Ma:Ha: in New York, and JanaJaati Controversy

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Heard few ramblings on this issue, trying to understand the controversy. Here's the article from mysansar: http://www.mysansar.com/2014/1...

Kiddo · Oct 28, 2014 12:10 PM · 1,985 views

2 Replies

I went to watch the show in NY but I did not hear about this episode. Makes one wonder if you have to be 50 years plus to become a celebrity in Nepal.

Shahi Baba · Oct 28, 2014 2:46 PM

From mysansar (I couldn't attach the letter from Mr. Haribansha Acharya): तिमेरुले संघीयता विरोधी कुरा किन गर्यौ? हामी तिमेरुको कार्यक्रम नै बिथोलेर तिमारुलाई कालो मोसो दलिदिन्छौँ। अबदेखि संघीयताविरोधी कुरो गर्दिन भनेर एउटा बकपत्र लेखेर सही धस्काऊ” न्युयोर्कस्थित जनजाती महासंघका उपाध्यक्ष्य मणि वाङ्देल र सचिव मन राना मगरले रातको १२ बजे मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य बसेको ठाउँमा गई त्यस्तो धम्कियुक्त कुरो गरेका थिए रे भनेर न्युयोर्कका केही भुइंफुट्टा ब्यक्तिहरुले निराधार, बिना आधारको अनर्गल प्रचार गरेका छन्। त्यही गलत प्रचारलाई नकेलाई थुप्रैले स्यालहुइँया गरेको पनि पाइयो। कागले कान लग्यो भनेको सुनेर आफ्नो कानै नछामी कागको पछाडि दगुर्ने उखान यसपालि न्युयोर्कमा चरितार्थ भयो। मन राना मगरले उक्त गलत हल्लाको खण्डन पनि गरेका छन्। त्यो धम्की थियो वा संवाद थियो मोहन ज्ञवाली लगायत थुप्रै रिचुउडेहरु साक्षीको रुपमा त्यहाँ उपस्थित रहेछ‌न्। वक्तब्य कसरी तयार पारिएको हो भन्ने कुरा मणी वाङ्देलले प्रष्ट्याइसक्नु भएको छ। मान बहादुर रानामगर (मह-जोडी संगको छलफलमा महासंघको तर्फको एक सहभागी) लेख्छन्- बास्तबिक्ता र बजारको हल्ला…. अहिले मह-जोडी र आदिवासी जनजाति महासंघ अमेरिका खुबै चर्चाको बिषय बनेको छ | हिजोको दिनमा कैयौ कार्यक्रमहरु सम्पन्न हुदा पनि तातो न चिसो हुने न्युयोर्कका केही साथीहरु मह-जात्रा न्युयोर्कको दोस्रो कार्यक्रम पछि अत्यन्त रहस्यमय रुपमा फेसबुक मार्फत बहसमा उत्रदा फेसबुक बजार राम्रै तातेको छ | अब तात्नु पनि पर्छ | उक्त बजारे बिषयको बारेमा कार्यक्रम आयोजक ज्युहरुले बारम्बार कार्यक्रमको बारेमा छलफल गरौ भन्नु भए पछि हामी (मणि बांग्देल र मान बहादुर रानामगर) ले पनि आयोजकहरु: भुवन अधिकारी, शहकुल खत्री, मोहन ज्ञावली, पत्रकार भोला आचार्य, रभि लामिछाने र कलाकार हरिबंश आचार्य सहित थुप्रै कलाकार तथा रिजउडका साथीहरु सहित कुराकानी भएको हो | हामीले कुराकानीको क्रममा वहाहरुलाई बाहिर सामाजिक संजालमा आएको संघियता विरोधीको रुपमा आएको प्रचारबाजीहरुको बारेमा स्पस्ट पार्दिनु भए कार्यक्रम लाई अझै बढी सहयोग पुग्ने बिचार राखेका हौ | हाम्रो कुरा सुने पछि वहाहरु कार्यक्रम प्रति चासो राख्दै छलफलमा आईदिनु भएको प्रति खुशी ब्याक्त गर्दै सामाजिक संजालहरुमा भएको दिग्भ्रमित कुराहरु प्रति स्पस्ट पार्न प्रेस-बिज्ञप्ति निकाल्न तयार हुनु भएको हो र सो बिज्ञप्ति कलाकार हरिबंश आचार्य ज्युको सहयोगमा पत्रकार भोला आचार्य जीले टाईप गर्नु भएको हो | जुन समाचार सबै भन्दा पहिला भोलाजी ले नै सम्प्रेषण गर्नु भएको हो | अब भन्नुहोस् साथीहरु बिज्ञप्ति कसले तयार पारेर लगेर हस्ताक्षर गर्न लगाए होला ?? कार्यक्रमको दोस्रो सस्करणको समापन पछि यो समाचार बडो गम्भीर रुपमा बंग्याएर बाहिर आउनु र ल्याउनु आफैमा रहस्यमय मात्र नभई संघियतामा