नेपालमाथी आक्रमण गर्न सक्नेहरुलाई उल्टै दोहोरो नागरिकता दिने?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मधेसीले एउटा नागरिकता नपाउने, एनआरएनलाई दुईटा चाहिने ? -ध्रुवहरि अधिकारी परराष्ट्रका एक अधिकारीले अनौपचारिक कुराकानीका क्रममा भनेका थिए, एनआरएन भनेका ‘नन रेसिडेन्टल नेपाली’ होइनन् ‘भर पर्ननालायक नेपाली’ हुन् । एनआरएनका नाममा एक हुल मान्छे दसैं तिहारको मौका पारेर नेपाल आउँछन् । सरकारी खर्चमा बैठक गर्छन् र चाड मनाएर फेरि विदेश फर्कन्छन् । यस्तो समुदाय सानो छ । त्यो सानो समुदायले नेपालको नागरिकता त्यागिसकेको छ । विदेशी पासपोर्ट र नागरिकता लिएको छ । एनआरएनले दाबी गरेजस्तो विदेशी पासपोर्टधारी नेपाली मुलका मानिस लाखौं र हजारौं होइन सयौंको संख्यामा छन् । एनआरएनका टाउकेहरु मलेसिया र खाडी मुलुकमा हरेका नेपालीका लागि पनि हामी लडिरहेका छौं भन्छन् । तर ती मुलुकमा जानेको एउटै मात्र पासपोर्ट र नागरिकता छ । उनीहरुलाई दोहोरो नागरिकताको जरुरी नै छैन । एनआरएनका नाममा धन्धा गर्नेहरु नेपाल आएका बेला सुट टाई लगाएर प्रधानमन्त्री, मन्त्री, सभामुख र राज्यका नीति निर्माण तहमा बस्ने ‘ठूल चर्चावाल मान्छे भेट्छन् ।  प्रभावमा पार्न गच्छेले सकेको ‘कोसेली’ टक्र्याउँछन् । तदनुसार आफ्नो सानो समुदायलाई फाइदा हुने गरी नेपालको ऐन, कानुन, नीति बनाउन लगाउने गर्छन् । किन चाहियो दोहोरो नागरिकता ? विदेशी नागरिकताबाहक नेपालीलाई एकैचोटि दुईवटा देशको नागरिकता कायम राख्ने हो भने नेपालले धान्नै सक्दैन । अरु कुराको अतिरिक्त भारतमा पनि दार्जिलिङ, सिक्किम, मेघालय र आसाममा रहेका नेपालीले दोहोरो नागरिकता मागे भने के हुन्छ ? ७०/८० लाख उताका नागरिकताधारी नेपालीले यता नागरिकता पाए भने नेपालको अवस्था के होला ? दोहोरो नागरिकता दिन्छु भन्ने र माग्ने दुवैले यो कुरा सोचेका छन् जस्तो लाग्दैन । अर्को पाटोबाट हेर्ने हो दक्षिण एसियामा बसेकालाई दोहोरो नागरिकता नदिने रे । यो ठाडै भेदभाव भयो । के अमेरिका, बेलायत, युरोप, जापान र अष्ट्रेलियामा बस्ने बाहेक अरु गैरआवासीय नेपाली होइनन् ? अमेरिकाले नेपालमा आक्रमण गर्‍यो भने ? अमेरिकामा पनि धेरै संख्यामा गैरआवासीय नेपाली छन् । अमेरिकाको ग्रिनकार्ड लिने बेलामा अमेरिकाको संविधानको रक्षा गर्छु । आवश्यक पर्‍यो भने अमेरिकाको पक्षमा हतियार उठाउँछु भनेर कबुल गरेको हुन्छ । काल्पनिक नै सही तर भोलि कुनै दिन नेपाल र अमेरिकाबीच लडाईं भयो भने दोहोरो नागरिकताधारी एनआरएनले कसको पक्षमा र कसको विपक्षमा हतियार उठाउने ? दोहोरो नागरिकता माग्ने र दिनेले पहिला यसबारे प्रष्ट पार्नु पर्छ कि पर्दैन ? एउटी महिलाका एकैसाथ दुई श्रीमान हुन सक्छन् ? हुन सक्छन् तर पहिलोसँग सम्बन्ध विच्छेद भएको हुनुपर्छ । कसैलाई एउटा छैन, कसैलाई दुईवटा ? मधेसमा लामो समयदेखि नागरिकता विवाद छ । एउटा पक्षले नागरिकता नपाएको गुनासो गरेको वर्षौं भइसक्यो । कसैले एउटा नागरिकता नपाएको अवस्थामा कसैलाई दुईवटा नागरिकता किन चाहियो ? यो त नेपाली उखान ‘चिची पनि पापा पनि’ भनेजस्तै भयो । नेपालको कानुनले उताको नागरिकता त्यागेर आउनेलाई नागरिकता नदिने भनेको छैन । यो कुनै न्यायोचित कुरा होइन । केही वर्ष उता बस्नु, पैसा कमाउनु अनि आउन मन लागे उताको नागरिकता त्यागेर यता आए भइहाल्छ नि किन चाहियो दोहोरो नागरिकता ? नेपालमा एनआरएनले के गरेको छ ? एनआरएनहरुमा नेपाललाई कर तिर्न नचाहने प्रवृत्ति छ । बरु नेपालमा लगानी गरेर कमाएको पैसा उतै लान चाहने सोच देखिएको छ । नेपाली मुलको भएकाले लगानी गरेर कमाएको नाफा उतै लैजाऔं भन्ने भावना भएका मानिस छन् । एनआरएन अध्यक्ष शेष घलेले नेपालमा ८ अर्बको लगानीमा होटल खोल्ने कुरा गरेका छन् । नेपालीले रोजगारी पनि पाउँछन् । यो स्वागतयोग्य कुरा हो । तर उनले पनि कमाएको पैसा उतै लाने कुरा गरेका छन् । एनआरएनभन्दा खाडीका नेपालीको योगदान धेरै खाडी र मेलेसियामा गएका नेपालीको मुलुकको लागि ठूलो योगदान छ । उनीहरुले पठाएको रेमिट्यान्सले मुलुक चलेको छ । एनआरएनका नाममा टाई लगाएर आउने सुकिला–मुकिलाको केही योगदान छैन । खाडीमा रहेका नेपाली जसको मुलुकका लागि योगदान पनि छ । उनीहरुलाई दोहोरो नागरिकता चाहिएको छैन । तिनलाई एनआरएनबारे थाहा पनि छैन । २४ घण्टामा चार घण्टा सुतेर बाँकी समय मरुभूमिमा काम गर्नुपर्नेहरुका लागि दोहोरो नागरिकताको कुनै जरुरी छैन । उनीहरु निर्धारित समयका लागि जान्छन् र  भिसा सकएिपछि एक दिन पनि बस्न पाउँदैनन् । एनआरएनहरु ती देशमा रहेकाहरुका लागि पनि  लडेको बताउँछन् । मुलुकलाई धोका दिनेहरु एनआरएन ? जो मानिसहरु अहिले गैरआवासीय नेपाली संघको नेतृत्व गरिरहेका छन् । उनीहरु राज्यको छात्रवृत्ति कोटामा पढ्न गएका हुन् । राज्यले छात्रवृत्तिमा पढ्न पठाउनुको अर्थ विदेशमा डाक्टर इन्जिनियर पढेपछि स्वदेश फर्कियोस् र मुलुकको सेवा गरोस् भन्ने हो । नेपालले छात्रवृत्तिमा पढ्न पठाएकाहरु कबुलियतथअनुसार नेपाल फर्केर देशको सेवा गर्नुपर्ने हो ।तर मुलुकप्रति बेइमानी गरेर उतै बसेर बनाएको हैसियतका आधारमा यता आएर थर्काउने गरेका छन् । एनआरएन संस्थापक उपेन्द्र महतो सोभयितसंघ हुँदैमा पढ्न गएका हुन् । उतै बसे र पैसा कमाए । घरखेत बेचेरै गएको भए पनि उतै कमाउँछु र उन्नति प्रगति गर्छु भनेर गएको हो । प्रधानमन्त्री सुशील कोइरालाले समेत नेपालमा धामाधम लगानी गर्नुस् दोहोरो नागरिकता दिऔंला भनेछन् । उनले किन त्यसो भने ? आफूलाई वा पार्टीलाई चन्दा दिएकाले भनेको भए ठीकै होला । नेपाल आउन कसले रोक्छ र ? विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन कसैले छेक्दैन । नेपाल आउन पाइएन, लगानी गर्न पाइएन भन्ने तर्कमा कुनै दम छैन । नेपालको कानुन यति सजिलो छ कि बेलायती मुलुकको नागरिक नेपाल आयो भने एयरपोर्टमै भिसा लाग्छ । आउनु त्यसै गरी भिसा लिनु बस्नु । स्पेनमा नेपाली कटक मल्ल छन् । उनी हरेक पटक नेपाल आउँदा पैसा तिरेर भिसा लिन्छन् । उनले कसैलाई झुक्याएका छैनन् । सबैले त्यसै गरे भयो । नेपालसँग भावनात्मक सम्बन्ध छ भन्ने दाबी गर्नेले राज्यलाई दुई चार पैसा तिर्दैमा के फरक पर्छ र कर छल्न दोहोरो नागरिकताको कुरा गर्ने वा आफू नेपाली नै हो भनेर छल्ने ? यसो गर्न सकिन्छ अहिलेकै कानुनी व्यवस्थाले नेपाली मुलुको विदेशी भन्ने प्रणमापत्र दिने ग्यारेण्टी गरेको छ । आफ्नो विवरण खुलाएर फाराम भरे कार्ड पाइन्छ । त्यो कार्डले नेपालमा जतिबेला आए पनि गए पनि मिल्छ । त्यो कार्ड देखाएपछि भिसा चाहिंदैन । पैसा पनि लाग्दैन । १० वर्षसम्म दर्जनौंपटक ओहोरदोहोर गर्न मिल्छ । १० वर्षपछि फेरि कार्ड नवीकरण गर्न मिल्छ । त्यसका लागि केही पैसा लाग्छ । यो कुरा एनआरएन वा नेपालका नेताले थाहा नपाएका होइनन् । राज्यलाई त्यही पैसा नतिर्न दोहोरो नागरिकताको कुरा उठाइएको हो । अमेरिका, बेलायत, अष्ट्रेलिया बस्ने अनि ५ सय डलर दिन नसक्ने ? मेरो तर्फबाट पनि राज्यलाई राजश्वा तिरें भनेर खुसी हुनुपर्ने हो । तर पैसा तिर्नुपर्छ भनेर चुकुचुकाउने अनि उनैलाई राज्यले किन संरक्षण गर्ने ? दोहोरो नागरिकताभन्दा नेपाली मुलुकको व्यक्ति भन्ने प्रमाणपत्र लिने र त्यसले दिएका सुविधा उपयोग गर्ने परिपाटी बसाल्नु राम्रो हुन्छ । मागमा कुनै तर्क छैन दोहोरो नागरिकता माग्नेसँग कुुनै तर्क छैन । खाली एचोटिको नेपाली सधैंको नेपाली हुन पाउनुपर्छ भन्छन् । कसले हुन पाउँदैन भनेको छ र ? दोहोरो नागरिकता पाउनुपर्‍यो भन्ने मागमा विरोध भएपछि अहिले नेपाली नागरिकताको निरन्तरताको कुरा गरेका छन् । नेपालसँग भावनात्मक सम्बन्ध छ । छोरा नाति उतै हुर्के नेपाल चिनाउनु पर्‍यो भन्छन्,  संसारभरका मान्छे नेपाल आउन पाएका छन् । नेपाली मुलकालाई त यो सुविधा छँदैछ । http://kathmandutoday.com/2014... Last edited: 18-Oct-14 02:47 AM

