विजय थापा , कार्तिक २५ ,भर्जिनिया एन डब्लु जी एन (नेपाली वुमेन ग्लोबल नेटवर्क )क्यालिफोर्निया शाखाको दोस्रो सम्मेलन नोवेम्बर ८ तारिख सन् फ्रान्सिस्कोमा म झुक्दै नझुक्ने नेपालकी छोरी गीत एकै स्वरमा सामुहिक रुपमा गाउदै संदेश दिदै सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ l " शिक्षा मार्फत महिलाको बिकास" भन्ने मूल उदेश्यको साथ आयोजना गरिएको सम्मेलनमा समाजका सबै वर्ग संग लुकेका बिचार र क्षमतालाई बाहिर ल्याउँन साथै एक अर्कामा बाड्न मंच खुला गरिएको थियो l सम्मेलनकी सभाध्यक्ष बिष्णु गुरुङ "एकता", मुख्य अथिति एन डब्लु जी एन की अध्यक्ष, रुकमनि कार्की साथै एन डब्लु जी एन की पुर्व अध्यक्ष तथा कार्यक्रमको मुख्य बक्त डा. बिद्या रन्जीत द्वारा सयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो l कार्यक्रममा स्थानीय अग्रज तथा युवाहरुले सामाजिक क्षेत्रमा महिलाको योगदान र भूमिका, शिक्षाले महिलाको जीवनमा खेल्ने भूमिका, बिबाहमा शिक्षाको भूमिका, शिक्षाको महत्व ,अमेरिकामा सिकेको र भोगेको अनुभवले नेपालमा नारी बिकाश र शिक्षामा कस्तो भूमिका खेल्न सक्छौ भन्ने बिचारहरु राखेका थिए l सम्मेलनमा संस्थाकी सल्लाहकार शिला थापा तिमसिनाले रोटि बनाउन सक्ने ति सक्रिय हातहरुले जहाज बनाउन किन सक्दैन भन्ने संदेश दिएकी थिइन् भने अर्का वक्ता सिड्नी सावबरले महिलालाई शिक्षा भए सबै सशक्तिकरण हुने मन्तब्य दिएकी थिइन् l मुख्य बक्ता डा. बिद्या रन्जीतले हाम्रा मुल जड हरुको जाच बिषयमा मन्तब्य पश्च्यात प्रश्न उत्तर कार्यक्रम राखिएको थियो। उक्त अवसरमा साहित्यकार तथा संचारकर्मी ध्रुव थापाको न त पुर्व न त पश्चिम कविता वाचनले संसारका सम्पूर्ण नारीले आफ्नो अस्तित्व र अधिकारको लागि जागरण हुनु पर्ने संदेश , त्यस्तै गरि अर्का साहित्यकार हरिहर दाहालको राष्ट्रियता झल्कने तोरी लाहुरे कविताले आफ्नो गाउँघरको सम्झना गराएको तथा साहित्य कार्यक्रममा सुनिता सापकोटाले अधिकार खोसेर लिनुपर्ने जागरणमुलक कबिता बाचनले निक्कै प्रशंसा बटुलेको थियो l कार्यक्रमकी मुख्य अथिति रुकमिनी कार्कीले सबैलाई संस्थाको तर्फबाट धन्यबाद दिदै एनडब्लुजीएनको गतिबिधिहरुको बारेमा बताएकी थिइन् l कार्यक्रममा सम्मान कार्यक्रम गरिनुको साथै प्रतिभा प्रतियोगिता कार्यक्रमको आयोजना गरिदै समापन गरिएको थियो l नेपाली महिला बिश्व संजाल (एन डब्लु जी एन)को माध्यमले आफ्नो संजाल बढाउँन तथा मिलेर एक अर्कालाई मदत गर्न आफुहरुले यस संस्थालाई पाएकोमा खुशी व्यक्त गर्दै नव नियुक्ति सम्पूर्ण सदस्यहरुले साथै दुईबर्ष कार्यकाल बिताई सकेका सदस्यहरुले यस संस्थामा लागेर धेरै आत्म विश्वास बढेको अनुभव बताउदै संस्थाकी संस्थापक अध्यक्ष बिष्णु गुरुङ "एकता" लाई धन्यबाद दिएका थिए l उक्त सम्मेलनले बिष्णु गुरुङ "एकता "को अध्यक्षता कार्यकारी समिति समेत चयन गरेको छ l नव निर्वाचित हुनेहरुमा क्रमस अध्यक्ष - बिष्णु गुरुङ "एकता",उपाध्यक्ष -गीता श्रेष्ठ ,महासचिब - संगीता गुरुङ ,सचिब - सुनिता थापा ,कोषाध्यक्ष - सुस्मिता तथा सदस्यहरुमा बिष्णु सुबेदी ,गीता डंगोल ,बिन्दु सापकोटा ,सुनिता सापकोटा,लक्ष्मी खरेल ,पार्वती लामा बिष्णु घले ,मनोहरा थापा बोगटी ,मनु पुन ,जीना थुलुङ्ग ,अनिता शर्मा ,तारा चालिसे .शोभा थापा तथा पुष्पा पोख्रेल २०१४-२०१६ को लागि निर्वाचित भएका छन् l
mahoday · Nov 11, 2014 7:21 PM · 4,716 views
तेस्तो पो
facebook · Nov 11, 2014 9:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion