साथी तिमी जन्मेछौ आज मलाई खुशी लाग्यो मेरा सन्जाल का भित्त हरु तिम्रो नाम ले भरिएका छन मेरो भित्तो भरी तिम्रो फोटो सजिरहेछ मैले पनि सामाजिक सन्जाल को नियम राखे तिम्लाई जन्मदिन को शुभकामना साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो तिमी कैले जन्मिएउ ? को बाट जन्मिएउ ? मलाई अत्तो पत्तो छैन तिम्रो नामको पछी को पुछर नि मलाई थाहा छैन तिमी कैले मेरो सोच मा नि आएनौ तै पनि तिमी आज मेरी मित्र छौ मेरो दु:ख सुख मेरो भित्तो बाट थाहा पाउछौ तेइ भएर साथी तिमी जन्मिएउ मलाई खुशी लाग्यो दशक भयो तिम्रो अनुहार नदेखेको तिम्रो त्यो घोक्रो आवाज नसुनेको मेरो भित्तो मा तिम्रो फोटो नआएको भए तिम्रो थुतुनो नै मलाई याद थिएन तिमी मरेउ बाचेउ मलाई बाल भएन मैले कैले खोजिनिती नि गरिन तर आज तिमी जन्मेछौ मलाई खुशी लाग्यो मलाई अझै याद छ तिम्ले मलाई कैले देखी सहेनौ मैले तिम्लाई कैले झेल्न सकिन तिमी आउँदा म जान्थे म आउँदा तिमी जान्थेउ तर आज हाम्रो मित्रता छ , तिम्रा मित्रको सुचीमा मेरो नाम अन्कित छ् यो सन्जालले हाम्लाई कहाँ बाट जोडायो तिमी जन्मेउ मलाई खुशी लाग्यो एत्रो बर्ष हाम्रो कैले कुरो भएन तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो "लाइक" आउछ मेरो हरेक तोर्पे फोटा मा तिम्रो "भनाइ" आउछ तेइ भएर आज तिम्रो जन्मदिन को शुभकामना टक्राउछु तिमी नजन्मेको भएनी मलाई केइ फरक पर्थेन तर साथी तिमी जन्मेछौ मलाई खुशी लाग्यो (सामाजिक सन्जाल मा देखिने खोक्रो मित्रता/शुभकामना प्रती मेरो एउटा सानो व्यङ्ग । )
amricane · Oct 29, 2014 12:52 PM · 19,092 views
मित्रता : नाजिकता : आफन्तपना : आफु विदेश भएकोले तिम्रो आई -फोन छ छैन भनि सोध्न भएन : तल हेराइ होला | बिदेस जानेले मात्र सम्झना एकोहोरो राख्नु पर्ने बाध्यता मेरो मात्र हो वा यस्तै सोचाइ अरुको पनि छ ? सबैको घर घर मा स्काईप मात्र होईन आई-फोन संगै ग्यालेक्सी / मिनी आई-प्याड हुँदा हुदैन पनि कहिलै कीप इन टच हुने जमर्को देखिएको हैन | के रहेछ भनि फोन गर्दा खुसि लाग्यो का बाट सम्झिस ? , भाईबर भएको सुने पछि : मैले पनि भाइबर माफर्त कीप इन टच हुदै गरुला भनि मिठो जबाफ फर्काइ दिने गरको छु | २ बर्ष भयो , काछा काकाकोमा ग्यालेक्सी राखेको : यो २ बर्समा ३ चोटी फोन मारियो होला : १० मिनेट मात्रै छ है कलिंग कार्ड भन्दा पनि यो नम्बरमा फोन मार्न न त ! भन्ने बाणी सुनिएको हैन ! यो पनि तेही साथि जन्मिएको झटारो मा आफ्नो चटारो जोडी दिए | Last edited: 30-Oct-14 08:52 AM
magorkhe1 · Oct 29, 2014 1:22 PM
राम्रो छ amricane . बिसेष गरि : न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो "लाइक" आउछ मेरो हरेक तोर्पे फोटा मा तिम्रो "भनाइ" आउछ अनि गोर्खे सोल्टीले (बास्तबमा साडू पर्नुभो जस्तो लाग्छ , बुज्नु भो होइन ? ;)), २ बर्समा ३ चोटी फोन मारेको रे ? त्यो त ठिकै नै त हो नि , आफ्नो त ३ बर्समा २ चोटी मुस्किलले हुन्छ | तर कसैसंग केहि दुख मनाउ छैन \ chemistry मिल्ने मान्छे संग ५ बर्सको अन्तर पछि भेट्दा पनि राम्रै सहयोग/व्यवहार पाउछु | दुख परेको बेलामा चै अलिकति भए पनि सहयोग चाहिन्छ कि भनेर सोध्यो भने त्यो मान्छे संग सधै राम्रो हुन्छ , नत्र सबै जना आ-आफ्नो जिन्दगी बिताउदै छन् आ-आफ्नो तरिकाले |
nepalilaure · Oct 29, 2014 1:50 PM
अम्रिकाने जी ! बडा गज्जबको झटारो हान्नु भयो भन्या, त्यै त आइनो- न-साइनो, फेसबूक्मा राखेर के गर्नु ? सिधै डिलेट हान्नु पर्छ क्या / अनि त के के को मेरो दु:ख सुख मेरो भित्तो बाट थाहा पाउछौ भन्ने कुरै हुन्न नि कि कसो?
Ritto Haat · Oct 29, 2014 6:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion