मःम खान डिडिएर डोग्बा नेपालमा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं,कात्तिक ३० – बेलायती फुटबल क्लब चेल्सीका फरवार्ड डिडियर डोग्वा मःम खान नेपाल आए भनेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर,उनले काठमाडौंमा आएर मःम खाएको दृश्य अहिले युट्युवमा खुब हेरिन थालेको छ । टर्किस एयरलाइन्सको नयाँ बिज्ञापनमा डोग्बालाई काठमाडौंको एउटा रेष्टुरेन्टमा देखाइएको हो । बार्सिलोनाका स्टार लियोनल मेसीलाई विभिन्न देशको परिकार चाख्ने सवालमा जित्ने लक्ष्य लिएर डोग्बा काठमाडौं आइपुगेको र काठमाडौंमा उनीसामु मःम पस्किएको देखाइएको छ । विभिन्न देशको परिकार चाख्न निस्किएको डोग्बा सबैभन्दा पहिले नेपाल आउँछन् । काठमाडौंको एउटा रेष्टुरेन्टमा उनलाई मःम,चटनी र भटमासको परिकार पस्किइन्छ । तर रेष्टुरेन्टको भित्तामा पसलका साहुले मेसी आफ्नो पसलमा आएको बेला खिचाएको तस्बिर देखेर डोग्बा चित खान्छन् । नेपालबाट उनी जापान,साइबेरिया,साहरा भरुभूमिमा रहेका रेष्टुरेन्टमा पुग्छन् । तर सबै रेष्टुरेन्टमा मेसी पहिलै पुगिसकेको थाहा पाउँछन् । सबै रेष्टुरेन्टका भित्तामा रेष्टुरेन्टका मालिकसँग मेसीको संयुक्त फोटो झुन्डाइएको देखेर उनी निराश हुन्छन् । सबै तस्बिरमा मेसीको अटोग्राफ छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com/2014/1... टर्किस एयरलाइन्सको नयाँ बिज्ञापनमा डोग्बालाई काठमाडौंको एउटा रेष्टुरेन्टमा देखाइएको हो । बार्सिलोनाका स्टार लियोनल मेसीलाई विभिन्न देशको परिकार चाख्ने सवालमा जित्ने लक्ष्य लिएर डोग्बा काठमाडौं आइपुगेको र काठमाडौंमा उनीसामु मःम पस्किएको देखाइएको छ । विभिन्न देशको परिकार चाख्न निस्किएको डोग्बा सबैभन्दा पहिले नेपाल आउँछन् । काठमाडौंको एउटा रेष्टुरेन्टमा उनलाई मःम,चटनी र भटमासको परिकार पस्किइन्छ । तर रेष्टुरेन्टको भित्तामा पसलका साहुले मेसी आफ्नो पसलमा आएको बेला खिचाएको तस्बिर देखेर डोग्बा चित खान्छन् । नेपालबाट उनी जापान,साइबेरिया,साहरा भरुभूमिमा रहेका रेष्टुरेन्टमा पुग्छन् । तर सबै रेष्टुरेन्टमा मेसी पहिलै पुगिसकेको थाहा पाउँछन् । सबै रेष्टुरेन्टका भित्तामा रेष्टुरेन्टका मालिकसँग मेसीको संयुक्त फोटो झुन्डाइएको देखेर उनी निराश हुन्छन् । सबै तस्बिरमा मेसीको अटोग्राफ छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com/2014/1...

ashishme · Nov 15, 2014 8:46 PM · 6,925 views

1 Reply

"म.म. खान डि.डि.एर डोग्बा नेपालमा !" बुझियो ल , हाम्रो सार्क शिखर सम्मेलन मा इरान बाट मसकुर महमद खान र तुर्कमेनिस्तान बाट डि.डि.एर डोग्बा observer भएर आयेछन रे, नेपाल मा / के के न होला भन्ठान्या त.......

adhikari_bandhu · Nov 15, 2014 9:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all