौ : गाइ काट्न थालौ, गाइ गोरु पशु हैनन् इसाइका भोजन हुन् ! यो लेखक लाइ आज लाज लागेर आयो : जाठो त का थीइस अनि त्यो खसी काटेर बोईङ्ग को पुजा गर्दा : के नेपाल बिमान का मन्त्रि देखि पिउन सम्म काठे र अनपढ थिए , I think that was okay to you,| हजारौ नारीलाई भारतको लालकोठीमा पुर्याउदा तलाई लाज लागेको छैन | पैसा आउने र कमाइ हुने कुरामा लाज हुन्न ? १८ घण्टा बत्ति नहुदा लाज लागेन : दसौ बर्स संबिधान नबन्दा त गोरखा धन्देलाई लाज लागेन : लौ सामाजिक संस्कार बदल्न केके लेकः लेखिस तैले आज सम्म ? I do not feel shame nor proud. You do not feel shame thousands and thousands are selling themselves and converting to Christianity: did you write against it , did you feel shame on it? Ask Indian peoples not to visit gadimaai mela: the more you bring inot media ; number is increasing. I felt shame when Moist chopped 20,000 innocent people's head for what? Last edited: 18-Nov-14 03:42 PM
magorkhe1 · Nov 18, 2014 11:00 AM
You can read my thoughts on this here http://sajha.com/sajha/html/in...
rethink · Nov 18, 2014 11:09 AM
गढ़िमाइ मेलामा धर्मको नाममा हुने प्राणीहरुको हत्या निर्बिबाद एक लज्जा हो / प्राणी हत्या जति सुकै तर्क र बखान गरे पनि एकदम नै नराम्रो काम हो / अरुले भाकल गरेर मार्न हुने गढ़िमाइ मेला मा मार्न किन नहुने भन्नु भनेको उ त्यो मान्छे नाङ्गै हिड्यो म नाङ्गै हिड्न किन नहुने वा उसले आची खायो मैले खान किन नपाउने, माओबादी ले मान्छे मारे अरुले खसी किन नमार्ने भनेर तर्क गरे जस्तै हो / मान्छे मार्नु जसरि अति नै नराम्रो काम हो त्यस्तै पशु हत्या पनि नराम्रो काम हो जे सुकै बहानामा वा जति सुकै बाद र प्रतिबाद गरे पनि /
happylotus007 · Nov 18, 2014 3:51 PM
भाकल गर्ने प्रथा को निर्मुलिकरण गर्नु पर्यो ! सिक्षा सामग्रीमा भाकल को बारेमा ग्यान बढाउने काम गर्नु पर्यो | हलाली : बन्द गर्नु पर्यो यो झन् लज्जा को कुरा हो | गडिमेलाका पधाधिकारिलाई ५ / ५ बर्समा हैन हरेक बर्समा मनाउने चलन चलाउन आग्रह गर्ने जसले गर्दा भाकल गर्नेको संख्या कम हुने भै कम पशु बध हुने संख्या कम हुनेछ | भारतीय जनतामा बिसेस गरि बिहार , उत्तर खण्ड , नेपाल सिमा तासिएका भारतीय जिल्ला हरुमा पनि बौद्धिक चेतना हुने सामग्री को प्रचार प्रसार हुनु पर्यो : तर्क कै लागि तर्क गरेर यो प्रथा रोकिंदैन : रोक्ने उपाय के हो त लेखकको मन्तब्य खुलासा भएन _ लज्जा र गौरब मा मात्र सिमित देखियो | किन एकाएक भाकलिहरुको संख्या बढ्न गयो ? यसको कारण अनि त्यो कारणको निराकरण गर्ने सुझाब के त ? शिक्षाको घाम घर दैलोमा पुगेको रहेनछ भान्नु पर्यो हैन न त ? सिक्षाले साक्षर मात्र बनाएछ भन्नु पर्यो बिबेकशिल बनाउन सकेन ? कि मधेशमा हुने अनि मधेशीको भेला भएकोले गौड आसय ( मुख्य हैन ) त हैन बिरोधको ? हुन त पहाडी मुलका हरुको संख्या पनि हरेक मेलामा थपिदै छ : जहाँ गरिबी हुन्छ त्याहा मानिस अन्ध बिस्वाश तिर तानिन्छन: अनि मिडिया को प्रचार प्रसारले मेची देखि महाकाली अनि सगरमाथा देखि भारत्बर्स का लाइ आकर्सित मात्र हैन ठुलो माछाले सानो माछ्लाई खाने , धेरै पैसाले थोरै पैसालाई तान्ने अनि ठुलो भिडले थप भिडलाई आकर्सित गर्ने कुरा तेतिनै सत्य छ : धेरै जसो बेला मानिस मानिस नभएर भेडा बन्न जान्छन यदि मानिसको भेला भेला नभएर भिड भाडमा बदलिएको बेला !!!! साकारात्मक शुझाब हरु के त ? ब्यबस्थित कुरा गर्नु भयो हाम्रा माननीय लेखक ज्युले : हाम्रो समाज पनि तेस्तै हो जस्तो १० बर्समा पनि सबिधान बन्न नसक्ने : अनि त्यो चोभार मा गरिने दैनिक काट मार चाहि ब्यबस्थित मा पर्छ ? त्यो थ्यांक्स गिभिंग मा कति करोड तार्कि बलि हुन्छन त्यो चाहि ब्यबस्थित हुनाले ठिक हो कि ? यो मेला त बन्द हुदैन होला अनि न त बलिकै ! यो मेला ब्यबस्थित गर्न के सुझाब छ ? कि त लामो सुरुङ्ग जस्तो बनेर सबै मानिसले पशु बलि नचढेको देखिने गरि पाल भित्र ( पस्चिमेलिले बन्द ढोका भित्र छ्याक पारे जस्तो ) गर्दा ब्यबस्तित को एक अन्स हुन् जाने छ कि ? रगत जता पायो उतै नबगोस भनि ठुला ठुला खाल्डा खनी पुर्ने काम गरे के होला ? लज्जा र गौरब मात्र लेखेर पुगेन : साकारात्मक शुझाब हरु के त ? Last edited: 19-Nov-14 11:14 AM
magorkhe1 · Nov 18, 2014 4:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion