हराएको थाने येस्सो कोइ छन कि भनि चियाउँथ्यो चौतारीमा झुन्डिएको एना हेरेर मुसुक्क मुस्क्काउँथ्यो मस्किन्थ्यो थोरै थोरै खुसि हुन्थ्यो देखेर आफैलाई कसैले देखेछन् कि आँखाको कुनोबाट सुटुक्क संसार चियाउँथ्यो थाहा पाएर छैन हेरेका भन्ने निराश आफूमै हराउँथ्यो फेरी उँभोबाट कोइ झर्छन कि कतै उँधोबाट कोइ चड्छन कि घरि घरि आँखा डुलाउँथ्यो नदेखेर कोहि रुझेका सम्झनाहरु कलेटी परेका बर्तमानमा सजाउँथ्यो चर्कंदो घाममा सुकेका पतिङ्गर उड्थ्यो यता उता लाग्थ्यो बताससंगै गित गाइ झुम्दैछन् लिप्तछन् एकअर्कामा रुखको वरीपरि बिना लाज अरुको, प्रेमालापमा मग्न छन् छि कस्तो नकचरो भनेर चौतारीमा लडेको यो थानेलाइ भन्दछन् ति वर सुसाउँथ्यो पिपल उसलाई रिझाउँथ्यो तेही शितलतामा थाने यो शान्तानु गंगाको नैनीतालमा डुबे झैं भित्र भित्र डुबेथ्यो खै त अझै सकिएन तेरो कुराई आउंदैनन जा अब भन्दै चौतारी सुस्तसुस्त उक्साउँथ्यो तातो उक्साहटमा उक्सिने रगत तेसै तेसै बलेकोथ्यो तर पनि बुद्धको चौतारी सम्झेर चिसो चुलो चिसो पेट चिसो जीवन संगै कुरी बसेकोथ्यो भोलि त अवस्य आउँछ आशा को दाउरा जलाई बर्तमानलाइ न्यानो तातो बनाई चौतारो कुरी बसेथ्यो चौतारो कुरी बसेथ्यो .... - थाने ( missing all in चौतारी )
ThahaChaena · Nov 10, 2014 2:13 PM · 5,177 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion