१८ कात्तिक, काठमाडौं । लागु औषधसहित पक्राउ परेपछि थाइ प्रहरीको हिरासतमा परेका पारस साहले छुटेपछि नयाँ तस्विर र फेसबुक स्टेटस सार्वजनिक गरेका छन् । उनले लेखेको पछिल्लो स्टेटसमा पूर्व युवराज पारस साहले आफूलाई फसाइएको र आफू बेबकुफ नभएको दावी गरेका छन् । फेसबुकमा उनले आफूलाई फसाएर पक्राउ गरिएको र आफूसँग फसाइएका प्रमाण रहेको समेत दावी गरेका छन् । आफू नेपाल आउन सोंचेपनि आउन नसकेको बताएका पारसले बाबुलाई हृदयघात हुँदा नेपाल आउनै लागेको समेत भनेका छन् । आफूलाई फसाइएपनि मुद्धा लड्दा आफूलाई खतरा हुने चेतावनी वकिलले दिएका कारण मुद्धा नलडेको समेत पारसले बताएका छन् । अक्टोबर ७ देखि ८ सम्म २ दिन सम्म आफ्नो प्रेमिकासँग झगडा भएको खुलासा गर्दै उनले गर्लफ्रेण्डकै भाइले आफूलाई पक्राएको दावी गरेका छन् । उनले अन्त्यमा भनेका छन्ः 'म पनि वेवकुफ छैन । मेरो परिवारको नाम र मुलुकको नामका लागि यो खेल खेल्न र जीवनसँग जुवा खेल्न मसँग मुटु छ ।' पारस साहले फेसबुकमा सेल्फी अर्थात आफैले खिचेको तस्विर पोष्ट पनि गरेका छन् । पारस साह कुनै हसाउँने कलाकार जस्तो कपडा बाँधेर हाँसिरहेका देखिन्छन् । पारस साह पक्राउ परेपछि उनको तस्विरको विषयलाई लिएर विवाद भएपनि पारसमा आएको शारीरिक र अनुहारको परिवर्तन प्रष्ट देखिन्छ । पारस पक्राउ गरेपछि उनी नभएको भन्दै कतिपयले निक्कै चर्को विवाद गरेका थिए । - See more at: http://nepaliheadlines.com/201... Source http://nepaliheadlines.com/201...
cybernepali · Nov 4, 2014 10:04 AM · 1,227 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion