के भाड़ा माज्न कै लागी हो त मास्टर डीग्री ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जनक मान डंगोल।janakdangol@gmail.com आज भन्दा १९ बर्ष अगाडी भारतमा साहरुख खान तथा काजोलको जोडीलाई लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ भन्ने चलचित्र बनाईएको थियो र त्यहि चलचित्रको नाम जस्तै मिल्दोजुल्दो ‘हम्टी शर्माके दुल्हनियाँ’ भन्ने चलचित्र केहि महिना अगाडी प्रदर्शनमा आयो ! त्यो चलचित्रमा भएको एक दृश्य मैले अहिले प्रस्तुत गर्न लागेको आलेख संग केहि मिल्दोजुल्दो हुने भएकोले उल्लेख गर्न लागेको हु ! चलचित्रमा चलचित्रकी नायिकाले आफ्नो पिता सित आफ्नो विवाहमा महँगो कपडाको माग गर्छिन ! पिता तथा दाज्युले महँगो भयो हुन्न भन्ना साथ म दिल्ली जान्छु मामा घर भनेर जवाफ दिन्छिन ! पिताले सोध्छन किन ? नायिकाले जवाफ दिन्छिन म बुढी हुन्जेल सम्ममा पनि मैले याहाँ त्यति पैसा कमाउन सक्दिन त्यसैले ठुलो सहरको ठुलै नाम ठुलै काम अनि ठुलै दाम ! २०४६ सालको राजनैतिक परिवर्तन पस्चात हाम्रो देस नेपालमा पनि बिदेस जाने लर्को लागेको छ ! यसरि बिदेस जानेहरुमा के युवा के अर्ध बैंस सबै उमेरका समान छन ! नेपालमा भएको उच्च शिक्षाको डिग्री देखि सोहि अनुसारको पेसा लाई लात हानेर युरोप अमेरिका जान तम्सिनेको कुनै कमि छैन ! नाम राख्दा सुरक्षाको हिसाबले अप्ठ्यारो पर्ने देखिएकोले युरोप बाट एक जना मित्रले मेरो च्याट बक्समा क्याप्सन सहितको केहि तस्विर पठाउनु भएको रहेछ त्यै तस्विरको साथ उहाँले ब्यक्त गर्नु भएको भनाईलाई सम्पादित गरेर राखेको छु ! युरोपमा नेपाली एन आर एनहरुले गर्ने काम प्राय यस्तै हुन ! हेर्नुस तस्विर आफै बोलेको छ ! नेपाल वाट मास्टर गरेर अनी युरोप मा फेरी मास्टर गरीयो अनी ग्रीन कार्ड पनि पाईयो high skill कामदार कोरुपमा ११ वर्ष युरोप का विभिन्न देश मा काम गरीयो देश फेरीयो वसाई फेरीयो तर काम कहील्यै फेरीयन सधै भाडा मजाई देख्छु ! यहाँ मेरा साथीहरु एनआर एन मा ठुला ठुला गफ गर्दछन नेपाल जान्छन, रेडीयो टी भी मा अन्तर वार्ता दीन्छन म भाडा माज्दै ती अन्तरवार्ता सुन्छु एन आर एन को कार्यसमिति मा हेर्छु सवै मेरा साथी हामी सगै भाडा माझीरहेका हुन्छौ रातभरी काम भाडा मजाई दीन भरी सुताई तर गज्जव को कुरा के भने युरोप वाट गयपछी नेपाल मा नेता लाई थोत्रा गफ दीयो मख्ख पार्यो के गर्नु वास्तवमा भन्दा वढी गफाडी युरोप का एन आर एन छन ! तर अपवादमा युरोपको पोर्तुगलका मा हमाल घराना सफल व्यापारी मानीन्छन ! व्यापार गर्दछन तर त्यो वाहेक डेन्मार्क सुईडेन नर्वे लगायत मा ९९% को काम यही प्रस्तुत गरिएको तस्वीर ले देखाऊदछ ! नेपाल का लेक्चर, अधिकृतहरु इन्जीनियर नर्स डक्टर हरु डेन्मार्क मा प्रायः यही काम मा व्यस्त हुन्छन तर यो काम पाऊन नि कहा सजीलो छ र कही कही त हाईजेनीक ३ दीने कोर्ष गर्नु पर्दछ ती नेपाल का पि एच डी र मास्टर का सर्टिफ़िकेट त शिरानी मुनी हो वायोडाटा मा जागीर अनुभव मा नेपाल का प्रतीस्टीत होटल मा भाडा माजेको अनुभव हाल्नु पर्दछ ! जानेर वा नजानेर ठुलो सपना देख्दै युरोप आईयो तर मैले नेपालमा कमाको डिग्रीको यता कुनै मुल्य रहेनछ ! मैले त्यत्रो दुख गरेर आर्जन गरेको मेरो मास्टरको डिग्रीलाई यता कुनै मान्यता दीइयेना ! पुन: आर्को डिग्री हासिल गर्नु पर्ने भयो तर डिग्री हासिल गर्न लाई चाहिने त धन हो बिना धनको डिग्री हासिल गर्न कि त नेपालमा अभिभावक कुलीन घरानाको हुनु पर्यो हैन भने आफैले नकमाए सम्म डिग्री हासिल गर्ने कुनै गुन्जायेस देखिएन ! काम नगरी पैसा पाईदैन तर युरोपमा काम पाउन पनि त्यत्तिकै सास्ती ! घरमा आफुले खाएको जुठो भाँडा कहिले सफा गरिएन तर यतात त्यै जुठो भाँडा सफा गर्न पनि ३ दिनको तालिम लिनु पर्ने ! मान्छे भन्दा ठुला ठुला ड्रम देखि अन्य डेक्चि, प्लेट, चम्चि, काँटा आदिको रास र रातभरी काम भनेको अंग्रेजीमा क्लिनर अर्थात डीसवास लाई हाम्रा छिमेकीको देसा भन्छन नि डेक्चि ड्राईभर नगरी कुनै सुख: नपाइने ! हामि हिन्दुको छोराछोरी ! गाईको हड्डी राखेर बनाईएको सुप पकाईने अजंगको भाँडो पहिलो पटक सफा गर्दा यो हृदय के कस्तो भो होला त्यसको अनुमान गर्नुस त एक चोटि ! मानसिक तनावले विक्षिप्त भएर बेल्जियम बाट निस्केर हिडेका सन्तोष भटराई तस्विर साभार: बिनोद न्यौपानेको फेसबुक बाट ! हिजै मात्र हो सामाजिक संजाल फेसबुकको भित्तामा फेस्बुके मित्र श्री बिनोद न्यौपानेज्युले “तपाईनै पर्नु भयो कि हराएका युवाको आफन्त” ? भन्ने शिर्षक राखेर सन्तोस भट्टराई बेल्जियमबाट हराएर परिस् आइपुगेको थहा भयो । मानसिक तनाव, पीडा र चिन्ताले उनी बेसहारा बने । अनि सडकको कतै पेटीमा बस्ने, मागेर खाने, नदिए सामाजिक संस्थाले खान खुवाउने ठाउँमा माग्ने । सडक पेटी, पार्क वा रेलका लिक छेउमा सुत्ने । यस्तो खबर त आयो फेसबूकमा । तर कहाँ छन् त पेरिसमा ? कसले चिन्छ ? केहिदिन अघि केशव कँडेल (दिवाना राज) ले भेटेर यो फोटो खिचे । सामाजिक सञ्जालमा राखिदिए । तरपनि सायद उनको परिवारसम्म जानकारि पुगेन भनेर फेसबुकमा पोस्ट गर्नु भएको रहेछ सायद यो खबर उहाले नेपाल प्लस ब्लग बाट लिनु भएको होला ! हुँदो खाँदोको जागिर छोडेर दलाललाई बिसौ लाख डुबाएर अनेक दुख: कस्ट सहेर युरोप अमेरिका गएर गाईको हड्डी मासु राखेर बनाएको अनेक परिकारको भाँडा माझेर कमाएको पैसाले डिग्री हासिल गरिएला वा त्यसरी कमाएको पैसाले नेपालमा धन सम्पति पनि जोडिएला तर सम्पति जोड्नु भन्दा अगाडी पाईएको दुख: कस्ट र हण्डर भोगिएको देख्दा देख्दै पनि नेपालमा गएर अनेक थरिको गफ दिनु भनेको अन्य सोझा सिदा नेपालीहरुको लागी धोखा हो भनेर किन सोचिदैन ? गाईको हड्डी राखेर बनाइएको सुपको भाँडो जुन दैनिक रुपमा माझ्नु पनि नियमित रातिको काममा पर्दछ ! आर्काको देसमा गएर जुठो भाँडा वर्तन धोएर कमाएको यथार्थ देख्दा देख्दै पनि नेपाल बाट विभिन्न पार्टीको नेताहरु युरोप अमेरिका बोलाएर प्रबासी नेपालीहरुको हक हितको लागी भनेर खोलिएको संस्थाको रकमबाट किन लखनउ लुट मच्चाईन्छ ? बिदेसमा नेपालीहरुको हक हितको लागी भनेर खोलिने संस्था एउटा मात्र हुनु पर्नेमा राजनीतिक पार्टी पिच्छेको संस्था खोलेर गाईजात्रा किन देखाइन्छ ? राजनीति गर्नु नै छ भने बिदेसा जुठो भाडा माझ्न किन जाने ? त्यसैले अहिले जो जसले युरोपमा दुख पाएर बसेका छन र त्यस मध्ये बाट ‘सन्तोष भटराई’ जसरि मानसिक सन्तुलन गुमाएर भौतारिएर हिड्नु नपरोस ! नबुझिकन दलाल र युरोपमा बस्नेहरुको चिल्ला र चिप्ला कुरामा लागेर लाखौ सम्पति डुबाएर अनाहकमा दुख: कस्ट भोग्नु पर्ला भनेर यो आलेख प्रस्तुत गरिएको हो र सुरक्षा र मान सम्मानमा पर्न जाने असरलाई बिचार गर्दै कोहि कसैको नाम प्रकाशित गरिएको छैन ! http://www.khattikuro.com/?p=6...

cybernepali · Oct 17, 2014 9:03 AM · 5,767 views

2 Replies

चोरी गरेनन , दुलही बनाएर छोरा छोरी पाए पछि भारतको लाल्टिन बजारमा बेचेनन , मान्छे मारेर धन जोडेनन, ढाटेर छलेर फ़टाही गरेर पैसा कमाउन नसक्ने हरु परिश्रम गरि जे आर्जन गर्दैछन त्यो तिर त र यो लेख लेख्ने झटिङ्गरेको को बुद्द्दिमा गुहु भरिएको छ कि क्या हो ? श्रमजीबी भएर बाच्न पनि दिदैनन : देशमै छैन लुट्याहा हरु तिनिं हरुको खेदो गरन : सक्छौ त्यो बिदेशमा लगेर राखेको अरबौ नेपाल सरकारले जफत गर्नु पर्छ भन्ने कुरा लेखन सक्छस : सोझा साझा बिसेष गएर श्रम बेच्नेको पछि किन हात धोएर लाग्छौ: तिमि हरु जस्ता जाली फटाहा नै काफी छौ देशमा : तलुवा चटुवा हरुको काम यस्तै यस्तै लेखि जनतालाई भ्रममा पार्ने : आजकल आइए पास गरे पनि लेबर काम गरु पर्ने अबस्ता आए : थुक्क पढे लेखेको के काम भनि दुत्कार्छौ होला : असल पक्ष श्रम बेचेर जीविकोपार्जन गरेकोमा खुसि मनाउन सक्छौ ?

magorkhe1 · Oct 17, 2014 9:54 AM

फुल को आँखामा फुलै संसार भन्या जस्तै बिचाराहरु ले भाडा माझ्ने बाहेक अरु कोहि देख्या रैनछन , अनि किन नदेख्नु सब NRN लाइ देक्ची द्राइभर |

bittertruth · Oct 17, 2014 12:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all