प्रतिबध्दता जनाएको प्रति कटाक्ष गर्दै महजोडीको खिल्ली उडाउने काम भएको छ | जहासम्म आदिवासी जजजाती महासंघ र महासंघका पदाधिकारीहरुको बारेमा साथीहरु कुरा स्पस्ट छ | महासंघले बिगत देखिनै पहिचान सहितका संघिय गणतन्त्रको पक्षमा नेपालको सम्माननिय प्रधानमन्त्री, माननीय मन्त्रिज्युहरु लगायत बिभिन्न भिचारधारका नेता तथा बुध्दिजीबी हरु संग छलफल तथा बहस गर्दै आएका छौ र जस्तो सुकै परिस्थितिमा पनि हामी हाम्रो माग, मुद्दा र बिचारमा स्पस्ट थीइउ, छौ र रही रहन्छौ | जहाँ सम्म न्युयोर्कका केहि साथीहरुलगायत थुप्रै साथीहरुको बिचारहरु प्रति हामी अप्रत्यक्ष रुपमा जानकार छौ र पनि यसरी सतहमा आएर फेसबुक मार्फत आफ्नो बिचार ब्याक्त गरि यो बिषयलाई बृहत छलफल र बहसको बिषय बनाई दिनु भएको प्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु | अब हामी ढुलमुल भएर, दिग्भ्रमित बनाएर, बिचमा बसेर दोहोरो फाईदाको प्रतिक्षामा बस्ने भन्दा पनि आफ्नो बिचारलाई स्पस्ट कित्तामा लगेर यसरी नै बहस गर्दा समस्याको सामाधान निकाल्न सजिलो हुन्छ | त्यसैले अझै पनि हामी बहस को लागि सार्बजनिक रुपमै पनि राउन्ड टेबल छलफल मा बस्न सक्छौ | मणि बाङ्गदेल लेख्छन्- हामी भेट्नु जाँदा निकै ढिला भैसकेकोले रिजउड नेप्लिस सोसाइटिका महासचिव शकुल खत्री जी लाइ बाटैमा भेटेर उहाहरु ( मह जोडी ) धेरै थाक्नु भएको होला आराम गर्नु दिउँ हामि नभेटी फर्किन्छौ भनेको पनि हौँ ! तर त्यहि बेला कार्यक्रम आयोजक भुवनेश्वोर जी को फोन आयो र भेटेर जानुस भने पछी उहाकै निवास्थान मा गयौं ! र बाँकी के भयो सबै फिफ्ना का महासचिव मान रानामगर जी प्रस्टाई सक्नु भएको छ ! प्रेस बिज्ञप्ति तयार भैसक्दा हामीलाई हाम्रो संस्थाको नाम र हाम्रो पद मात्र सोधिएको थियो ! र अन्त्यमा तयार भएको बिज्ञप्ति लाइ फोटो खिची हाम्रो फेसबुक को वाल मा पनि पोस्ट गरि दिनुस भन्ने उहाहरुले आग्रह गर्नु भएको थियो ! तर त्यसो गर्नु मलाई उचित लागेन र गरिन पनि ! तर यहाँ त हामीले मह जोडीलाई कुनामा खाँदेर ल्याप्चे लगाउनु लाको जतिकै पो लेख्छन त पत्रकार मित्र हरु !! मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य राष्ट्रिय छविप्राप्त बरिष्ठ कलाकारहरु हुन्, सम्पूर्ण नेपालीहरुको आदरणीय ब्यक्तित्वहरु हुन्। हाम्रो देशमा अवस्थित नौरङ्गी राजनीतिक आस्था मध्य उहाँहरुको पनि कुनै न कुनै आस्थामा झुकाउ होला। झुकाउ राख्न पाउनु उहाँहरुको गणतान्त्रिक अधिकार हो। तर राष्ट्रिय छविप्राप्त गैरराजनितिक ब्यक्तिले धार्मिक र राजनीतिक अभिब्यक्ती दिँदा बडो होश पुर्याएर दिनुपर्दोरहेछ भन्ने कुरा त गायिका अन्जु पन्तको केसबाट थाहा लागिहाल्यो। बिगतमा महबाट त्य्स्तो गल्ती हुन गएको भए हालै आएको महको बक्तब्यले त्यो सच्चिएको ठान्नुपर्‍यो। कुरो यतिकैमा टुङ्ग्याउनु पर्नेमा हरहमेसा राजनीतिले गांजेका केही ब्यक्तिले यही कुरोलाई इस्यु बनाएर जनजाति आन्दोलनलाई बदनाम गर्ने नियत राख्दै जनजातिका पदाधिकारीहरुको महसँगको सम्बादलाई अतिरञ्जित बाख्या गरे। ती उटपटाङ्गे दिमागहरु मह जोगाउन नभएर महलाई प्यादा बनाएर आफ्नो निकृष्ट सोचलाई संघीयताबिरोधी कृयाकलापमा कसरी ढाल्न सकिन्छ भन्ने कुरोमा निर्देशित छन्। त्यसै त नेपालीहरु बीच सदभाव धमिलिएको छ, झन यस्ता बतासे कुरा गरेर सदभावलाई बिटुलो नपारौँ है ! न्युयोर्के पत्रकारहरुले सदभाव सल्टाउन अहम भूमिका खेल्न सक्छ, र खेल्नु पनि पर्छ।

Kiddo · Oct 28, 2014 4:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all