अब सधैं नियमित हुन्छु, बल्ल बुद्दि फिरे जस्तो l

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महिनौ पछि याद गर्ने , साहुको ब्याज तिरे जस्तो, त्यहि पनि खुसि कहाँ ? रातो प्याज चिरे जस्तो l कहिले कहीं घुर्क्याउन बेला -बेला हराऊँदा, जन्ती हरुको भिड भित्र नयाँ पठ्ठो छिरे जस्तो l कोहि-कोहि खस्याक-खुसुक आपसमा कुरा गर्दा , भन्छन कोहि- कोहि हेर्न त्यो त ठ्याक्कै बिरे जस्तो l साझाको यो चौतारामी आउने -हराउने धेरै भयो, अब सधैं नियमित हुन्छु, बल्ल बुद्दि फिरे जस्तो l कहिले कहीं घुर्क्याउन बेला -बेला हराएनी , अब सधैं नियमित हुन्छु, बल्ल बुद्दि फिरे जस्तो l **** रित्तो हात ****

Ritto Haat · Oct 16, 2014 6:41 PM · 15,462 views

4 Replies

"जन्तीहरुको भिड भित्र नयाँ पठ्ठो छिरे जस्तो" घत लाग्यो तर गौड कुरो चाहि बुझ्न सकिन !

magorkhe1 · Oct 17, 2014 8:33 AM

मगोर्खेएक जी , धेरै चटक्क परेर हिडेका हरुको बिचमा अर्को कुनै नया मान्छे जति सुकै बनेर आए पनि नोटीस हुदैन नि , त्यहि र त्यस्तै भनेको के l

Ritto Haat · Oct 18, 2014 6:07 AM

Ritto Haat ji, लेखाइ राम्रो लाग्यो / keep it up . है /

adhikari_bandhu · Oct 18, 2014 8:54 PM

धन्यबाद अधिकारी बन्धु ज्यु !!!

Ritto Haat · Oct 19, 2014 8:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all