अमेरिकामा डा त्रिपाठी समालोचक शिरोमणि पद द्वारा सम्मानित I

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कार्तिक १० ,भर्जिनिया विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाली साहित्यका प्रकाण्ड विद्वान, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक ,नेराप्रपका पूर्व कुलपति मदन पुरस्कार विजेता डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिदै वहालाई समालोचक शिरोमणि पद द्वारा विभूषित गरिएको छ । उक्त अभिनन्दन कार्यक्रममा अमेरिकाबाट संचालित साहित्यिक बिधुतिय पत्रिका खसखस डटकमको तर्फबाट संचालक तथा साहित्यकार बासु श्रेष्ठले डा त्रिपाठीलाई अभिनन्दन गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रम अमेरिका स्थित अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा लक्ष्मी जयन्तीका अवसरमा अभिनन्दन गरिएको हो । अभिनन्दन समारोहमा प्रमुख अतिथी अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत ऋषिराम घिमिरे एवं विशिष्ट अतिथिमा अमेरिका लागि नेपाल सरकारका महावाणिज्यदूत श्री प्रेमराजा महतले मन्तब्य राख्नु भएको थियो । सो अवसरमा प्रा. डा. वासुदेव त्रिपाठीको व्यक्तित्व एवं कृतित्वका सन्दर्भमा प्राध्यापक श्री हरि धिमिरे, सोमनाथ धिमिरे, एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका अध्यक्ष बसन्त श्रेष्ठ, कवि पुरुषोत्तम सुबेदी, नेपाली आख्यान विधाका चर्चित व्यक्तित्व कृष्ण धारावासीले प्रकाश परेका थिए । उक्त अभिनन्दन कार्यक्रममा अनेसासका संस्थापक अधक्ष्य होमनाथ सुवेदीले प्राध्यापक वासुदेव त्रिपाठीलाई नेपाली साहित्यका महाराजाको संज्ञा दिएका थिए । उपन्यासकार होमनाथ सुवेदीको अध्यक्षता तथा अभिनन्दीत व्यक्तित्व प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको दोश्रो सत्रको कार्यक्रममा डा. कल्पना सत्यालको बैशको रुख कविता सग्रहको विमोचन एवं प्रस्तुत कृतिको टिप्पणी सह प्राध्यापक सोमनाथ धिमिरेले गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगितात्मक वाल तथा वयस्क पनि समाबेस गरिएको थियो भने प्रतियोगितात्मक कवि गोष्ठीका विजेता कवि तथा कवियत्री सबैलाई स्व. कवि चेतकान्त चापागाई स्मृति पुरस्कार नगद प्रमाण पत्र सहित वितरण गरिएको थियो । उक्त अभिनन्दन कार्यक्रम अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार ,त्रकार ,गीतकार गोविन्द गिरी प्रेरणाको संयोजकत्वमा अभिनन्दन समारोह समिति गठन गरिएको थियो।

mahoday · Oct 27, 2014 5:21 PM · 4,397 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all