ग्यालो चाहियो बजैलाई !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दसैंको टिका थापु भनी बजैलाई फोन मारेको त मलाई गालोपठाइदे मर्जी भो | गालो भन्ने के बस्तु रहेछ भनी म्याथा पच्चिस धेरै गर्नै परेन : जिजुमुमाले ग्यालेक्सी भनी बक्सेको हो भनी नेपथ्यबाट चर्को स्वर सुनियो | त्यो पुन्टे पनि जिजु बजैले ग्यालेक्सी पाये चलाऊन पाउने त उहिनै हो , अनी बजैको सबै भन्दा प्यारो र घरको स्यानो हो किन पछी पर्थ्यो ? मेरी बजैले ल्यप्टो   बाट गालोमा अपग्रेड गर्ने समय आएछ : आफु संग नभएकोले एस प्रति ध्यान नै गएँन |  ल्याप्टो खोल्न अनुहार हेर्दै कुरा गरौ भन्ने बजैलाई १८ घण्टा लोड सेडिङ पछी कन्भर्टर्ले काम चलाई हुँदै थियो; राताघरे को नातिले ग्यालेक्सी पठाइ दिए पछी 24/7 चलेको मात्र हैन खोकलिमा हालेर जता ततै लान मिल्ने , त्यो भन्दा पनि फेस बूकमा र स्काईपमा फलानो आयो भने पछी गर्दै गरेको काम छोडेर आऊनु परेन : चियाको कप ल्याए जस्ताइ ग्यालो ल्याए भाई हाल्यो | बजैको  माग पुर्याउनु पर्यो : लौ साथि हो ल्याप्टो पठाउने  हैन त्यो गालो भन्ने चिज उत्तम होला ! Apple or Samsung? Any Suggestion?    http://sajha.com/sajha/html/in... http://sajha.com/sajha/html/in...     Last edited: 31-Oct-14 10:05 AM Last edited: 03-Nov-14 08:01 AM

magorkhe1 · Oct 30, 2014 9:16 AM · 9,162 views

4 Replies

Haha. Hasaayo mitra le. Pathau pathau gyaalo.

facebook · Oct 30, 2014 9:31 AM

बेटारी जुनमा लामो समय सम्म रहन्छ तेही पठाउने , iphone होला \ अनि विधा-उपबिधा मा मदन पुरस्कार दिने व्यवस्था भयो भने एउटा चै हाम्रो साझे गोर्खे मित्रलाई मिल्छ होला | पुरस्कारको घोसणामा एस्तो लेखिएको हुन्छ : "नेपाल बस्नेले विदेश, बिसेष गरि अमेरिका, मा रहेका आफन्तसंग बिधुतिय उपकरण मागाउदा विदेश बस्नेलाई हुने गरेका अनुभूति र अनुभवलाई कथा, कविताको माध्यमबाट राम्रोसंग प्रस्तुत गरेकोले साझा निवासी (तमुवान प्रदेश ससुराली भएका , साबिकको पस्सिमांचल विकास क्षेत्र ) श्री मगोर्खे ज्यु लाइ येही माथि लेखिएको उपबिधामा मदन पुरस्कार प्रदान गरिएको छ" |

nepalilaure · Oct 30, 2014 10:09 AM

Thank you NepaliLaure bro for your advise. On BlackFriday sale got one. She will be receiving around 2nd week of December. No matter what is the age and the ethnicity : every one is enjoying and utilizing the newer gadgets.

maGorkhe1 · Nov 30, 2014 11:36 AM

म अलिक अन्ध बिस्वासी हुदै गएको हो कि देखिएका सपना  ले नराम्रो कुरा मात्रै देखाउने भएर हो मन अस्थिर  बनाउछ | कुनै कुनै सपनालेi धेरै लामो समय  सताउछ | १५-२० दिन अघि माथिल्लो दात खुस्केको सपना देखे पछि के छ बुढा पाका को हालखबर भनि सोध्न पुगेको थिए | सबै ठिक ठाक छ भने पछि तेस बीच सम्पर्क मा बसिन | सम्पर्क टुट्नु के थियो ग्यालो माग्ने बजै नै बितिछिंन | भुईचालो पछि नेपाल गएको बेला भेटेको थिए , गला मुसार्दै माया गरेको अझै ताजा छ | साउ भन्दा ब्याजको माया भन्ने उखान सुनेकै होला हामि ब्याज हौ | साथि हो बाजे बजै लाइ माया नमार, बेला बेलामा अर्ति लिदै गर अनि आसिर्बाद थापी राख |तिम्रो स्वर सुनेर कती हर्सित हुन्छन कुरा गरेर र त हेर आँफै थाहा पाउने छौ |   Last edited: 10-Feb-17 08:15 AM

MaGorkhe1 · Feb 1, 2017 9:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all