ashishme · Oct 18, 2014 2:45 AM · 5,818 views

5 Replies

अरे उल्लु को पठ्ठा अमेरिकाले नेपाललाइ आक्रमण गर्ने आँट गर्न सक्ला?? हामी बिर गोर्खाली बिरबल भद्र अनि कालु पाण्डेका सन्तानलाई अमेरिकाले आखा मात्र तरेर हेरोश न हामि पनि गर्न जान्या छम| सिद्धदै येम्लोक मा पुरैदिन्छ्म . हामीलाई के ठान्याछस

bokaman · Oct 21, 2014 1:44 PM

"अमेरिकामा पनि धेरै संख्यामा गैरआवासीय नेपाली छन् । अमेरिकाको ग्रिनकार्ड लिने बेलामा अमेरिकाको संविधानको रक्षा गर्छु । आवश्यक पर्‍यो भने अमेरिकाको पक्षमा हतियार उठाउँछु भनेर कबुल गरेको हुन्छ ।" ---हा हा हा ! ग्रीन कार्ड लिने बेलामा एस्तो कबुल गरेको हुन्छ रे/ वाहियात !

adhikari_bandhu · Oct 29, 2014 8:18 PM

Little knowledge is dangerous, this is what happening, goverment officials! My as*"  Last edited: 29-Oct-14 08:59 PM

atomic · Oct 29, 2014 8:55 PM

@adhikari_bandhu, "अमेरिकामा पनि धेरै संख्यामा गैरआवासीय नेपाली छन् । अमेरिकाको ग्रिनकार्ड लिने बेलामा अमेरिकाको संविधानको रक्षा गर्छु । आवश्यक पर्‍यो भने अमेरिकाको पक्षमा हतियार उठाउँछु भनेर कबुल गरेको हुन्छ ।" ---हा हा हा ! ग्रीन कार्ड लिने बेलामा एस्तो कबुल गरेको हुन्छ रे/ वाहियात !" This is actually true, I dont know whether you already have a green card or not. But if you haven't signed this above contract, then you wont be eligible for any federal benefits and you could get imprisoned too. This is called Selective Service, and every permanent resident should enroll in it.

Mr. D · Oct 30, 2014 9:53 AM

Above is true for Men under 26.

Kiddo · Oct 30, 2014 11:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all